Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

श्रीमती हुँदाहुँदै भान्जी प्रेममा यसरी फसेका रहेछन् सेनाका सहायक रथी

\"\"काठमाडाै । कृषि विकास बैंक न्युरोड शाखाकी सहायक टेलर नागार्जुन–१ की ३२ वर्षीया दीपिका रेग्मी ४ करोड ९१ लाख रकम हिनामिना मुद्दामा समातिइन् । प्रहरीले अनुसन्धान थाल्यो । अाजकाे नयाँपत्रिका दैनिकमा खवर छ ।  खुल्यो, घटनाको मुख्य योजनाकार उनी नै रहिछिन् । प्रहरीका लागि हिनामिना भएको रकम पनि खोज्नुपर्ने चुनौती थियो । प्रहरी अनुसन्धानमा लाग्यो । ‘नेक्सस’ पहिल्याउँदै जाने क्रममा करिब ३३ लाख रुपैयाँ सेनाका सहायक रथी डा. रमेश विष्टको बैंक खातामा भेटियो । प्रहरी चकित खायो । अब प्रहरीको अनुसन्धान सहायक रथी डा. विष्ट र रेग्मीको सम्बन्धमा केन्द्रित भयो । श्रीमती हुँदाहुँदै प्रेममा अनुसन्धानबाट खुल्यो, रेग्मी सहायक रथी डा. विष्टलाई ‘मामा’ साइनो लगाउँदी रहिछिन् । डा. विष्ट पनि रेग्मीलाई भान्जी भन्दारहेछन् । तर, उनीहरूबीचको यो साइनो बाहिर देखाउनका लागि मात्रै रहेछ । खासमा उनीहरू प्रेमी–प्रेमिका रहेछन् । त्यसो हुँदा उनीहरूबीच अन्तरंग सम्बन्ध रहेछ । सोही सम्बन्धका आधारमा रेग्मीले बैंकबाट हिनामिना गरेकोमध्ये करिब ३३ लाख रुपैयाँ डा. विष्टको बैंक खातामा हालिदिएकी रहिछिन् । प्रहरी उच्च स्रोत भन्छ, ‘डा. विष्ट र रेग्मीबीच प्रेमी–प्रेमिकाको सम्बन्ध रहेको खुलेको छ । उनीहरूबीच सबै खालका सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको हो । यो उनीहरूको निजी मामिला हो । यसमा हाम्रो भन्नु केही छैन । हामीले त अपराधको पाटो मात्रै हेर्ने हो । यसमा जर सा’बको पनि संलग्नता रहेको देखिएको छ ।’ सेनाको हिरासतमा रहेका डा. विष्ट र प्रहरीको हिरासतमा रहेकी रेग्मी दुवै विवाहित हुन् । सैनिक कानुनअनुसार प्रहरीले सेनासँग सम्बन्धित ज्यान मुद्दाबाहेकका घटना अनुसन्धान गर्न मिल्दैन । त्यसो हुँदा रकम हिनामिनामा मुछिएका सहायक रथी डा. विष्टको घटना प्रहरीले सेनालाई अनुसन्धान गर्न भनी प्रमाणसहितका सबै फाइल पठायो । सेनाले उक्त घटना छनबिन थालेको छ । यसका लागि सेनाले सहायक रथी डा. विष्टलाई हिरासतमा लिएको छ । छानबिनपछि दोषी देखिए सैनिक ऐनअनुसार कारबाही गरिने सेनाको भनाइ छ । सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारी सहायक रथी डा. विष्टमाथि ‘इन्क्वारी’ सुरु भइसकेको बताउँछन् । भन्छन्, ‘कृषि विकास बैंकको रकम हिनामिनामा सहायक रथी डा. विष्टको संलग्नता हुन सक्ने आधार फेला प¥यो, प्रहरीको अनुसन्धानबाट पनि त्यस्तै देखियो । सोही आधारमा उहाँमाथि ‘इन्क्वारी’ थालिएको छ ।’ दुई केजी सुनका गहना प्रहरीसँगको बयानमा रेग्मीले हिनामिना गरिएको रकमको स्रोत खोलेकी थिइनन् । प्रहरीले अनुसन्धान गरिरहेको थियो । यही क्रममा कृषि विकास बैंक न्युरोड शाखास्थित कार्यरत बैंकमा उनको निजी लकर रहेको खुल्यो । प्रहरीले लकर सम्बन्धमा रेग्मीलाई सोध्यो । तर, रेग्मी आफ्नो कुनै लकर नभएको भन्दै टकटकिइन् । प्रहरीले अनुसन्धान रोकेन । अझ कसिलो बनायो । यसका लागि बैंकको थप सहयोग लियो । अन्ततः रेग्मी लत्रिइन् । लुकाएर राखेको लकरको साँचो प्रहरीलाई दिइन् । प्रहरी कार्यालय पुग्यो । लकर पहिचान ग¥यो । साक्षी राखेर लकर खोल्यो । लकरमा गहनाका चाङ भेटिए । लकरभित्र तिलहरी, जन्तर, सिरबन्दी, चुरा, औंठी, झुम्का, सिक्री, ब्रासलेट, नेक्लेस, ढुङ्ग्रीलगायतका गहना थिए । यति धेरै गहना भेटिँदा प्रहरी चकित प¥यो । गहना जोखियो । पत्ता लाग्यो, दुई केजी सुनका गहना राखिएका रहेछन् । अनुसन्धान अब थप रोमान्चक बन्ने देखियो । प्रहरी रेग्मीकहाँ पुग्यो । सोधपुछमा जुट्यो । खुल्यो, उनले बैंकबाट हिनामिना गरेको रकममध्ये करिब एक करोड रुपैयाँबाट गहना खरिद गरी लकरमा लुकाएर राखेकी रहिछिन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रमुख डिआइजी पुस्कर कार्कीले भने, ‘बैंकबाट हिनामिना गरिएको रकम खोज्दै गयौँ । यसैक्रममा बैंकमा उनको निजी लकर छ भन्ने खुल्यो । लकर खोल्यौँ । लकरभित्र सुनका अनगिन्ती गहना फेला परे । जोख्दा पत्ता लाग्यो, लकरभित्र दुई केजी सुनका गहना रहेछन् ।’ प्रकाश घतानीबाट सुन रेग्मीले हिनामिना गरेको रकम तेह्रथुम सिम्ले–५ का ४२ वर्षीय प्रकाश घतानीको बैंक खातामा पनि हाल्ने गरेको खुल्यो । प्रहरीले घतानी र रेग्मीको कनेक्सन खोज्यो । खुल्यो, रेग्मीले घतानीको सुन पसलबाट सुनका गहना खरिद गर्दिरहिछिन् । सोहीबापतको रकम भुक्तानी उनले बैंक खातामार्फत गर्दिरहिछिन् । तर, प्रहरीले त्यसरी खरिद गरेको सुनको सुइँको पाउन सकेको थिएन । जब उनको लकरमा सुनका गहना भेटिए । बल्ल घतानीको पसलमा खरिद भएका सुन पत्ता लाग्यो । प्रहरीले घतानीलाई रेग्मीसँगै पक्राउ गरिसकेको छ । सिआइबी प्रवक्ता एसपी श्रेष्ठले रेग्मी र घतानीबीच कारोबार रहेको खुलेपछि पक्राउ गरिएको बताए । उनले भने, ‘घतानीको न्युरोडमा सुन पसल छ । सोही पसलबाट रेग्मी सुनको गहना किन्थिन् । उनले गहना घर नलगी बैंकमा रहेको निजी लकरमा राख्थिन् ।’ बैंक खातामा हिनामिना रेग्मीले बैंकको ४ करोड ९१ लाख रुपैयाँ हिनामिना गरेकी थिइन् । उक्त रकम खोज्नु प्रहरीसामु चुनौती थियो । पहिल्याउँदै जाने क्रममा हिनामिनाको रकम रेग्मीले आमाको बैंक खातामा पनि राखेको भेटियो । केही रकम भने उनले आफ्नो छोराको नाममा रहेको बैंक खातामा समेत राख्न भ्याएकी थिइन् । प्रहरीले उनको छोरा र आमालाई भने पक्राउ गरेको छैन । उनका आमा र छोरासँग परामर्श नै नगरी बैंक खातामा रकम राखेको पाइएपछि प्रहरीले पक्राउ नगरेको हो । सिआइबी प्रवक्ता एसपी श्रेष्ठले भने, ‘रेग्मीले हिनामिना गरेको रकम आफ्ना नाबालक छोरा र आमाको नाममा रहेको बैंक खातामा पनि राखेको भेटिएको छ । तर, हामीले उनीहरूलाई पक्राउ गरेका छैनौँ । अनुसन्धानबाट रेग्मीले आमा र छोरालाई जानकारी नै नदिई बैंक खातामा रकम राखेको भेटियो । त्यसो हुँदा उनीहरूलाई पक्राउ गर्नु आवश्यक देखिएन ।’ यसरी पक्राउ दीपिका कृषि विकास बैंक न्युरोड शाखामा रकम जम्मा गरेपछि सेवाग्राही ढुक्क भएर घर फर्कन्थे । किनकि बैंकले रकम जम्मा गरेको रसिद पनि सँगै दिन्थ्यो । तर, जब खातामा रहेको रकम इन्क्वायरी गर्थे जम्मा गरेको रकम खातामा हुन्नथ्यो । रिपोर्ट गर्न तुरुन्तै बैंक कार्यालयमा पुग्थे । यसरी उजुरी गर्नेको संख्या बढ्दै गएपछि अनुसन्धानको विकल्प थिएन । बैंकले गोप्य रूपमा सिआइबीको सहयोगले अनुसन्धान थाल्यो । अनुसन्धानपछि खुल्यो, बदमासी बैंककै कर्मचारीबाट भइरहेको छ । सिआइबीले अनुसन्धान अझ कसिलो बनायो । बदमासी बैंकका सहायक टेलर दीपिका रेग्मी बस्ने कम्प्युटरबाट भइरहेको सुइँको चल्यो । अनुसन्धान बढ्दै गयो । शंकाको घेरामा रेग्मी परेपछि सिआइबीले पक्राउ ग¥यो । त्यसपछि खुल्यो, रकम हिनामिनाको पहेली । यसरी हुन्थ्यो हिनामिना प्रहरीका अनुसार उनीहरूले विभिन्न बैंक तथा व्यक्तिबाट चेक लिन्थे । उक्त चेक सम्बन्धित बैंक खातामा नै जम्मा गरिदिन्थे । प्रमाणका रूपमा रसिद पनि दिन्थे । जब उनीहरू रसिद लिएर जान्थे, त्यसपछि जम्मा गरिएको रकम उक्त खाताबाट इडिट गर्थे । अनि उक्त रकम आफ्नो र आफूले चाहेको व्यक्तिको बैंक खातामा हालिदिन्थे । यो सबै काम दीपिका रेग्मीले गर्थिन् । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले दीपिका र घतानीसहित काठमाडौं–३२ का ४७ वर्षीय प्रेमहरि ढुंगेल, टोखा–८ का ५६ वर्षीय गोपाल गिरी र चन्द्रागिरि–५ का ३९ वर्षीय महेश्वर मरहट्टालाई समेत पक्राउ गरेको छ । यसअघि प्रहरीले काठमाडौं–३२ का ४२ वर्षीय रमेशकुमार थापालाई पनि पक्राउ गरेको थियो । पक्राउ परेका रेग्मीसहितका तीनैजनामाथि बैंकिङ कसुर ऐनअन्तर्गत मुद्दा चलाइएको छ । सिआइबीका प्रवक्ता एसपी श्रेष्ठले भने, ‘कृषि विकास बैंक न्युरोड शाखामा रकम अपचलन भएको खुलेपछि अनुसन्धान सुरु भयो । यसक्रममा दीपिका रेग्मी पक्राउ परिन् । अनुसन्धान हुँदा रेग्मी नै यसको मुख्य योजनाकार रहेको खुल्यो । उनकै बयानका आधारमा अन्य पनि दोषी देखियो । र, पक्राउ परे ।’ रेग्मी बैंकमा सहायक ट्रेलरका रूपमा कार्यरत थिइन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies