Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

६ नं. प्रदेशकाे समृद्धि हेर्न निम्ता दिने प्रदेश बनाउने सपना छ :  नरेश भण्डारी

\"\"नरेश भण्डारी नेकपा माओवादी केन्द्रका बौद्धिक युवा नेताको रुपमा परिचित नाम हाे । २०६४ सालमा पहिलो सभासद बनेर भण्डारीले सरकारी स्वामित्वमा जुम्लामा विश्व विद्यालय स्तरको  स्वास्थ्य सस्था कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न सफल भए । अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३ सय शैयाको मेडिकल कलेज निर्माण पनि गरिसकेकाे छ । जुम्लाबाट विजयी भण्डारी प्रदेश नम्बर ६  मा मुख्यमन्त्रीकाे दावी गरिरहेका छन् । नेकपा माअाेवादी केन्द्रकाे भागमा परेका दुइवटा प्रदेश मध्य ६ नम्वर प्रदेशमा दुर्इ जना मुख्यमन्त्रीका दावेदार छन् । चर्चामा  छन् महेन्द्र बहादुर शाही र नरेश भण्डारी । दावी त सवैकाे रहने भएपनि कार्य क्षमता र भिजनकाे मुल्याङ्कन हुनु पर्ने तर्क छ भण्डारीकाे । अाफु प्रतिनिधि सभामा चुनाव लड्ने मनुस्थितिमा रहेका बेला अध्यक्ष प्रचण्डलगायत पार्टीका शीर्ष नेतृत्वपंक्तिले नै मुख्यमन्त्रीका लागि प्रदेशमा चुनाव लड्न पठाएको उनकाे दावी छ । प्रस्तुत छ खबरडवली सम्वाददाताले भण्डारीसंग गरेकाे कुराकानीको अंशः प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा नै तपाइकाे दावी किन ? नेपालकाे इतिहास देखि नै हेर्ने हाे भने शासकहरूबाट जहिले पनि कर्णाली प्रदेशलार्इ साैतेनी अामाका सन्तानकाे रूपमा हेरियाे । जहिले पनि उपेक्षित, उत्पीडन र सबभन्दा गरिबकाे विल्ला भिराइर्याे । कर्णाली प्रदेश जहिले पनि अधिकारकाे संघर्ष गरि रहयाे । अर्थात ६ नम्बर प्रदेश गरिबकाे रूपमा पीछडिएकाे छ । राष्ट्रिय योजना आयोग र अक्सफोर्ड विश्वविद्यालयले गरेको पछिल्लो अध्ययनलार्इ हेर्ने हाे भने पनि प्रदेशका ५१ प्रतिसत नागरिक गरिव छन् । याे प्रदेश विकास र समृद्धिको प्यासले काकाकुल भएको प्रष्ट छ । कर्णालीवासीकाे समृद्धिको चाहानालाई सम्वोधन गर्न र कर्णाली प्रदेश नेपालका अन्य प्रदेश भन्दा धनि प्रदेश, शैक्षिक प्रदेश, राेजगारीकाे प्रदेश, जलविधुतकाे प्रदेश, पर्यटनकाे प्रदेश र नागरिकका हक अधिकार सम्पन्न प्रदेशका रूपमा विकास गर्नका लागि मैले मुख्यमन्त्रीको दावी गरेको हु । कर्णालीलार्इ वेचेर माेजमस्तीमा रमाउने हरूलार्इ सवक सिकाउन पनि मेराे दावी हाे । कर्णालीवासीका फाेटा वेचेर डलर कमाउनेहरूका विरूद्दकाे दावी हाे । ६ न. प्रदेश गरिवी हेर्ने ठाउ भएको छ । उपचार नपाएर आमाहरूको मृत्युको हृदयविरायक तश्वीर खिच्ने र समाचार बनाउने कुराकाे अन्त्य गर्नका लागि हामीले यो प्रदेशलाई गरिवी मुक्त, व्यराेजगाररहित सफा, हराभरा बनाउने सपना देखेका छाैं । समाजवादी मोडलकाे प्रदेशका रूपमा ६ नम्वर प्रदेशलार्इ लैजानका लागि पनि मुख्यमन्त्रीमा मेराे दावी हाे । त्यहि प्रदेशमा आकाक्षी महेन्द्र बहादुर शाही, एमालेबाट पनि दावी छ नि ? दावी गर्नेकुरा सवैकाे अधिकारकाे कुरा हाे । दावी गर्नु सहि पनि छ । यसलाइ अस्वभाविक पनि ठान्दिन । तर कुरा छ, प्रदेश नम्बर ६ मा तत्काल चुनौतीको चाङमा सम्भावना खोज्नु मुख्य कुरा हाे । तपाइले पनि सुन्नु भएकै छ, कर्णालीमा हजारौ मेगावाट विद्युत उत्पादन गर्ने क्षमता भएपनि बस्तीहरु अहिले पनि अध्यारै छन् । हामीले भन्न खाेजेकाे कहाँनिर हाे भने, रारा र फोक्सुण्डो तालमा डलर तैरिरहेकाे छ, सुन, चाँदि, हिरामाेती भन्दा महङ्गा र अथाहा जडिवुटीको भण्डार भएकाे याे प्रदेशमा मानिसकाे औषत अायु ४६ बर्ष मात्र किन छ ? अभाव र भाेकमरीमा कर्णालीका मानीसहरु जिइरहेका छन् । श्रीस्थान ज्वाला क्षेत्र, खस सभ्यताको केन्द्र, मानसरोवरको धार्मिक मार्ग पनि त्यही क्षेत्रमा छ । जडिवुटिलार्इमात्र सहि उपयाेग गर्ने हाे भने पनि कर्णालीवासी मात्र हाेइन सारा नेपाली धनि बनाउने तागत छ कर्णालीसंग । मैले लामो समयदेखि कर्णाली क्षेत्रको विकासको रिसर्चमा समय विताएकाे छु, मसंग ६ नं.प्रदेशको विकासको दुरगामी दृष्टिकोण र स्पष्ट कर्णाली विकासकाे खाका छ । सार्वजनिक भूमिकामा रहदा त्यो क्षेत्रलाई न्याय दिलाउन अहोरात खटेको छु । त्यसैले त्यो भुमिकामा अाउन आफुलाई योग्य र हकदार मात्रै हाेइन जनताले पनि ठानेका छन् र पार्टी केन्द्रले पनि ठान्नेनै छ । सांसद जितेर अाँउदा त्याे क्षेत्रमा तपाइले के गर्नु भयो ? सवैभन्दा पहिलाे कुरा कर्णालीका वासिन्दा उपचार नपाएर भाैतारीनु पर्ने थियाे, त्यहि कुरालाइ पहिलो प्राथमिक्तामा राखेर सभासद् बनेर आउदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक दर्ता गरेँ । एकजना डाटर नबस्ने ठाउमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाले उपचारवाट काेहि पनि वन्चित हुन नपर्ने भयाे । निकै चुनाैतीका वीचबाट त्याे सम्भव भयाे ।  नेपालको संसदीय इतिहासमा सांसदको विधेयकलाई सरकारले स्वामित्व लिएर पास गरेको यो दुर्लभ इतिहास हो । प्रतिष्ठानमा ३ सय शैयाको शिक्षण अस्पताल निर्माण भएको छ । हाल २५ जना बिशेषज्ञ डक्टरहरु कार्यरत छन् भन्दा गाैरबकाे इतिहाँस हाे । दाेस्राे कुरा संघर्षका बलमा कर्णाली विकास आयोग गठन गर्न सफल भयौं । योजनाबद्धढंगले दिर्घकालिन महत्वका कामहरुको थालनी गर्न सफल भइयाे । अग्रज जनप्रतिनिधिहरुले नुन चामलको राजनीतिको कुरा गर्दा मैले विकास र समृद्धिको सपना देखाएँ । बिकासकाे मोडललाई चुनौती दिदै १० हजार धारा भएको हिमाली क्षेत्रकै ठुलो धौलीगाड खाने पानी आयोजना सुरु गरेँ । कर्णालीमा पहिलो पक्की पुल, पहिलो डिग्री कलेज स्थापना, २९ बर्षसम्म विद्यालयस्तरमा खुम्चिएको नेपालको पहिलो प्राविधिक शिक्षालय कर्णाली प्राविधिक शिक्षालयलाई स्तरोन्नतीको अगुवाई गरेँ । एक आर्थिक क्षेत्र जुम्लामा स्थापना गर्न पहल गरेँ । हाल निर्माण कार्य अगाडि बढदैछ । त्यो क्षेत्रको विकासका लागि पूरै समर्पित भएर काम गरेकोले मुख्यमन्त्रीका लागि मेरो दावीलाई स्वभाविक ठान्नु पर्छ । अरूले केहि नगरे जस्ताे गर्नु भयाे नि, मुख्यमन्त्रीमा व्यक्तिगत दावी मात्र हो कि, समर्थन पनि छ ? अरूले केहि नगरे जस्ताे भन्दा पनि कस्ले के गर्याे भन्ने कुरा मुख्य हाे । तपाइ कर्णालीवासीलार्इ नै साेध्न सक्नु हुन्छ । हिटर तापेर हिमालकाे कुरा गरे जस्ताे मैले गरेकाे छैन । तपार्इ कर्णालीका वारेमा वुझ्नुस् त्यही गएर रिपाेर्टिङ गर्नुस् कि भण्डारीका पालामा के के पहल भए त भनेर जनतालार्इ साेध्नुस मैले भन्दा पनि जनताले भन्ने छन् । कुरा कहाँ निर रयाे भन्दा चुनावमा जानु भन्दा पहिला नै अध्यक्ष क.प्रचण्डलगाएत शीर्ष नेतृत्व टिमले मलाई ६ नं. प्रदेशको मुख्यमन्त्रीको रुपमा चुनाव लड्न पठाउनु भएको हो । पार्टीको शीर्ष नेतृत्वले गरेको प्रतिबद्धता अनुसार नै मैले आफूलाई मुख्यमन्त्रीका लागि दावी गरेको हुँ । पार्टीले पनि औपचारिक निर्णय गर्ने छ भन्नेमा विश्वस्त छु । पार्टीमा योगदानकाे कुरालार्इ मुल्याङकन गरिएला, तपाइकाे याेगदान पुग्छ त मुख्यन्त्री बन्नका लागि ? याेगदानकाे कुरा गर्ने हाे भने पनि जुम्लामा मेरो बुवा हरिबहादुर भण्डारीको नेतृत्वमा नेकपा(मशाल)काे स्थापना भयो। जतिवेला म बुझ्ने भएँ, त्यो बेलादेखि नै मैले पार्टीमा काम गर्दै अाएकाे छु । २०५१ सालबाट पार्टीमा संगठित भएर अाैपचारिकरूपमा क्रियाशिल राजनीति प्रारम्भ गरेँ । खुला र भुमिगत राजनीतिमा आफूले पाएको जिम्मेवारी इमान्दारी र अब्बलढंगबाट सम्पादन गर्दै आएँ । पार्टीको तर्फवाट सामाजिक उत्तरदायित्वको काममा पनि अगुवाइ गरेको छु । सांसद हुदा यो क्षेत्रको बिकास निर्माण र अधिकारका सवालमा मैले निर्वाह गरेको भुमिकाले जुम्ला जिल्लामा पार्टीलाई मजबुद बनाउन सघाएको छ । माओवादीले नेपालका ३ वटा जिल्लामा पहिलो स्थान हाँसिल गरेको छ, जसमध्ये जुम्ला एक हो । तपार्इकाे दावी पार्टीले मान्याे र मुख्यमन्त्री बन्नु भयो भने समग्र प्रदेशका लागि के गर्नु हुन्छ ? संघिय संरचनामा प्रवेश गर्दैछौ । नयाँ चुनाैती त अवस्यै नै हुनेछन् तर विकास र समृद्धिको ट्रेन हाँक्ने कुशल चालकको खाँचो छ देशलाई । प्रदेश सरकार नेतृत्वले दिर्घकालिन विकासको खाका कोर्न जरुरी छ । लगानी मैत्री नीति, बातावरण र संरचना निर्माण गरेर आन्तरिक र बाह्य लगानीकर्तालाई आकर्षित गर्न सकिन्छ । कर्णालीकाे गरिबी भगाउन पहिलाे जडिवुटीलाइ सुन बनाउने, दाेस्राे कर्णालीमा स्वदेशी लगानीमा जलविद्युत निर्माण गर्ने, तेस्राे  भुस्वर्गकाे रूपमा रहेकाे पर्यटकीय स्थलहरुलाई भरपुर उपयोग गरेर पर्यटक भित्र्याउने यतिकुरा गर्ने हाे भने गरिबी चट । कर्णालीका डाडामा ढुंगा माटो मात्र होइन युरेनियम छ, त्यसको उत्खलन गरेर युवालार्इ अरवकाे ६०/६५ डिग्रीकाे घाम खुवाउन जरूरी छैन अब यहि सुन फलाउन लगाएमा वेराेजगारी समस्या पनि हल हुने छ । यसरी समृद्धि हासिल गर्न सकिन्छ । के भयो भने कर्णालीको विकास हुन्छ भन्ने कुरा भनि सक्नु भयाे अन्तमा केही वाँकी भन्नु छ कि ? प्रदेशको गर्भमा छिपेका असिमित सम्भावनालाई उपयोग गर्न सके यो प्रदेशकाे मोडल प्रदेशको रुपमा स्थापित हुनेछ । कर्णाली विकासका सम्भाबना र चुनाैतीवारे मैले पुस्तक पनि लेखेको छु । ‘चादीको घेरा’ पुस्तकमा पनि उल्यख गरेकाे छु । कर्णाली र सिंगो ६ नम्बर प्रदेशको विकासका लागि अरु प्रदेश भन्दा फरक ढंगले सोच्नु पर्ने हुन्छ । दिर्घकालिन बिकासको गुरु योजना निर्माण गरेर प्राकृतिक साधन, श्रोतको भरपुर उपयोग गर्न जरुरी छ । कर्णालीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाएर अन्तर्राष्ट्रिय ब्यापार र पारवहन सम्बन्ध स्थापित गरिनु नितान्त अावश्यक छ । यातायात, जलविद्युत, पर्यटन र संचारलाई प्राथमिकता दिइनु पर्छ । यसाे गरिएमा ६ नं. प्रदेशको समृद्धि मोडल मुलुक कै समृद्धि मोडल बन्छ भन्ने मेरो विश्वास छ । मेराे विचार खबरडबलीले सवैमा प्रसार गर्न दिएकाेमा धेरै धेरै धन्यवाद छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies