Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कारबाट गोली प्रहार, ६ घाइते

\"\"मध्य इटलीको एक नगरमा बटुवाहरुमाथि श्रृंखलाबद्ध रुपमा गोली प्रहार भएको घटनामा छ जना घाइते भएको प्रहरीले बताएको छ । माचराटा नगरमा भएको उक्त घटनामा घाइते हुनेहरु सबै विदेशी भएको जनाइएको छ ।

घटनामा संलग्न ठानिएका एक पुरुषलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । ती २८ वर्षीय संदिग्धलाई हिरासतमा लिइँदा उनले आफ्नो घाँटीमा इटलीको राष्ट्रिय झण्डा बेरेका थिए । उनी सो नगरको स्थानीयबासिन्दा भएको जनाइएको छ । हमला नस्लवादी सोचले अभिप्रेरित भएको हुन सक्ने अनुमानहरु गरिएका छन् । कार चलाइरहेकै अवस्थामा उनले भित्रबाटै गोली प्रहार गरेका विवरणहरुमा बताइएको छ । सामाजिक सञ्जालको बेवसाइट ट्वीटरमार्फत् प्रहरीले ती संदिग्धलाई नियन्त्रणमा लिइँदाको तस्बिर सार्वजनिक गरेका छन् । साथै घाइतेमध्ये एक जनाको शल्यक्रिया गर्नुपर्ने पनि बताइएको छ । घटनामा निशाना बनाइएकाहरु विदेशी भएको र स्थानीय सञ्चारमाध्यले तिनीहरु अफ्रिकी आप्रवासीहरु रहेको उल्लेख गरेको छ । अन्य घाइतेको पनि उपचार भइरहेको छ । गोली प्रहारको घटना स्थानीय समयअनुसार बिहान ११ बजे भएको जनाइएको छ र ती बन्दुकधारीलाई त्यसको दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो । उनले आफूले प्रयोग गरेको कालो रंगको एल्फा रोमियो कार छाडेर भागेका थिए र माचराटा नगर नजिकै रहेको एक युद्ध स्मारक छेउबाट उनलाई हिरासतमा लिइएको हो । सो नगर नजिकै एक १८ वर्षीया महिलाको शव क्षतविक्षत अवस्थामा एउटा सुटकेशमा फेला परेको केही दिनमै पछिल्लो हमला भएको छ । गोली प्रहारको घटनापछि इटलीका प्रधानमन्त्रीले आफ्नो चुनावी अभियान हालका लागि स्थगित गरेका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies