Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कानुन मन्त्रीले नै तोके देउवा सरकार ढल्ने 'डेट', अब नयाँ सरकार कहिले ?

\"\"काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुण ७ गतेभित्रै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुनेगरि आफूहरुले राजीनामा दिने तयारी गरिरहेको स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री थापाले भने,‘मैले यसअघि पनि यही क्लबको मञ्चबाट बोलेको थिएँ, हामी फागुण ७ गतेभित्रै नयाँ सरकार गठनको लागि वातावरण बनाउँछौं, वाम गठबन्धनले फागुण ७ गते नै आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्नुहुन्छ, हामी प्रतिपक्षमा बस्छौं।’ उनले आफूहरुलाई सत्तालिप्सा देखाएको भनेर सार्वजनिक रुपमा आरोप लगाउँदै आईएकोले जतिसक्दो चाँडो सरकार छोड्न आँतुर रहेको र सोही अनुसार तयारी गरिरहेको पनि जानकारी दिए । उनले भने,‘प्रदेश प्रमुखहरु बस्ने ठाउँ, अधिवेशन गराउने हलको बन्दोबस्दो लगायत आन्तरिक गृहकार्य गरिरहेका छौं, उहाँहरुलाई चाहिने कुनैपनि कुराको कमी हुँदैन्, हुन दिँदैनौं ।’ उनले वाम गठबन्धनको बहुमत भएकोले नयाँ सरकार गठनको लागि वातावरण बनाईदिएकोमा धन्यवाद दिनुपर्ने बेलामा सरकार गठनको लागि मार्गप्रशस्त गरेन भनेर आरोप लगाउनु दुःखदायी कुरा भएको समेत बताए । उनले चाँडो भन्दा चाँडो नयाँ सरकार बन्नेमा कुनै शंका नभएको समेत स्पष्ट पारे । सरकारले हालै तोकेको प्रदेश कार्य सञ्चालन स्थानलाई प्रदेशको अस्थायी राजधानी भनेर भन्न नमिल्ने उनको भनाई थियो । मन्त्री थापाले भने,‘यहाँ कुरा बुझिएन्, आफ्नो पायक पर्ने ठाउँमा राजधानी हुनुपर्छ भनेर भन्नु स्वभाविक हो, अस्थायी राजधानी तोक्ने हामी को हौैं ? राजधानी तोक्ने अधिकार छैन्, राजधानी वा मुकाम होईन, यो त प्रदेश सभा सञ्चालन गर्नको लागि स्थान तोकिने हो, संविधानको धारा २८८ को २ अनुसार प्रदेश सभाका दुई तिहाई सदस्यहरुले राजधानी तोक्ने हो।’ उनले अहिले नबुझीकन अस्थायी राजधानीको नाममा आन्दोलन मत्थर भएन भने दुई तिहाईले पनि तोक्न सक्ने अवस्था नआउन सक्नेतर्फ चिन्ता व्यक्त गरे । उनले भने,‘आन्दोलन चर्कदै गयो भने कट्टरतामा परिणत हुन्छ।’ उनले अहिले तोकिएको प्रदेश सभा सञ्चालन स्थान परिवर्तन नहुने पनि जिकिर गरे । व्यवसायी अजेयराज सुमार्गीको बारेमा कान्तिपुर मिडियाले सरकारमाथि लगाएको आरोपबारे पत्रकारले सोधेको एक प्रश्नमा मन्त्री थापाले भने,‘गलत भएको छ भने छानबिन हुन्छ, अहिले सम्बन्धित निकायले काम गरिरहेको छ, सम्बन्धित निकायले यसबारेमा हेरिरहेको छ।’ उनले सुशासन कायम गर्न, भ्रष्टाचार निर्मुल पार्न र शुन्य सहनशिलताको लागि सरकारले कुनै कसर बाँकी नराख्ने विश्वास दिलाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies