Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

‘जब यूट्यूबमा आफ्नै सेक्स टेप देखेँ’

\"\"यूट्यूबमार्फत आफ्नो गीत सार्वजनिक गरेर चर्चामा आएकी क्रिसी चेम्बर्सले पूर्व प्रेमीले गोप्य सेक्स टेप अनलाइनमा सार्वजनिक गरेपछि आफ्नो जीन्दगीमा परेको नकरात्मक असर बारे बताएकी छिन् । उनले भनेकी छिन्, ‘यो घटनाले मेरो जिन्दगीमा हरेक क्षेत्रबाट असर पारेको छ । आगामी दिनमा पनि यसको असर मलाई परिरहनेछ ।’ पूर्व प्रेमीबिरुद्ध चार वर्षसम्म कानुनी लडाईँ लडेकी चेम्बर्सलाई यूट्यूबका संगीतकारहरुले अहिले ‘रिभेन्ज पोर्न क्याम्पेनर’ का रूपमा चिन्न थालेका छन् । उनले भनिन्, ‘मैले सुरुमा एक जना साथीबाट थाहा पाएको थिएँ कि त्यो सेक्स टेप भएको लिङ्क एकदमै भाइरल भइरहेको छ ।’ ‘कसैले हाम्रो यूट्यूब च्यानलमा विभिन्न तरिकाले त्यस्तो लिङ्क शेयर गथ्र्यों । र, भन्ने गथ्र्यों– तपाईंलाई के लाग्छ ? क्रिसी चेम्बर्स रोल मोडल हो ? उनी एक बेश्य हुन् । यो भिडियो हेर्नुस्, थाहा पाउनुहुन्छ ।’ उनले अगाडि भनिन्, ‘मैले लिङ्कमा क्लीक गर्ने बित्तिकै के भएको रहेछ भन्ने थाहा पाइहालेँ । म एकदमै आश्चर्यमा परेँ । मलाई ठूलो झट्का लाग्यो । यस्तो लाग्यो कि मेरो जीन्दगी सकियो ।’ २३ वर्षमा मदिराको लतमा यो घटनाले उनको जीवनमा कस्तो असर पर्‍यो त ? क्रिसी चेम्बर्स भन्छिन्, ‘म डिप्रेशनमा परेँ । २३ वर्षको उमेरमै मदिरा पिउन थालेँ । म मरे तुल्य भएको थिएँ । एकदमै डरलाग्दो सपना देख्थे । मेरो पारिवारिक सम्बन्धमा पनि धेरै ठूलो क्षति पुग्यो ।’ उनले थपिन्, ‘मैले आफ्नो पार्टनरको साथमा एउटा यूट्यूब च्यालन चलाइरहेको थिएँ । हामीलाई ५० हजार युवाले पछ्याइरहेका थिए । त्यो भिडियो देखेपछि उनीहरु सबैले गाली गर्न थाले ।’ चेम्बर्सका अनुसार उनको लागि मुटु दुखाउने कुरा थियो । उनी भन्छिन्, ‘तर मलाई थाहा थियो कि मेरो दर्शक र फलोअर्सहरुले मलाई माया र समर्थन दिएका थिए । त्यसले मलाई अन्यायबिरुद्ध लड्न साहस मिल्यो । मैले एउटा उदाहरण बनाउन चाहेँ ताकि भविश्यमा कसैको साथ पनि आफूलाई जस्तै भए, उनीहरु फेरि आफ्नो खुट्टामा उभिन सकुन् ।’ कानुनी प्रावधानहरु प्रति लक्षित गर्दै उनले भनिन्, ‘मेरो पूर्वप्रेमीले त्यो सेक्स भिडियो जतिवेला अपलोड गरेको थिए, त्यतिवेला ब्रिटेनमा ‘रिर्भेन्ज पोर्न’को कानुन पारित भएको थिएन । जब कानुन बन्यो त्यतिवेला मैले ब्रिटेनमा त्यसबिरुद्ध उजुरी हाल्न गएँ । तर, उनीहरुले मेरो घटनामा अपराधिक मुद्दा चलाउन असम्भव रहेको बताए ।’ उनी भन्छिन्, ‘हामीले मुद्दा लड्का लागि एक महिनामा पैसा जम्मा गर्ने काम गर्‍यौं । यो काममा मलाई मानिसहरुलेसाथ दिए । कतिपय तीता अनुभव पनि बने । तर, अन्तिममा मैले मुद्दा जितेरै छोडेँ । मलाई सबै भिडियोको कपिराइट मिल्यो ।’ ‘यदी कसैले त्यस भिडियोलाई फेरि प्रयोग गरेको खण्डमा सिधै उनीहरुको साइटमा गएर मैले कपिराइट दाबी गर्न सक्ने भएँ । र, भिडियो नहटाए कानुनी कारबाही हुने भयो’, उनले भनेकी छिन् । त्यो भिडियोलाई हटाउनका लागि भन्दै उनले कतिपय वेबसाइटसँग सम्पर्क पनि गरिन् । तर, केही जवाफ आएन । आखिरमा उनले वकिलको सहायता लिनै पर्‍यो । जब वकिलले सूचना पठाए, ती वेबसाइटहरुले भिडियो हटाए । त्यसपछि यस्ता घटनाबाट पीडित बनेकाहरु चुप लागेर बस्नुको साटो प्रतिरोध गर्न थाले । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies