Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

प्रचण्डलाई बधाई भन्दै भारतबाट पत्र आएपछि (पत्रसहित)

\"\"काठमाडौं । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिब सीताराम येचुरीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कम्युनिस्ट गठबन्धनको विजयका लागि बधाई दिएका छन् । प्रचण्डलाई एक पत्र लेख्दै उनले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा कम्युनिस्ट गठबन्धनले हात पारेको सफलताकालागि उनले बधाई दिएका हुन् । बधाई सन्देशको पूर्ण पाठ निम्नानुसार छ- क. पुष्पकमल दाहाल “प्रचण्ड” अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) काठमाडौँ । प्रिय कमरेड, भर्खरै सम्पन्न सङ्घीय संसद र प्रादेशिक सभाका निर्वाचनहरुमा कम्युनिस्ट गठबन्धनको सफलताका लागि भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)को तर्फबाट मेरो क्रान्तिकारी अभिवादन र हार्दिक वधाई स्वीकार गर्नुहोस् । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धनको झण्डै दुई तिहाई सिटमा भएको जीतले नेपाललाई राजतन्त्रबाट गणतन्त्रमा रुपान्तरण गरेकोमा यो कम्युनिस्ट गठबन्धनप्रति नेपाली जनताको दृढ समर्थन रहेको कुरा शानदार रुपले सिद्ध भएको छ । गठबन्धनले सातमध्ये ६ वटा प्रदेश सभाहरुमा बहुमत प्राप्त गर्नुले यो तथ्यले थप प्रमाणित भएको छ । म विश्वस्त छु कि नयाँ सरकारको गठनले नेपालको धर्मनिरपेक्ष गणतन्त्रतर्फको रुपान्तरणमा सफलता प्राप्त हुनेछ र सो सरकारले विकास र समृद्धिको साथसाथै नेपाली जनताको जीविका सुधार गर्ने महत्त्वपूर्ण विषयहरुलाई सम्बोधन गर्नेछ । कृपया, नेकपा (माओवादी केन्द्र)का सबै सदस्यहरु र नेपाली जनतालाई भाकपा (मार्क्सवादी)को भाइचारा क्रान्तिकारी अभिवादन सुनाइदिनु होला । पुनः एकपटक यहाँलाई आफ्ना भावी कार्यहरुको सफलताका लागि हार्दिक सुभकामना व्यक्त गर्दछु । न्यानो अभिवादन सहित । तपाईको मित्रबन्धु, सीताराम येचुरी महासचिव
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies