Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

अस्पताल आउनेमध्ये २५ प्रतिशतलाई छालाको समस्या

\"\"काठमाडौँ । सुन्दरता सवैलार्इ मनपर्ने गर्छ । चिटिक्क र राम्रो देखिन जो कोहीलाई मन लाग्नु स्वाभावि पनि हो । सुन्दर र आकर्षक व्यक्तित्व भएको मानिसमा सबैको ध्यान जान्छ । सौन्दर्यका पारखीहरु खासगरी छालाको हेरचाहमा बढी सजग देखिन्छन् र यसले व्यक्तिको आकर्षक छविलाई उजागर गर्न मद्दत गर्छ । विशेष गरि युवतीहरू सुन्दरतामा बढी ध्यान दिन्छन् । छालाको रङ कस्तो छ भन्नेमा भन्दा पनि कसरी उसले आफ्नो छालाको हेरचाह गरेको छ भन्ने कुराले अधिक अर्थ राख्ने चिकित्सकहरु बताउँछन् । नेपालमा बढी देखिने पाँच रोगमध्ये छालाराेग बढि भएकाे विशेषज्ञ डा. रविन्द्र बास्कोटा बताउछन् । उनले भने \'नेपालमा छाला रोगको समस्या धेरै छ । कूल जनसंख्याको २५ प्रतिशतमा कुनै न कुनै र पाँच प्रतिशतलाई कडा खालको रोग छ जसको तत्काल उपचार जरुरी छ ।\' यो रोग मौसम अनुसार पनि मानिसमा देखिन सक्छ । हिमाल, पहाड र तराईको फरक फरक भौगोलिक अवस्थामा बसोबास गर्नेहरुलाई हुने छालाको समस्या पनि फरक फरक हुन्छ । जाडो र गर्मी मौसममा छालामा फरक फरक समस्या देखापर्छ । आफ्नो छालाको ख्याल राख्नु सुन्दरतासँग मात्र नभएर उसको स्वास्थ्यसँग पनि उत्तिकै जोेडिएको विषय हो भन्छन् छालारोग विशेषज्ञ प्राडा सविना भट्टराई । \'बजारमा पाइने महँगा क्रिम लगाएर मात्र राम्रो भइँदैन, त्यसका लागि सन्तुलित खाना, पर्याप्त पानी सेवन तथा निद्रा र नियमित व्यायाम सबै आवश्यक हुन्छ,\' । पछिल्लो समय शहरीकरणले उब्जाएको फोहर, धुलो, धुवाँ र प्रदूषणले छालालाई गम्भीर असर पारिरहेको छ । यसले अनेकथरि चर्मरोग बढाउने गरेको चिकित्सकको अनुभव छ । चिकित्सकहरु छालामा साधारण समस्या देखिएपनि विशेषज्ञलाई जँचाएर उचित र नियमित उपचार विधि अपनाउन सुझाव दिन्छन् । सन्तुलित र सही तरीकाले छालालाई स्याहार्न जानियो भने स्वस्थ र सुन्दर रहन सकिने डा भट्टराई बताउछन् । पछिल्लो समय नेपालमा स्वास्थ्य संस्थाका बहिरङ्ग सेवामा उपचारार्थ आउनेमध्ये २० देखि ३० प्रतिशत छालाका समस्याबाट पीडित छन् । डा बास्तोला भन्छन्, \'हामीले छालाका समस्यालाई गम्भीर रुपमा नलिने गरेकाले छालामा विभिन्न एलर्जी हुने, दागधब्बा आउने, उमेरभन्दा अगावै बूढो देखिने, चाउरी पर्ने, अनुहार तथा कपाल सुक्खा हुने र छालाको सौनदर्यपन हराएर जानेजस्ता समस्या बढ्दै गएको छ ।\' छालाका समस्यालाई सामान्य ठानियो र समयमै सही उपचार गरिएन भने त्यसले पछि क्यान्सरको रुप लिन सक्ने खतरा पनि रहन्छ । \'छालाको समस्या बढ्दै गएमा वा धेरै घाममा काम गर्ने व्यक्तिमा छालाको क्यान्सर देखिन पनि सक्छ,\' डा भट्टराई भन्नुहुन्छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका चर्म तथा यौन रोग विभागका पूर्व प्रमुख प्राडा दिनेशविनोद पोखरेलका अनुसार वातावरणीय प्रदूषण, अस्वस्थकर खानपान र जथाभावी औषधिको प्रयोगलगायतका कारण छालाका समस्या बढेर गएको छ । उहाँका अनुसार दाद, संक्रमण, डण्डीफोर, चायाँपोतो, कत्ले रोग र दुबी बढी देखिने समस्या हुन् । छालाका मुख्य समस्या दाद- गोलो घेरामा देखिने चिलाउने सरुवा रोग हो दाद । रोगीको कपडा प्रयोग गर्दा, सँगै सुत्दा यो रोग सर्न सक्छ । लामो समयसम्म उपचार गर्दा पनि यो रोग निको भएन भन्ने गुनासो बढी सुनिन्छ । तर राम्ररी उपचार गर्ने हो भने दाद निको हुन्छ । एलर्जी- एलर्जी पनि छालाको अर्को बढी देखिने समस्या हो । यो दाद जस्तो अरुलाई सर्दैन । निकै चिलाउँछ तर उपचार गरेमा निको हुन्छ । लुतो- लुतो निकै चिलाउने छालाको अर्को रोग हो । यसले गर्दा मानिसलाई अरुका अगाडि बस्न समेत अप्ठयारो पार्छ । एकबाट अर्कोमा सजिलै सर्ने यो रोगले व्यक्तित्वलाई नै खराब बनाइदिन्छ । यो एक प्रकारको किटाणुबाट हुन्छ । डण्डीफोर- किशोरावस्थामा प्रवेश गर्दै गर्दा शारीरिक परिर्वतन भई डण्डीफोर आउन सक्छ । यो अनुहार र शरीरमा पनि आउँछ र उपचार गर्दा निको हुन्छ । कसैकसैको हर्मोनमा खरावी भएर पनि यो रोग हुनसक्छ भने औषधिको असर र राम्रो हुने रहरले बजारबाट जथाभावी क्रिम किनेर लगाउने गर्नाले पनि मुखमा डण्डीफोर आउँछ । यसलाई निर्चोनु हुँदैन । यसो गर्दा अनुहारमा दाग बस्न सक्छ । बाँकी समस्या किटाणु वा ब्याक्टेरियाको संक्रमणका कारण उत्पन्न हुन्छ । घाउ पाक्ने, सुन्निने, दुख्ने र चिलाउने जस्ता कारण छालामा संक्रमण देखिन सक्छ । त्यसबाहेक शरीरभित्रैबाट हुने समस्याले पनि जनै खटिरा, छालाका एलर्जी जस्ता छालाका समस्या निम्ताउँछ । मासुको सेवन, धुलो, अत्तर, अण्डा र गन्धको एलर्जीले छालामा समस्या हुन्छ । कसैलाई क्रिमकै एलर्जी हुनसक्छ । कसैलाई घाम र जाडोेको एलर्जी हुन्छ । यी समस्याको बेवास्ता गरियो भने त्यसले पछि ठूलो समस्या ल्याउन सक्छ । नेपालमा छालाको क्यान्सरका बिरामी कम देखिएपनि यो बढ्दो क्रममा छ । देशमा कति मानिसलाई छालाको समस्या छ भन्ने यकिन तथ्याँक उपलब्ध छैन । छालाको क्यान्सर धेरै कारणले हुनसक्छ । एउटा कारण भने घामबाट जलेर पनि हुन्छ । लामो समयसम्म सिधा घामको सम्पर्कमारही काम गर्ने व्यक्तिलाई यस्तो समस्या हुन्छ । छाला सुन्दर बनाउने विधि सुन्दरता बढाउन र सामान्य ठानेर आफै औषधि किनेर खाने, बजारमा पाइने जुनसुकै क्रिम र लोसन प्रयोग गर्ने बानी नबसाल्ने सुझाव चिकित्सकहरुकाे छ । छालाको ख्याल गर्न अनुहारमा सुहाउँदो घामबाट बचाउने सन ब्लक, सनस्क्रिन क्रिमहरु लगाउने, प्रशस्त पानी पिउने र छालालाई चिल्लो (मोइस्चर) बनाएर राख्ने गर्नुपर्छ । सनस्क्रिनले कति समयसम्म काम गर्छ भन्ने पनि थाहा पाउनुपर्छ । हरेक तीन घण्टाको फरकमा अनुहारको छालाको प्रकृति हेरी विशेषज्ञको सल्लाहमा सनस्क्रिम लाउनुपर्ने चिकित्सकहरु बताउँछन् । जाडोमा सामान्यतया छाला सुख्खा हुन्छ । जसरी शरीरलाई पानी आवश्यक हुन्छ त्यसरी नै छालालाई सुख्खा हुनबाट जोगाउन मोइस्चर दल्नुपर्छ तर, चिकित्सकको सल्लाह लिनु अति राम्रो हुन्छ । अाफ्नाे सुन्दरतालार्इ बचार्इ राख्नु पर्छ, ताकि सुन्दरताकाे नाममा जथाभावी गरेर कुरूपहुनबाट बचाैं ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies