Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

'एमाले-माअोवादी पार्टी एकतापछि प्रधानमन्त्री र अध्यक्ष दुवै केपी ओली बन्ने', प्रचण्ड के बन्छन् ?

\"\"काठमाडौं । नेकपा एमालेका नेता शेरधन राईले एमाले–माओवादी केन्द्रवीच एकता भएपछि  पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओली नै हुने स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता राईले पार्टी एकतापूर्व नै नयाँ सरकार गठन हुन सक्ने विश्वास दिलाए । उनले भने,‘एमाले र माओवादीवीच एकता छिट्टै हुन्छ, यसको लागि हामी आन्तरिक गृहकार्यमा जुटिसक्यौं, केही नीतिगत, सैद्धान्तिक र सांगाठनिक कुराहरु जो छन्, यी विषयमा सहमतिमा पुग्नको लागि अलिक समय लाग्नसक्छ।’ राईले पार्टी एकतापूर्व नै सरकार गठन भए कसैले आश्चर्य मान्न नहुने धारणा राखे । साक्षात्कारमा बोल्दै उनले पार्टी एकतापछि प्रधानमन्त्री र अध्यक्ष एउटै व्यक्ति भएपनि आश्चर्य नमान्न सुझाव दिए । उनले भने,‘ओली र प्रचण्डबीचको समझदारीमा सबै कुरा टुँगोमा पुग्छ, सरकार र पार्टी दुवैको नेतृत्व ओली गर्न सक्नुहुन्छ।’ पूर्वमन्त्री समेत रहेका नेता राईले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएसँगै निर्वाचनले पूर्णता पाउने उल्लेख गर्दै भने,‘यतिवेला हामी राष्ट्रिय सभाको निर्वाचनको तयारीमा छौं, यो निर्वाचन सम्पन्न भएपछि निर्वाचनको चक्र पूर्णता पाउँछ, यतिवेला नयाँ सरकार गठन भैसक्नुपर्दथ्यो, तर वर्तमान सरकारले अलिक बढि समय नै बस्ने रुचि देखाएकोले केही विलम्ब भएको थियो, अहिले नयाँ सरकार गठनको लागि मार्गप्रशस्त भैसक्यो।’ नेता राईले आगामी फागुणको दोस्रो साताभित्रै नयाँ सरकार गठन भैसक्ने स्पष्ट पारे । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने कुरामा कुनै द्धिविधा नभएको स्पष्ट पारे । राईले भने,‘फागुणको दोस्रो साताभित्रै वाम गठबन्धनको त्यसमा पनि एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुन्छ, यसमा कुनै द्धिविधा छैन, उहाँ सर्वसम्मतीले संसदीय दलको नेता बन्नुहुन्छ।’ उनले यही माघभित्रै प्रदेश सरकारहरु गठन भैसक्ने समेत जिकिर गरे । अब बन्ने सरकारले मुलुकमा स्थायित्व र आर्थिक समृद्धि हाँसिल गर्ने भएकोले जनताको चाहना अनुसार नै नयाँ सरकारले काम गर्ने विश्वास दिलाए । उनले भने,‘अब बन्ने सरकारले मुलुकमा स्थायित्व, सुशासन, अमनचयन, शान्ति र विकास गर्ने प्रमुख लक्ष्य लिनेछ, जनताको चाहना अनुसार काम गर्नेछ, यो सपना पूरा गर्नको लागि वाम गठबन्धनले चुनावमा गरेका प्रतिबद्धताहरुलाई अब पूरा गर्छ, हामी पूर्ण प्रतिबद्ध छौं ।’ प्रमुख प्रतिपक्षी दललाई पनि विश्वासमा लिएर आफूहरु अघि बढ्ने उनको भनाई थियो । उनले भने,‘आर्थिक समृद्धि हाँसिल गर्नको लागि हामी विपक्षी दललाई पनि सम्मानका साथ सँगै लिएर जान चाहन्छौं, विकास र समृद्धिको यात्रामा उहाँहरुलाई पनि गोलबन्द गर्नेछौं ।’ राईले आफू मुख्यमन्त्रीको दाबेदार भएकोले प्रदेश संसदीय दलको नेताको निर्वाचनमा आफलाई विजयी गराउने विश्वास दिलाए । उनले भने,‘म मुख्यमन्त्रीको दाबेदार हुँ, संसदीय दलको नेतामा उम्मेद्धवार दिन्छु, म पराजित भएँ भने पनि बन्ने प्रदेश सरकारलाई पूर्ण सहयोग र साथ दिनेछु।’ यद्धपी उनले प्रदेश सांसदहरुले आफूलाई नै संसदीय दलको नेतामा विजयी गराउने कुरामा पूर्ण विश्वास रहेको सुनाए । उनले आफू प्रदेश नम्बर १ को मुख्यमन्त्री बने उक्त प्रदेशको विकासको लागि दत्तचित्त भएर काम गर्ने विश्वास दिलाए । उनले भने,‘प्रदेश नम्बर १ विकास र समृद्धिको हिसावले अत्यन्तै धेरै ठूलो संभावना बोकेको प्रदेश हो, हामी मुख्यगरि कृषि, पर्यटन र जलस्रोतको विकासमा केन्द्रित हुन्छौं, हाम्रो विकासको मुख्य आधारहरु नै यीनै हुन् ।’ त्यस्तै उनले अहिले तोकिएको प्रदेशको अस्थायी राजधानीको विवादबारे टिप्पणी गर्दै भने,‘प्रदेशको स्थायी राजधानी प्रदेश सभाका दुई तिहाई सांसदहरुले निर्णय गर्ने कुरा हो, हामी उचित र आवश्यकत्ता अनुसार उचित निर्णय लिन्छौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies