Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

नारायणी किनारमा नेपथ्यसँगै झुमे सांसददेखि युवासम्म

\"\"चितवन । साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक किनारतिर सोहोरिंदै थिए । किनार छेउको स्टेजमा प्रोजेक्टरले समयको काउन्टडाउन गर्दै थियो ।

आइपुगेका दर्शकले समय कुर्न सकेनन् । चिसो मौसममा नारायणी किनार तात्न थाल्यो । दर्शकको हुटिङ बढ्न थाल्यो । अघिपछि रातमा सन्नाटा छाउने किनार सोमबारको साँझ रमणीय बन्दै थियो । जब काउन्टडाउन शुन्यमा झ¥यो तब ‘स कर्णाली’ गुञ्जन शुरु भयो । दर्शक उफ्री उफ्री मच्चिन थाले । तिलचामल हुँदै गरेको लामो कपाल पछाडि बाँटेर हल्का फूलेको जुँगा मुसार्दै निस्किए अमृत गुरुङ । उनलाई देख्नासाथ दर्शक उत्साहित भए । स्टेज तात्न थाल्यो । ‘भेडाको ऊन जस्तो’ गीत स्टेजमा गाउन थाले । गुरुङको स्वरसँग दर्शकको स्वर मिसियो । ‘छेक्यो छेक्यो देउराली डाँडा’ पनि पस्किए । त्यतिबेलासम्म भीडले नारायणी किनार ढाकिसकेको थियो । दाताज इभेन्ट एण्ड म्यानेजमेन्टले चितवनको अत्याधुनिक प्रविधिसहितको संगीत प्रणालीमा नेपथ्य व्याण्डको ‘नेपथ्य लाइभ २०१८’ आयोजना गरेको थियो । ‘चार वर्षदेखि सांगीतिक कार्यक्रम गर्दै आएको थिएँ, यति ठूलो भीडका बीच नेपालकै उत्कृष्ट व्याण्ड ल्याएर दर्शक नचाउन पाएकामा खुशी छु,’ इभेन्ट प्रमुख दाताराम घिमिरेले भने । ‘सात गण्डकीको संगम स्थल नारायणी नदीको किनार, चितवनको यो माहोल, माघे संक्रान्तिको दिनमा तपाईंहरुमाझ आउँदा हामी सबै हर्षले गद्गद् भएका छौं, हो...ई ।’ त्यसमा दर्शकले हो मा हो मिलाए । गुरुङले दुई हात जोडेर नमन गर्दै शिर झुकाए । फरक प्रस्तुति र मौलिक स्वाद पस्कने व्याण्डले २५ औं वर्षगाँठ मनाइरहेको छ । त्यही अवसरमा २८ वर्ष अघिको पहिलो गीत, ‘आँगनै भरी’ प्रस्तुत भयो । प्रस्तुतिसँगै सम्बन्धित दृश्य पनि साथसाथै देखाउनु नेपथ्यको आफ्नो पहिचान हो । अनि सन्देशमूलक शब्द चयन गुरुङको आफ्नै मौलिकता हो ।

\"\" ‘आज मलाई यस्तो लागेको छ कि म फूलै फूलको बीचमा बसेर गीत गाइरहेको छु, भाइ बहिनीहरुबीच गीत गाउँदा मलाई मेरो बैंशका दिनहरु याद आइरहेको छ,’ गुरुङले अलिकति वैंशका कुरा उधिन्दै भने – ‘मेरो अनुरोध छ है, कुनै पनि बच्चालाई घरभित्र लुकाएर राखिएको छ भने ती बच्चालाई स्कुलमा जान सबैले सहयोग गर्नु हो....ई ।’ दर्शकले एकै स्वरमा फेरि होईमा होई मिलाए ।

गायकमा शुरुदेखि अन्त्यसम्म युवा जोश हटेन । शुरुआती चरणमा नयाँ गीत ‘शिरफूल शिरैमा,’ गाए । खान्न म त लाम पाते सुरती, उडायो रेलैले, जोमसोमै बजार, जोगले हुन्छ भेट क्रमैसँग गाउनुभयो । यति गीत गाउँदा करिव एक घण्टा बित्यो । नारायणी किनार तात्यो । युवा लुगा खोलेरै गीतमा झुम्न थाले । जोमसोमै बजारपछि माहोल थप तात्यो । नेपथ्य लाइभ हेर्दै व्यवस्थापकमध्येका एक सूर्यभक्त अधिकारीले नेपथ्य आफैंमा गीतसंगीतको ब्राण्ड भएको भन्दै यो चितवनको उत्कृष्ट कार्यक्रम बन्न सफल भएको प्रतिक्रिया दिए । गीत र संगीतको तालमा गायक गुरुङले कम्मर मर्काउँदै हाउभाउमा दर्शकलाई रोमाञ्चक बनाउन चुक्नुभएन । उहाँको प्रस्तुतिमा नेपालीपन र भाव झल्किन्थ्यो । एक हजार र पाँच सय रुपैयाँको टिकट काटेका दर्शक नारायणी किनारमा हजारौं थिए ।

चितवन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल र प्रदेशसभा सदस्य विजय सुवेदीको परिवारसहित नेपथ्यसँग रमाए । चितवनका प्रहरी उपरीक्षक दीपक थापा र उनको परिवार नेपथ्यको गीतमा झुम्दै नाच्नुभयो । प्रदेशसभा सदस्य सुवेदीले नेपालीपनको उत्कृष्ट प्रस्तुति भन्दै नेपथ्यको प्रशंसा गरे ।

बीच बीचमा सन्देश बाँड्ने गुरुङले डा गोविन्द केसीको आन्दोलनमा साथ दिन पनि अपिल गरे । ‘हिमाल पहाड तराई कोही छैन पराई, हामी मिलेर बसौं हो...ई ।’ यसरी उनले राष्ट्रियताको सन्देश बाँडे । लोकसंस्कृति र भाषा बचाउन पनि उनले आग्रह गरे । देश बनाउन हामी आफैं लाग्नुपर्छ भन्दै गुरुङले ‘गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ’ गीत प्रस्तुत गर्दा कम्मर नमर्काउने दर्शक शायदै थिए । उनले तिमी पनि नेपाली म पनि नेपाली, यो जिन्दगानी, हिमाल चुचुरे, रेशम, तालको पानी गाएर दर्शकलाई २ घण्टा मुग्ध पार्नुभयो । उहाँले ‘रातो र चन्द्र सूर्य’ गीतबाट दर्शकसामु एकताको सन्देश छाड्दै प्रस्तुतिको बीट मारे । उनलाई ड्रम्समा ध्रुव लामा, देश गितारमा सुविन शाक्य, मादलमा शान्ति रायमाझी, पियानोमा सुरज थापा र गितारमा निरज गुरुङले साथ दिएका थिए । शान्ति यात्राका क्रममा चितवनको रत्ननगरमा नेपथ्य व्याण्डले ४ वर्ष अघि प्रस्तुति दिएको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies