Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

जनयुद्धले महिला हिंसा अन्त्य गरेपनि सहभागितामा चुनाैती दिएकाे थियाे 

[caption id=\"attachment_174897\" align=\"alignleft\" width=\"283\"]\"\" लेखक[/caption] जनयुद्धबाट संसदीय खेलमा पुगेको माओवादी आन्दोलन सरकारी संयन्त्रमा चल्न नसक्नुको कमजोरीका कारण संसोधनवादीको चंगुलमा फँस्दै गएको छ । जनयुद्धताका जब क्रान्ति पेचिलो बन्दै गएको थियो त्यतिवेला युद्धमा महिला सहभागिता औलामा गन्नसकिने अवस्थामा थियो । ठाँउठाँउमा भिडन्त र आक्रमण बढ्न थाले पछि हताहति हुनेको संख्यामा पनि महिला नै बढी हुने गर्दथ्यो । त्यतिखेर महिला सहभागिता मुख्य चुनौतिका रुपमा रहेको थियो । माओवादी बैठकले यस विषयमा गम्भीरढंगले छलफल गर्यो । पार्टीको महिला विभागको जिम्मा डा. बावुराम भटराई पत्नी हिसिला यमीलाई दिईएको थियो । सिता दाहाल, पम्फा भुषाल, जयपुरी घर्ती, अमृता थापा त्यतिखेरका हर्ताकर्ता महिला नेतृहुन । नेपालको महिला आन्दोलन पेचिलो वन्दै गएका वेला जनयुद्धमा महिला सहभागिताको प्रश्न खड्किएको थियो । महिला विभाग प्रमुखको हैसियतले हिसिला यमि हर्षित त थिइन नै तर उनका अगाडि अजंगको पहाड बनेर उभिएको थियो महिला सहभागिता । किनभने महिला सहभागिता बिना युद्ध असम्भव जस्तै थियो । संसारमा भएका युद्धहरु महिला सहभागिता विना असफल सावित भैसकेका थिए । त्यो इतिहास राम्ररी बुझेकी हिसिलाको बुझाई पनि महिला सहभागिताबिना जनयुद्धलाई अगाडि बढाउन असम्भव थियो । त्यसैले उनको एकमात्र उदेश्य थियो महिला सहभागिताको चुनौतीलाई सामना गरेर साँच्चिकै प्रतिक्रान्तिलाई रोक्न महिला सहभागिता अत्याधुनिक हतियार सावित हुनेमा उनको बुझाई थियो । आफ्नो सम्पूर्ण तागत नै अब महिलालाई क्रान्तिमा सामेल गराउन लाग्नु पर्ने भनेर विभागलाई मैदानमा ओरालिन । महिला विभागको यो योजनामा आएको अभुतपूर्वक सफल्ता हाँसिल गर्यो । महिलाहरुको सहभागिताले युद्धएक पछि अर्को सफल्तामा परिणत हुदै गयो । यसो हुनुमा पुरानो राज्यसत्ताको विघटन र विनाश पहिलो कारक थियो । परमपरा र पुरुषवादी चिन्तनले महिला भनेको समाजको उपयोगिताको साधन हो भन्ने हैसियतमा पुर्याएको थियो । परिवारभित्रबाट महिला वाहिर निस्कीनु हुदैन । अर्को पुरुषसंग वोल्नु हुदैन । वुहारी र छोरीको हैसियतमा बस्नु पर्छ । पुरुषसंग मुखमुखै लाग्नु हुदैन । आन्दोलन त परको कुरा चुलो चौकाबाट वाहिर निस्कीनु हुदैन भनेर बन्दीको रुपमा विकास भएको नेपालको महिला विशेषता थियो । यसलाई राम्रोसंग चिर्न सफल भयो माओवादी महिला विभाग । महिला विभागका माओवादी क्रान्तिकारी नेतृहरुको सफल्ताले समाजको भ्रम चिरेर जनयुद्धको आधारभूत शक्तिका रुपमा स्थापित भयो महिला समुदाय । स्थानीय तहको आधारभूत शक्ति जनता । देशभित्रको आधारभूत शक्ति नागरिक हो यिनीहरलाई जनयुद्धको अभिन्न अंगको रुपमा विकास गरेर लैजाने हो भने क्रान्ति सफल्तामा पुर्याउन सजिलो हुन्छ भनेर राम्रोसंग बुझेका ती नेतृहरुले देशको आधारभूत स्थिति बुझ्नका लागि महिलाको आधारभूत परिवेशबुझ्नुपर्छ भन्ने लेनिनवादी नीति अगालेका थिए । त्यहि अनुसार जनयुद्धमा विभाग होस या जनमुक्ति सेना जहाँ त्यहि महिलाको सहभागिता बढेर गयो । लडाईको अग्रपंतिमा रहेर महिलाले सहासिक लडाई लडे र विजयको शिखरमा पनि पुर्याए । देशको असी प्रतिशत भूभाग कव्जा जमाउनुको पछाडि महिला शक्तिको ठूलो हात छ । तर शान्ति सम्झौतामा हस्तक्षर गरेर आएको माओवादीले सरकारको नेतृत्व समाले पछि भने माओवादी आन्दोलनमा घाटाको घाटा हुदै गयो । गणतन्त्र स्थापना भएपछि जसरी सोचिएको थियो त्यो हुन सकेन । नयाँ संविधान अनुसार जनताले जे चाहेका थिए त्यो हुन सकेन । माओवादीसंग भएका युवाहरु आज खाडिमा पसिना बगाई रहेका छन् । माओवादी भित्र भएका महिला जोडिहरु आज तितर वितरको अवस्थामा आएका छन् । विवाहित जोडिहरु नचिताएको अवस्थामा विछोडिएका छन् । आफु भन्दा पनि पार्टी क्रान्तिमा भविष्य देखेका महिलाहरु आज जीवनधान्न नसक्ने अवस्थामा सडकमा भौतारिरहेका छन् । यो दुखद अवस्था आउनुमा माओवादी भित्र मौलाएको पूजीवादी चिन्तन हो । हिजो सर्वहाराकरणको अवधारणा लिएको माओवादी आज महलाका मालिक वन्ने सपनाले गर्दा युवा खाडिमा पुगेका हुन । घरवार विहिन भएर वस्नुको पछाडि नेतृत्वले गर्न नसकेको र उनीहरुलाई विर्सेका कारण यो हाल भोग्नु परेको हो । खैत सुन्दर संसार निर्माण गर्ने त्यो पंतिको सपना कहाँ विलायो ? माओवादीले गम्भीरढंगले समिक्षा गर्न जरुरी छ । आज नयाँ संविधानले नयाँ राजनीति र राजनीति गर्ने पार्टी, नेतृत्व, संगठन, योजना नयाँ ढंगले माग गरिरहेको छ । के माओवादी आन्दोलनकारीले त्यो पाएको छ त ? देशका शहरमा मात्र होइन कुना कुनामा महिलामाथि शृंखलाबद्ध ढंगले हिंसा थोपरिएको छ । नेपाली चेलीवेटी बेचबिखनमा परिरहेका छन । बालविवाह उत्कर्षमा पुगेको छ । युवाहरु दैनिक हजारौको संख्यामा विदेश पलायन भैरहेका छन् । बलात्कारका घटनाहरू काठमाडौका पुलिसठानाहरुमा मडारिरहेका छन् । पूवृमा वालिका बलात्कृत, पश्चिममा युवतीमाथि सामुहिक बलात्कार, फलानो होटलमा सामुहिक बलात्कार गरेर पुरुष फराहर, पुलिसले मिलायो ३० लाखमा बलात्कार केस, मिलीमत्वमा यौनसम्पर्क भएको यस्ता समाचारले दैनिक नेपालको अनुहार ऐनामा छर्लंग देखाउदा किन आज राजनैतिक दलका नेतृत्वमा त्यो कुराले छुदैन ? किन कि तिनीहरुनै संलग्न छन् त अनि कसरी उनीहरुलाई छुने ? सुन्दा यो देश अग्रगमन होइन, पश्चगमनतिर गैरहेको छ । शहर केन्द्रीत अपराध अब प्रदेश केन्द्रीत भैरहेको छ । देशमा फेरी पञ्चायतकालिन महिला हिंसा, बलात्कार मौलाई रहेको छ त्यतिबेला । खैत पार्टी, नेतृत्व र महिला संगठनले विरोध गरेको के तिनिहरुले समाचार पढ्दैनन् ? टिभी हेर्दैनन् ? रेडियो सुन्दैनन् ? किन चुपलागेर बसेका छन् ? प्रश्न टट्कारो भएर उभिएको छ । सत्ताकेन्द्रित राजनीति, सत्ताकेन्द्रित योजना भएकाले यसो हुनु पुगेको कतिपय नेताहरु स्वीकार छन् । त्यसैले यस्तो पेचिलो विषयमा तिनीहरू, तिनका भ्रातृ संगठनहरू सवै मौन बसेका छन । किन कि यो विषयमा औला ठड्याउदा त्यहि केन्द्रीत र तेतै सोझिने भएकाले उनीहरु चुप लागेका हुन ।देशमा भारतीय हस्तक्षेप बढीरहेको छ । नेताहरु गुलामी बनीरहेका छन् । अस्थिर राजनीति परनिर्भर हुँदै गइरहेको छ । राष्टवादी नेता भनाउदाहरुको राष्टियता देखेर हाँसो उठिरहेको छ । निम्ता नै नगरेर विदेशीहरु सोझै हस्तक्षेप गर्न आएका छन् । उनीहरुको अगाडि लम्पसार पर्छन नेताजी हरु यति पनि हेक्का राख्दैनन् कि नेपाल स्वतन्त्र मुलुक हो । स्वाधिन राष्ट हो । किन आफ्नो औकात भन्दा पर पुगेर नेताहरु ह्ैसियत देखाँउछन् ? विचित्रको राजनीति । यस्तो बेलामा महिला हिंसा यिनिहरुको विषयमा गौण बनिदिएकै हो त ? सराेकारवालाकाे ध्यान केन्द्रीत हाेस । क्रमश:

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies