Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

त्रिपक्षीय दबाबबीच कांग्रेसकाे बैठक अाज बस्दै, अडानबाट पछि नहट्ने पाैडेल र सिटाैलाकाे दावी

\"\"काठमाडौं ।  नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक अाज देखि बस्दैछ । पाैडेल पक्षकाे दवावपछि पार्टी सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।  काँग्रेसभित्र विगत डेढ महिनायता आन्तरिक किचलाे बढेको बेला बोलाइएको केन्द्रीय समिति बैठकलाई महत्वका साथ हेरिएको छ । निर्वाचनमा पराजयकाे परिणाम भयाे भन्दै युवा पुस्ताले पेचिलाे प्रतिक्रिया दियाे । चाैतर्फी दवाव खेपेका देउवाका अगाडि नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले पनि नेतृत्वको आलोचना गर्दै आफ्ना धारणा सार्वजनिक गरे । नेता कृष्ण सिटौला समूहसहितका फरक धारले सभापति देउवालाई ‘तारो’ बनाएसँगै देउवा पक्षीय नेताहरु नेतृत्वको वचाउ गर्न लागे । तीन गुटमा विभक्त नेताहरुले केन्द्रिय समितीको वैठकमा आफ्ना रणनीति तय गरेका छन् । केन्द्रिय समितीको वैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्ष आ–आफनो रणनीतिका साथ बैठकमा प्रस्तुत हुने स्राेतकाे दावी छ । पौडेल पक्ष रामचन्द्र पौडेल समूहले केन्द्रिय कार्य सम्पादन समिति र संसदीय समितिको विघटनको मुद्दालाई प्रमुख रुपमा उठाउने छ । निर्वाचनमा काँग्रेसको पराजयको मुख्य कारण सभापति देउवाको विधान विपरितको कार्यशैली भएको पौडेल पक्षको आरोप छ । काँग्रेस केन्द्रिय समिति सदस्य नविन्द्रराज जोशीले राष्ट्रिय सभाको निर्वाचनका विषयमा बैठक बस्ने जानकारी पाएको बताए । महाधिवेशन पश्चात सभापतिले विधान विपरित गठन गरेका समितिहरु तत्काल भंग गर्नुपर्ने माग उठाइने जोशीकाे भनाइ छ । गत चैतमा देउवाले २९ सदस्यीय केन्द्रिय कार्य सम्पादन समिति बनाएका थिए । काँग्रेसको विधानमा २५ सदस्यीय केन्द्रिय कार्य सम्पादन समिति हुनुपर्ने उल्लेख छ । ११ सदस्यीय संसदीय सदस्य हुनुपर्नेमा विधान विपरित १७ सदस्यीय संसदीय समिति पनि बनाएका थिए । सभापतिले आफुखुसी बनाएको समितिलाई भंग गर्नुृपर्ने तर्क जोशीकाे छ । उनले भने, ‘हरेक वर्ष बोलाउनुपर्ने महासमिति बैठक महाधिवेसन सकिएको दुई वर्षसम्म बोलाइएको छैन । महाधिवेशन सकिएको दुई महिनामा गठन भइसक्नुपर्ने विभागहरु पनि गठन हुन सकेको छैन । ’ पुष २३ गते बालुवाटारमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले तत्काल केन्द्रिय कार्यसमितिको बैठक बोलाउन माग गरेको थियो । त्यसलगत्तै रामचन्द्र पौडेल, कृष्ण सिटौला र अर्जुनरसिंह केसी बीच भएको बैठकले पनि केन्द्रिय समिति र देउवाले गठन गरेका दुई समिति भंग गर्न माग गरेको थियो । माघ १ मा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कृष्णप्रसाद सिटौलाले बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर केन्द्रिय कार्यसमिती बैठकका लागि दबाब दिए । साथै बैठकमा तीन नेताले विधान विपरित गठन गरिएका संसदीय समिती र कार्य सम्पादन समिती विघटन गर्न माग गरेका थिए । कोइराला परिवारका महामन्त्री शंशाक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाले माघ २ मा वैठक वसेर पराजित बन्नुमा पार्टी संस्थागत ढंगले नचल्नु र नेतृत्व कमजोर बन्नुको निश्कर्ष निकालेका थिए । सिटौला पक्ष  मूल नेतृत्वका कारण नै पराजय भोग्न परेको सिटौला पक्षकाे पनि दावी छ । बाम गठबन्धन र अन्तर्घातको कारण देखाएर देउवा उम्कन नसक्ने सिटौला पक्षले ठहर गरेकाे छ । केन्द्रिय समितीको वैठकमा हारलाई प्रमुख विषय बनाउने सो समूहले बताएकाे छ । नेता प्रदीप पौडेलले निर्वाचनको समिक्षासँगै काँग्रेसको आमुल परिवर्तनको माग उठाउने वताए । विधान विपरित पार्टी सन्चालन भएकोमा दुइ पक्ष नै एकमत छ । कार्य सम्पादन र संसदीय समिति भंगको लागि दुई पक्षले माग गर्दै आएका छन् । कार्यसमिति बैठकमा दुई पक्षले यस विषयलाई उठाउने भएका छन् । देउवा पक्ष पाेडेल र सिटाैला पक्षका एजेण्डामा खासै समय नलिने गरी राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्ने देउवा पक्षीय नेताहरुले बताएका छन् । तत्काल राष्ट्रिय सभा निर्वाचनमा केन्द्रित हुने र त्यसपछि निर्वाचन पराजयको समिक्षा हुने प्रवक्ता विश्व प्रकाश शर्माले बताए । पौडेल समूह र सिटौला समूहको प्रतिवादमा देउवा समूह जुट्ने छ । यता असन्तुष्ट समूहले भनेजस्तो देउवा समूह विशेष महाधिवेसनको मागमा प्रवेश नै गर्न नचाहेको देखिएको छ ।  

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies