Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

मेयरकप क्रिकेटः उद्घाटन खेलमा नागार्जुन विजयी

\"\"बैतडी । शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकामा ‘प्रथम मेयरकप क्रिकेट प्रतियोगिता, २०७४’आजदेखि शुरु भएको छ । प्रतियोगिताको उद्घाटन दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा र उपप्रमुख मीना चन्दले गरेका हुन् । प्रतियोगिताको उद्घाटन खेलमा दशरथचन्द नगरपालिका– २ देहिमाण्डांँैलाई ८० रनले हराउँदै दशरथचन्द नगरपालिका– ११ नागार्जुन विजयी भएको छ । बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा टस जितेर ब्याटिङ गरेकोे नागार्जुनले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १६१ रन बनायो । नागार्जुनका कप्तान राम चन्दले ३७ रन जोडेका थिए । बलिङतर्फ देहिमाण्डौँका ऋषिकेश बोहराले ह्याट्रिकसहित चार विकेट लिए । एक सय ६२ रनको लक्ष्यसहित मैदानमा उत्रेको देहिमाण्डौँ १६.४ ओभरमा ८१ रनमा समेटियो । देहिमाण्डौँका लागि ऋषिकेश बोहराले १५ रन जोडे । बलिङतर्फ नागार्जुनका मदन चन्दले तीन विकेट लिए । नागार्जुनका कप्तान राम चन्द म्यान अफ द म्याच भएको अम्पायर निरञ्जन बोहराले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिकाको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघ र नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता सञ्चालन भएको हो । टि ट्वान्टी ढाँचामा भइरहेको प्रतियोगिताको विजेताले रु ५० हजार, ट्रफी र प्रमाणपत्र तथा उपविजेताले रु ३० हजार तथा प्रतियोगिताका म्यान अफ द सिरिजलाई रु पाँच हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ वटै वडाका टोलीको सहभागिता छ । प्रतियोगिताअन्तर्गत बिहीबार पहिलो खेल वडा नं ८ र वडा नं ११ बीच तथा अर्को खेल वडा नं २ र वडा नं ८ बीच हुनेछ । मेयरकप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनाका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने नगर उपप्रमुख मीना चन्दले बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies