Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

एकाबिहानै नवराज सिलवालले गरे यस्तो ट्वीट

\"\"काठमाडाैं । सरकारले शक्तिको दुरुपयोग गर्दै आफूविरुद्ध प्रतिशोध साधेको प्रतिनिधिसभामा सदस्य एवम् पूर्वडीआईजी नवराज सिलवालले आरोप लगाएका छन् । उनले त्यसको डटेर सामना गर्ने घोषणा पनि गरेका छन् । उनलाई पक्रन प्रहरीले सातवटै प्रदेशमा सर्कुलर जारी गरेपछि सिलवालको आक्रोशपूर्ण धारणा सार्वजनिक भएको हो । ललितपुर क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सिलवालले शुक्रबार बिहानै ट्वीटमार्फत् सरकारले ‘विपक्षीलाई प्रहार गर्ने नौटंकी’ प्रदर्शन गरेको आरोप लगाएका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘म जनताको प्रतिनिधि हुँ र कानूनको परिपालक एक जिम्मेवार नागरिक पनि हुँ । समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको गलत प्रयोग गरी आफ्नो विपक्षीलाई प्रहार गर्ने जुन नौटंकी प्रदर्शन हुँदैछ, सत्यको जगमा त्यसको डटेर सामना हुनेछ ।’ शक्तिको दुरुपयोग कसले गरेको छ र कसले प्रतिशोध साध्यो भनेर उनले स्पष्ट उल्लेख त गरेका छैनन् तर उनको संकेत वर्तमान सरकारप्रति रहेको बुझ्न सकिन्छ । एमालेभित्र ‘महाभूकम्प’: मनाङ्गेलाई जेल सजाए सुनाएको भोलिपल्टै प्रहरीको अर्को ‘एक्सन’ सिलवालले आईजी नियुक्ति मुद्दामा कीर्ते कागजात प्रस्तुत गरेको ठहर सर्वोच्चले गरेपछि प्रहरीले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । तर, सिलवाल फरार छन् । सिलवाल हाल विदेशमा रहेको बताइन्छ । यसैबीच सिलवाललाई ‘भगाउन’ प्रहरीले छानबिनका गोप्य सूचना उपलब्ध गराएको खुलेको छ । सिलवालमाथि सरकारी कागजात किर्तेमा छानबिन भइरहेको छ । छानबिनका क्रममा प्रहरीबाटै सूचना लिक गरिँदा सिलवाल काठमाडौं छाड्न सफल भएको प्रहरी स्रोतको दाबी छ । किर्ते प्रकरणमा छानबिनको जिम्मा पाएको महानगरीय प्रहरी परिसर टेकुले उजुरी दर्ताको पत्र र ललितपुर प्रहरीलाई खोजतलासका लागि काटेको पत्र सार्वजनिक गरिनु पनि सूचना चुहावटको एक पक्ष रहेको प्रहरी उच्च स्रोतको तर्क छ । सर्वोच्चको फैसला, सरकारी वकिल कार्यालय र प्रहरी प्रशासनलाई चुनौती दिँदै सिलवाल ‘फरार’ छन् । स्रोतका अनुसार सिलवाल पक्राउ पुर्जी जारी गर्ने बेलासम्म काठमाडौं प्रहरीसँग नियमित सम्पर्कमा थिए । छानबिन प्रक्रियाका सूचना चुहावट गरी प्रहरी परिसरकै उच्च प्रहरी अधिकृत मतियारको भूमिकामा रहेको चर्चा प्रहरी संगठनभित्र छ । ‘देखावटीका लागि छानबिनको नाटक गर्ने तर भित्रभित्र आरोपीलाई सुविधा हुने गरी सूचना लिक गर्ने द्वैध चरित्रले काम गरेको छ’, परिसर स्रोतले भन्यो । प्रहरीले नै गोपनीयता कायम गर्न नसक्दा सिलवाल ‘भाग्न’ सफल भएको निष्कर्ष पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीको छ । ‘संवेदनशील विषयमा प्रहरीका कतिपय काम-कारबाही गोप्य राखिनुपर्छ । गोप्य कुरा बाहिर ल्याउँदा पीडक उम्कने खतरा हुन्छ नै’, उनले भने । ठकुरीले प्रहरी सेवामा छँदा विधिको शासन पालना गर्ने र गराउने कसम खाएका जोकोही प्रहरी अधिकृतले आफूमाथि लागेका अभियोगमा पनि छानबिनका लागि सहज बाटो पहिल्याउन मद्दत गर्नुपर्ने बताए । प्रहरी प्रधान कार्यालयले मंगलबार मात्रै सिलवालको खोजीका लागि ७७ जिल्लामा पत्राचार गरेको छ । त्यति गर्दा पनि उनी नभेटिए अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) गुहार्ने तयारीमा प्रहरी मुख्यालय छ । काठमाडौं प्रहरीले किर्तेमा अभियोग दर्ता गरेलगत्तै सिलवालले ट्विट गर्दै ‘सन् २०१७ मा आफूले धेरै पाठ सिकेको र २०१८ को लागि आफू तयार छु’ भनेका थिए । त्यसपछि अर्को रिट्विट गर्दै उनले भने, ‘हे ईश्वर, आइज तेरो खुट्टामा मलम लगाइदिन्छु । कतिका सपनालाई लात हान्दा चोट त लागेकै होला ।’ प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन किर्ते गरेको तथ्य फेला परेपछि प्रधानन्यायाधीश गोपाल पराजुलीसहित सात न्यायाधीश संलग्न इजलासले किर्तेमा संलग्नमाथि छानबिन गरी कारबाही चलाउन सरकार र प्रहरी प्रधान कार्यालयलाई परमादेश दिएको थियो । सोही फैसलाका आधारमा छानबिनका लागि अभियोग दर्ता गर्न प्रहरी महानिरीक्षक अर्याल र मुख्यसचिव लोकदर्शन रेग्मीले काठमाडौं प्रहरी प्रमुखलाई निर्देशन दिएका हुन् । सिलवाल काठमाडौंमै रहेका बेला अर्याल र रेग्मीले पक्राउ गर्न काठमाडौं प्रहरी प्रमुख रवीन्द्र धानुकलाई निर्देशन दिएका थिए तर धानुकले छानबिनकै क्रममा रहेका कारण पक्राउ गर्नु ‘उचित नहुने’ जवाफ दिएका थिए । ललितपुर प्रहरीले सिलवालको गोदावरीस्थित घर/ठेगानामा गएर खोजतलास पनि गरेको थियो ।

म जनताको प्रतिनिधि हुँ र कानूनको परिपालक एक ज़िम्मेवार नागरिक पनि हुँ । समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको ग़लत प्रयोग गरी आफ्नो विपक्षिलाई प्रहार गर्ने जुन नौटंकि प्रदर्शन हुँदैछ, सत्यको जगमा त्यसको डटेर सामना हुनेछ l

— Nawa Raj Silwal (@Nawasilwal) January 19, 2018
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies