Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

राष्ट्रिय सभा निर्वाचनमा आकांक्षीको लर्कोले सकसमा प्रचण्ड, को-को छन् चर्चामा ?

\"\"काठमाडाैं । नेकपा माओवादी केन्द्रभित्र राष्ट्रिय सभा सदस्यका लागि पूर्वमन्त्रीदेखि पूर्व सांसदसम्मका आकांक्षी देखिएका छन् । गत १० र २१ मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएका माओवादी केन्द्रका सबै पूर्वमन्त्री, पूर्वसांसदले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि लबिङ गरिरहेका छन् । समानुपातिकतर्फ नाम रहेका माओवादी केन्द्रका कतिपय नेतासमेत राष्ट्रिय सभाको उम्मेदवार बन्ने लबिङमा छन् । राष्ट्रिय सभा निर्वाचनका आकांक्षीमा पूर्वमन्त्री, पूर्वसांसद, बौद्धिक व्यक्तित्वका साथै शीर्ष नेताका नातेदारसमेत रहेको पाइएको छ । प्रदेश १ बाट पूर्वसांसद टंक राई, हरि रोका र महिलातर्फ जयन्ती राईको चर्चा बढी छ । यसैगरी, प्रदेश १ बाटै सावित्रीकुमार काफ्ले, हेमराज भण्डारी, देवान किराती, बाबुराम गौतमलगायतले चासो देखाएका छन् । प्रदेश २ बाट पूर्वमन्त्री विश्वनाथ साह, पूर्वसांसद मानपुर चौधरी, रामकुमार शर्मा, अचुतम काफ्ले, दीपबहादुर योञ्जन, सरस्वती चौधरीलगायत झन्डै दर्जन नेताले सक्रियता देखाएका छन् । मानपुर चौधरीसहित चौधरी समुदायका कतिपय नेता भने मंसिरमा सम्पन्न निर्वाचनमा चौधरी समुदायको कोही नपरेको भन्दै असन्तुष्ट छन् । प्रदेश ३ मा पूर्वरक्षामन्त्रीसमेत रहेका पार्टी वरिष्ठ नेता रामबहादुर थापा र पूर्वउपप्रधान तथा स्वास्थ्यमन्त्री अमिक शेरचनको चर्चा छ । प्रदेश ३ मा पूर्वसांसद रामनारायण बिडारी, विमला सुवेदी, हरि दाहाल, सूर्य सुवेदी, कुलाल महर्जन, रामबहादुर भण्डारी, गंगाबहादुर कार्की र कृष्णप्रसाद सापकोटाले चासो देखाएका छन् । प्रदेश ४ मा युवा नेता लेखनाथ न्यौपानेको चर्चा बढी छ । प्रदेश ४ बाटै पूर्वमन्त्रीसमेत रहेका दिनानाथ शर्माले समेत राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्न लबिङ तीव्र पारेका छन् । रामराजा रेग्मी, कोमल बराल, बलावती शर्माले पनि उम्मेदवारका लागि तत्परता देखाएका छन् । प्रदेश ५ मा कुवेर ओलीको बढी चर्चा छ । पूर्वमन्त्री दलजित श्रीपाइलीले समेत उम्मेदवारका लागि लबिङ गरिरहेका छन् । प्रदेश ५ मै मानबहादुर बुढा, मेघबहादुर श्रेष्ठ, चन्द्रबहादुर खड्का, जोखबहादुर महरा, नारायणी शर्मालगायतले उम्मेदवार बन्न लबिङ गरिरहेका छन् । प्रदेश ६ मा मंगल शाही, मायाकुमारी शर्मा, उर्मिला विक, डा. केबी रोकायालगायतले चासो देखाएका छन् । प्रदेश ७ मा हरि चौधरी, रमा ढकाल, सहदेव बोगटी, बिनिता नेपालीलगायतले चासो देखाएका छन् । माओवादी केन्द्रभित्र उम्मेदवारको दौडधूप सुरु भए पनि पार्टीले उम्मेदवार छनोटको गृहकार्य औपचारिक रूपमा सुरु गरेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies