Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

अस्पतालकाे चरम लापर्वाहीले २२ वर्षीया युवती जीवनमरणको दोसाँधमा

\"\"बाँके । भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । रक्तस्राव भएपछि उपचार गर्न आएकी उनलाई अर्कै समूहको रगत चढाइएपछि जीवनमरणको दोसाँधमा पुगेकी छिन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । महिनावारी हुँदा अत्यधिक रक्तस्राव भएपछि परिवारले रुमालाई गत २१ पुसमा अस्पताल भर्ना गरेको थियो । ‘ओ’ पोजेटिभ रगत समूह भएकी उनलाई अस्पतालका स्वास्थ्यकर्मीले ‘बी’ पोजेटिभ चढाएका थिए । जसले उनको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । रुमालाई अहिले भेरी अञ्चल अस्पतालको आइसियूमा राखेर उपचार भइरहको छ । अस्पतालले आइसियू, डाइग्नोसिस र औषधिमा लाग्ने सबै खर्च बेहोरिरहेको छ । तर, यहाँ उपचार सम्भव नभएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण आचार्यले बताए । शुक्रबारदेखि उनको स्वास्थ्य अवस्था झनै नाजुक बनेको छ । मुख सुनिएको छ, सहन नसक्ने गरी पेट दुख्न थालेको डा. आचार्यले बताए । उनलाई दुखाइ कम गर्ने कडा खालको औषधि दिइएको उनले बताए । ‘बिरामीको स्वास्थ्य अवस्थाको प्रकृति हेर्दा दिनप्रतिदिन जटिल बन्दै गएको छ,’ डा. आचार्यले भने । वीर अस्पताल रिफरको तयारी भेरी अञ्चल अस्पतालमा उपचार सम्भव नहुने भन्दै चिकित्सकले काठमाडौं रिफर गर्ने तयारी गरेका छन् । निलम्बन भइन् नर्स चिकित्सकले दिएको प्रेस्क्रिप्सनभन्दा विपरीत समूहको रगत दिने स्टाफ नर्स कल्पना विकलाई अस्पताल प्रशासनले निलम्बन गरिसकेको निमित्त मेसु आचार्यले बताए । उनले बिरामीले पाएको दुःखको क्षतिपूर्ति भर्न नसकिए पनि अस्पताल प्रशासनले बिरामीको निःशुल्क उपचार गर्ने बताए । यसरी भयो घटना महिनावारी हुँदा अत्यधिक रक्तस्राव भएपछि गत २१ पुसमा बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूलाई परिवारले नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा भर्ना गरे । चिकित्सकले उनलाई गाइनोलोजी विभागमा भर्ना गरे । भर्ना भएकै रात उनलाई ‘ओ पोजेटिभ’ रगत दिइयो । स्वास्थ्यकर्मीले २२ पुस बिहान उनलाई थप एक पिन्ट (प्वाइन्ट) रगत दिनुपर्ने सल्लाह दिए । उनका बाबु राजु रगत लिन नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको क्षेत्रीय रक्तसञ्चार केन्द्र गए । तर, उनलाई ‘ओ पोजेटिभ’को ठाउँमा ‘बी पोजेटिभ’ रगत दिएर पठाइयो । ‘मसँगै गएका अर्को व्यक्तिलाई ‘ओ’ र मलाई ‘बी पोजिटिभ’ रगत दिएर पठाइयो, मैले रगतको पोका दिनासाथ स्टाफ नर्सले रगत चढाउनुभयो, त्यसको केहीबेरमै छोरीको शरीरमा फोकाहरू देखियो,’ उनले भने ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies