Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

छाउपडी प्रथा उन्मुलनमा किन छ वेखबर राज्य ?

\"\"काठमाडाै । पश्चिम नेपालमा कलंकको रुपमा मौलादै आएको छाउपडी प्रथा न्यूनिकरण गर्न राज्यपक्षबाट खासै पहल हुन सकेको छैन । महिला हिंसाको रुपमा रहेको यो प्रथा उन्मुलन गर्न महिला नै अग्रसर भएको भए यो अन्त्य हुने जानकारवाला बताउछन् । गोठमा सूतिरहेकै वेला कैयौ चेलीको ज्यान गैसकेको छ ।

छाउ गोठमा सर्पले डसेर, चिसो र अनेक कारणले उनीहरुको मृत्यु भैरहेका समाचार वारमवार आईनै रहेका छन् । पछिल्लो समय यहि समस्या दैलेखमा पनि देखिएको छ । दैलेख जिल्लामा पनि जटिल समस्याको रुपमा लिइएको यो छाउपडि प्रर्था अन्त्यका लागि दैलेखवासीले छाउपडि विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नु पर्ने धारणा राखेका छन् । उनीहरुले एक कार्यक्रमको आयोजना गरेका छन् ।

कार्यक्रममा सहभागिले यो प्रथा उन्मुलनको सुझाव पनि दिएका छन् । शुक्रवार दैलेख सदरमुकाममा संचारकर्मीसंग यौन तथा प्रजनन् स्वास्थ्य र बाल अधिकारका सवालमा गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो सुझाव दिएका हुन् । महिला शसक्तिकरण मञ्च दैलेखले आयोजना गरेको कार्यक्रममा दैलेखका संचारकर्मीहरुले छाउपडिको विषय पाठ्यक्रममै समावेश गर्न सुझाव दिए ।

किशोरीहरुलाई सुरुको महिनावारी हुनु अगावै विद्यालय शिक्षामा छाउपडि सम्बन्धि जानकारी दिनका लागि सरकारले छाउपडिको विषयलाई आधारभुत तह देखिनै पाठ्यक्रममा समावेश गर्न उनिहरुले सुझाव दिएका हुन । पुराना रुढीवादी परम्पराका कारण छाउपडि प्रर्था मानिदै आएकोले अबका किशोर किशोरीहरुलाई आधारभुत तह देखिनै छाउपडिको बारेमा ज्ञान दिन छाउपडि सम्बन्धि विषयलाई पाठ्यक्रममा समावेश गर्न सके मात्रै छाउपडि प्रर्था अन्त्य गर्न सजिलो हुने पत्रकारको तर्क छ ।

पत्रकारहरुले राज्यले छाउपडि प्रर्था सम्बन्धि कानुन बनाएपनि व्यवहारत कार्यान्वयनमा ल्याउन नसकेको उनीहरुले गुनासो गरेका छन् । यस्तै दैलेख जिल्लामा पनि आङ खस्ने समस्याले विकरालरुप लिन थालेको कार्यक्रममा जानकारी दिइएको थियो । आर्थीक बर्ष २०७० ०७१ मा ३९ हजार ५३ जना महिलाहरुको परिक्षण गरिएकोमा २६ प्रतिशत महिलाहरुको आङ खसेको पाइएको थियो ।

आर्थीक बर्ष २०७१र०७२ मा ३७ हजार महिलाहरुमा गरिएको परिक्षणमा २२ प्रतिशत महिलाहरुको आङ खसेको पाइएको थियो भने आर्थीक बर्ष २०७२र०७३ मा १४ हजार ८ सय महिलाहरुको गरिएको परिक्षणमा २५ प्रतिशत महिलाहरुको आङ खसेको पाइएको केड सुर्खेतका कार्यक्रम संयोजक सिता अर्यालले जानकारी दिइन् । यो तथ्यांक अनुसार नेपालमा महिलाहरुको पाठेघर आङ खस्ने समस्या बढ्दै गएको छ । के हुन त कारण ? महिलाहरुको पाठेघर (आङ) खस्नुका धेरै कारणहरु छन् । सानो उमेरमा विवाह गर्नु, थोरै जन्मान्तरमा धेरै सन्तान जन्माउनु, स्वास्थ्य संस्थामा सुत्केरी नगराई असुरक्षित सुत्केरी गराउनु, गर्भावस्थामा पोसिलो खाना खान नपाउनु, सन्तान जन्मेपश्चातको केहि दिनमै यौनसम्पर्क गर्नु, कुपोषण जस्ता कारणले पाठेघर खस्ने गर्छ ।

यसका साथै सबैको शिक्षामा समान पहुँच नहुनु, समस्याका बारेमा समयमै जानकारी पाउन नसक्नु, महिलाहरु हिंसामा पर्नु, पितृसत्तात्मक सामाजिक संरचनाका कारण पनि यो समस्या सिर्जना हुने गरेको लक्ष्मी चन्दले जानकारी दिईन । उनले यो समस्या रोकतथामका लागि केहि विकल्प समेत भएको जानकारी दिईन ।

समस्या सुरु हुने वित्तिकै शारिरीक व्यायाम गर्ने, रिंगप्रेसरी लगाउने, जडिवुटीहरुको प्रयोग गर्ने नभए अप्रेसन गरेमा समस्याबाट मुक्ति पाईन्छ । कार्यक्रमका सहभागिहरुले विवाहको दर बढ्दै गएको बताएका छन् । यसरी वालविवाह हुनुको प्रमुख कारण धार्मीक तथा पारम्परिक कारण नै प्रमुख रहेको सहभागिहरुको दावी छ ।

आर्थिक स्थिति कमजोर हुनु, सामाजिक दवाव हुनु, अन्र्तरजातिय विहे, कानुनी व्यवस्थाको जानकारी नहुनु र प्रविधिको गलत प्रयोगका कारण बालविवाह नियन्त्रण हुन नसकेको सहभागिको भनाई थियो । बालविवाहका कारण किशोरीहरुले शिक्षा पाउन नसक्ने, स्वास्थ्य अवस्था कमजोर हुने, आर्थिक रुपमा आत्मनिर्भर बन्न नसक्ने, सामाजिक र पारिवारिक समस्या समेत झेल्नु परेको कार्यक्रको निष्कर्ष थियो ।

संस्थाका कार्यक्रम संयोजक सीता अर्यालले दैलेख जिल्लाका ७ वटा वडामा बालअधिकार र पाठेघर खस्ने समस्याका बारेमा आफूहरुले काम गर्दै आइरहेको बताईन । उनले जिल्लामा कार्यक्षेत्र रहेका विभिन्न् स्थानीय तहले बालअधिकार र पाठेघर खस्ने समस्याका बारेमा चेतनामुलक कार्यक्रम संचालन गर्नका लागि बजेट विनियोजन भएको जानकारी दिईन ।

कार्यक्रममा महिला शसक्तिकरण मञ्च दैलेखकी अध्यक्ष सुनिता चन्दले समाजमा रहेका कुरिति र कुसस्कारहरुलाई न्यूनिकरण गर्न सबैको हातेमालो जरुरी रहेको बताइन् । नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले कुसस्कार र कुरिति विरुद्ध कलम चलाउन दैलेखका संचारकर्मीहरु कहिल्यै पनि पछि नपर्ने दावी गरेका छन् । यो विक्राल समस्याका रुपमा रहेको प्रर्थालाई जरै देखि उनमुलन गर्न महिलाको पहिलो भुमिका रहने उनिहरुको दावी छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies