Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

वार्षिक २९ करोडको दूध उत्पादन

\"\"धनकुटा । जिल्लामा यसवर्ष अहिलेसम्म रु २९ करोड ४३ लाख ६८ हजार बराबरको दूध उत्पादन भएको छ । किसानको उन्नत जातका गाईपालनमा आकर्षण बढेसँगै दूध उत्पादनमा वृद्धि भएको हो । गतवर्ष १२ हजार मेट्रिक टन दूध उत्पादन भएकामा यसवर्ष १३ हजार ८३ मेट्रिक टन उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयको तथ्यांक उल्लेख छ ।

जिल्लाका विभिन्न क्षेत्रबाट दैनिक रु १६ लाख ६५ हजार बराबरको ३७ मेट्रिक टनभन्दा बढी दूध उत्पादन हुने गरेको छ । खेतीयोग्य जमिन बाँझिन थालेपछि अम्रिसो, नेवारो, टाँकी, पट्मेरो, दुधिलोलगायत उन्नत जातका घाँस रोपेर व्यावसायिकरुपमा उन्नत जातका गाई र भैँसी पालेका कारण दूधबाट पर्याप्त आम्दानी हुन थालेको महालक्ष्मी नगरपालिका–४ का चेतन कार्कीले बताए ।

उहाँले दूध बिक्री गरेर वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी गर्दैआउनुभएको छ । जिल्लाका किसानले गतवर्ष प्रतिलिटर रु ४० मा बिक्री गरेको दूधको मूल्य यस वर्ष प्रतिलिटर रु पाँचले वृद्धि गरेका छन् । कूल उत्पादनको ४० प्रतिशत दूध जिल्लामा खपत हुन्छ । बाँकी दूध अन्य जिल्लामा बिक्रीका लागि पठाउने गरिएको छ । जिल्लामा २३ वटा व्यावसायिक गाईपालन केन्द्र र घरघरमा पालेका गाईभैँसीबाट मासिक एक लाख लिटरभन्दा बढी दूध उत्पादन हुने गरको छ । जिल्लाका धनकुटा, पाख्रिबास र महालक्ष्मी नगरपालिका र छथरजोरपाटी गाउँपालिका दुग्ध उत्पादन पकेट क्षेत्रका रुपमा रहेका छन् । यता जिल्लाका चिस्यान केन्द्रमा छिमेकी जिल्ला तेह्रथुमका केही गाउँपालिकाबाट समेत दूध संकलन हुने गरेको छ । जिल्लाका चिस्यान केन्द्रमा संकलन भएको दूध सुनसरीको कामधेनु दुग्ध संकलन संस्था तरहरा र दुग्ध विकास संस्थान विराटनगर पठाइने गरेको चिस्यान केन्द्रले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies