/  Wed, June 20, 2018

अब चारभन्दा बढी बच्चा जन्माए प्रोत्साहन रकम

भारत । भारतको उत्तर-पूर्वी राज्य मिजोरममा एउटा गिर्जाघरले चार वा सोभन्दा बढी बच्चा जन्माउने मिजो जनजातिका दम्पतीलाई प्रोत्साहन रकम दिने घोषणा गरेको छ । त्यहाँ निरन्तर जन्मदर घट्न थालेपछि गिर्जाघरले पछिल्लो कदम चालेको हो ।

यद्यपि उक्त घोषणाबारे सञ्चारमाध्यममा चर्चा भएपछि गिर्जाघरले त्यसबारे समीक्षा गर्ने जनाएको छ । मिजोरममा खासगरी मिजो जनजातिमा घट्दो जन्मदरलाई लिएर त्यहाँका मिजो संगठन र गिर्जाघर निकै चिन्तित छन् ।

हुन त सो राज्यका दुई ठूला गिर्जाघर प्रेस्बिटेरियन र द बापटिस्ट चर्च अफ मिजोरमले बढी सन्तान जन्माउन निरन्तर आह्वान गर्दै आएका छन् । हालै लुंगलेई शहरस्थित बापटिस्ट गिर्जाघरको शाखाले सो क्षेत्रका खासगरी मिजो दम्पतीले चार वा सोभन्दा बढी बच्चा जन्माए प्रोत्साहन स्वरूप रकम दिने घोषणा गरेको थियो । गिर्जाघरले चौथो बच्चाका लागि चार हजार भारतीय रूपैयाँ, पाँचौँका लागि पाँच हजार र सोही क्रम अनुसार पछिका बच्चाका लागि प्रोत्साहन रकम दिने जनाएको छ ।

गिर्जाघरको त्यस्तो घोषणाबारे मिश्रित प्रतिक्रिया आइरहेको बताइएको छ । कतिपयले त्यसको सराहना गरिरहेका छन् भने कतिपयले गैरजिम्मेवार कदम भनेका छन् । बापटिस्ट गिर्जाघरका प्रमुख दुलाले भने, “त्यो घोषणाबारे अन्तिम निर्णय लिइसकिएको छैन। घोषणाबारे छिट्टै हामीले समीक्षा गर्नेछौँ ।”

मिजोरममा जन्मदर निकै कम रहेको भन्दै त्यो चिन्ताको विषय भएको उनले बताए । मिजो समुदायका मानिसको जनजीवनका अनेकौँ पक्षमा गिर्जाघरको महत्त्वपूर्ण भूमिका रहने गरेको छ । लुंगलेई बजार क्षेत्रमा गिर्जाघरको दबदबा रहिआएको छ । राजधानी आइजलका एक २९ वर्षीया वकिल एमिली छांगते गिर्जाघरको पछिल्लो कदमको समर्थन गर्छिन् ।

त्योसँगै आर्थिक रूपमा कमजोर ग्रामीण क्षेत्रका मानिसलाई सरकारले पनि सहयोग गर्नुपर्ने उनको धारणा छ । उनी भन्छिन्, “मिजोरम सानो राज्य हो र यहाँ मिजो जनजातिको जनसंख्या बढ्न सकिरहेको छैन। अतः गिर्जाघरले सही निर्णय लिएको छ ।”

आइजलमा ट्राभल एजेन्सी चलाउने मिरियम बोचुंगको पनि त्यस्तै धारणा छ । उनले भनिन्, “मिजोरममा मिजो समुदायको जनसंख्या निकै कम छ र यो चिन्ताको विषय हो। अरू जातिको जनसंख्या चाहिँ बढिरहेको छ ।” मिरियमले जाति विशेषको नाम उल्लेख नगरे पनि ग्रामीण क्षेत्रमा चकमास र ब्रुस लगायतका अल्पसंख्यक जाति पनि बस्छन् ।

सन् २०११ को जनगणना अनुसार मिजोरमको जनघनत्व प्रति वर्गकिलोमिटर ५२ जना रहेको छ जुन अरूणाचल प्रदेशपछि सबैभन्दा कम हो । तथ्याङ्क अनुसार यो दशकमा मिजोरमको जनसंख्या वृद्धि २३.४८ प्रतिशत रहेको छ जबकि पछिल्लो दशकमा २९.१८ प्रतिशत थियो । बीबीसी

पुस ३० गते, २०७४ - ११:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बेल्जियमका फुटबलर ‘लुकाकु’ जसले बुवाको पुरानो जुत्ता लगाएर ७६ गोल हाने

बेल्जियमका फुटबलर ‘लुकाकु’ जसले बुवाको पुरानो जुत्ता लगाएर ७६ गोल हाने

फ्रिजको अगाडि उभिनुभएकी मेरी आमा र उहाँको त्यो अनुहार, जुन दिन हामी नराम्ररी टुटेका थियौं, त्यो दिन...   

प्रधानमन्त्री ओली बेइजिङमा, सहायक मन्त्री हुईले स्वागत गरे

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक भ्रमणका क्रममा आज चीनको राजधानी बेइजिङ आइपुगेका...   

प्रधानमन्त्री केपी ओलीअघि उत्तर कोरियाली नेता किम जोङ चीन पुगे

बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् ।  किमले चिनियाँ राष्ट्रपति...   

बस दुर्घटनामा ३४ यात्रु घाइते

धनकुटा । धनकुटाको भेडेटारस्थित भोजपुरे गोलाईमा यात्रुबस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । रौतहटबाट...   
कम्युनिस्टलाई बाघसँग तुलना गर्दै देउवाले लगाए गम्भीर आरोप

कम्युनिस्टलाई बाघसँग तुलना गर्दै देउवाले लगाए गम्भीर आरोप

हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरु लोकतन्त्रवादी हुन नसक्ने दाबी...   
महामन्त्री शशांकले देउवा र पौडेललाई सोधे-वामपन्थी मिले, कांग्रेस किन मिल्न नसकेको ?

महामन्त्री शशांकले देउवा र पौडेललाई सोधे-वामपन्थी मिले, कांग्रेस किन मिल्न नसकेको ?

हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीमा नेतापिच्छे गुट तथा उपगुट चलेकोप्रति...   
प्रियंकाको निकसँग ‘अफएयर’, को हुन निक ?

प्रियंकाको निकसँग ‘अफएयर’, को हुन निक ?

अमेरिकी टीभी सिरियल ‘क्वान्टिको’ मा आबद्ध भएयता बलिउड अभिनेत्री प्रियंका चोपडा बारम्बार न्युयोर्क...   
६३ वर्षीय बाबुद्वारा १९ वर्षीया छोरी बलात्कारः ज्वाइँ विदेश गएको माैकामा ७ महिनाको गर्भ

६३ वर्षीय बाबुद्वारा १९ वर्षीया छोरी बलात्कारः ज्वाइँ विदेश गएको माैकामा ७ महिनाको गर्भ

बर्दिया ।  बढैयाताल—८ मा एक बाबुले छोरीलाई बलात्कार गरेकाे अभियोगमा पक्राउ परेका छन् । ६३ वर्षीय बाबुले...   

राप्रपाहरुबीच एकता वार्ता सकियो

काठमाडौं । राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच एकता वार्ता आज सुरु भएको छ । सो वार्तामा राप्रपाका...   
प्रदेश ४ः विधेयक पारित

प्रदेश ४ः विधेयक पारित

पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top