Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

चीनीयाँ चमत्कार : ९ घण्टामै बनायो रेल–वे स्टेशन

\"\"चीन ।  नेपालमा एक वर्षमा हुने काम चार वर्ष पुग्दा पनि सम्पन्न हुदैन् । कतिपय ठूला आयोजना त वर्षौ वर्ष लाग्दा पनि बन्न सकेका छैनन् । तर, चीनले भने चमत्कार गरेका छ । हेर्दा हेर्दै रेल–वे स्टेशन तयार गरेको छ । जुन तिव्र गतिमा चीनमा रेल चल्छन, त्यस्तै गतिमा रेल–वे स्टेशन पनि बनाएको छ । चीनको फुजियान प्रान्तमा चमत्कार नै गरेको छ । यहाँका रहेका तीन वटा रेल–वे लाइन जोड्नुपर्ने भएपछि ९ घण्टामै रेल–वे स्टेशन तयार गरिएको हो । यो स्टेशन बनाउन १ हजार ५ सय मजदुर खटिएका थिए । यसको पहिले नै डिजाइन तयार गरिएको थियो । कसले के काम गर्ने भन्ने पहिले नै तय गरिएको थियो । काम शुरु हुनसाथ सबै आ–आफ्नो काममा खटिएका थिए । यहाँ कार्यरत मजदुर, इन्जिनियर र अन्य कर्मचारीलाई उनीहरुले गर्ने काम ७ स्टेपमा बताइएको थियो । रेल–वे भवनसँगै रेलको लाईन, सिग्नल र अन्य कयौं चिज हेर्दा हेर्दै बनाएका थिए । यहाँबाट गेलाङ, गेनरुईलांग र जेहानलाङग रेल–वेलाई नयाँ रेल–वे रुट नेनलाङ रेल–वेसँग जोड्न स्टेशन तयार गरिएको हो । यो नयाँ रुट २४६ किलोमिटर छ भने प्रतिघण्टा २०० किलोमिटरका गतिले रेल गुड्ने छ । यसलाई सन् २०१८ को अन्त्यसम्म नयाँ रेल–वे नेटवर्कका रुपमा विकास हुने जनाएको छ । चीनले ९ घण्टामै रेलवे स्टेशन बनाएपछि नेपालमा पनि चर्चा हुन थालेको छ । के चीन-नेपाल जोड्ने रेलवे लाईन पनि यहि गतिमा बन्ला त ? यो भने नेपाल सरकारमा निर्भर रहनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies