Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

भेडापालन व्यवसाय संकटमा

 

\"\"कञ्चनपुर । चरन क्षेत्रको अभाव भएपछि जिल्लामा भेडापालन व्यवसाय संकटमा परेको छ ।

खुला चौरमा चरन मनपराउने भेडाका लागि चरन क्षेत्रको अभाव भएको हो । राष्ट्रिय वन क्षेत्रमा रहेका चउर, सामुदायिक वनमा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका चउरमा भेडा चराउन नपाइने भएपछि भेडापालन व्यवसायमा लागेका व्यक्ति पलायन हुन थालेका छन् । निकुञ्ज र सामुदायिक वनले चउरको संरक्षण गरी वृक्षरोपण गरेपछि भेडा चराउने कार्य पूर्णरुपमा बन्द भएको छ । भारतीय बजारमा भेडाको ऊन र मासु विगतमा निर्यात हुँदै आएको भए पनि हाल भेडापालन व्यवसाय खस्किँदै गएकाले व्यापारमा निकै कमी आएको छ । विशेष थारु समुदायले भेडापालनलाई बढी जोड दिएको पाइन्छ । पिपलाडीका कल्छु चौधरीका अनुसार पहिले थारु समुदायका एउटै परिवारले २०० देखि ५०० सम्म भेडा पाल्ने गरेका थिए । उपयुक्त वातावरण नहँुदा देउतालाई चढाउनका लागि मात्र भेडापालन गर्ने चलन छ । हाल भेडापालन गर्दैआएका परिवारसँग मुस्किलले चारदेखि छवटासम्म भेडा रहेका छन् । भेडाको ऊन भारतीय व्यापारीले घरमै आएर लैजाने गरेका छन् । विगतमा भेडापालनमा लागेका परिवारले वार्षिकरुपमा रु ३० हजारदेखि रु ७० हजारसम्म कमाउने गर्दथे । स्थानीयवासी वीरबहादुर चौधरीले भने “भेडाको संख्या घट्दै गएकाले भारतीय व्यापारी नआउँदा निकालिएको ऊनसमेत घरमै थन्क्याउन बाध्य छौँ ।” भेडाको मासुको मूल्य कम पाउँदा भेडापालन व्यवसाय छाडेर अन्य व्यवसाय अपनाउन थालेको उनको भनाइ छ । चरन क्षेत्र पर्याप्त नहुँदा भेडापालन व्यवसाय संकटमा परेको छ । भेडापालन व्यवसायले फड्को मार्न नसकेको पशु विकास कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा मदनसिंह धामीले बताए । सरकारी तवरबाट भेडापालनका लागि कुनै ठोस कार्यक्रम नल्याउनु र भेडाको मासु आम उपभोक्ताले नरुचाउने जस्ता कारणले समेत व्यवसाय संकटमा परेको हो । गत वर्ष भेडाको संख्या करिब आठ हजार रहेकोमा हाल उक्त संख्या घटेर छ हजार पुगेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies