/  Sat, May 26, 2018

स्वतन्त्रबाट निर्वाचित छक्कबहादुरले फेरि छक्क पार्दै लामा माअाेवादी केन्द्रमा फर्किदै

काठमाडाैँ । एउटै मात्र निर्वाचन क्षेत्र रहेकाे हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित छक्कबहादुर लामा माअाेवादी केन्द्रमा फर्किने भएका छन् ।

वाम गठबन्धनका साझा उम्मेदवारविरूद्व बागी उम्मेदवारी दिएर स्वतन्त्रबाट जितेका लामा माअाेवादी केन्द्रका नेता हुन् । यसअघि माअाेवादी केन्द्रबाट राज्यमन्त्री समेत भैसकेका उनि अनुभवी नेता हुन । हुम्लाकाे विकास निर्माणमा याेगदान पुर्याए वापत उनि यसपालि पनि हुम्ली जनताकाे वहुमतले विजयी सांसद हुन । जनतामा गहिराे छाप छाेड्न सफल लामा जनप्रिय नेताकाे रूपमा परिचित छन् ।

कर्णाली प्रदेशकाे विकास निर्माणमा सवै एक भएर लाग्नु पर्ने बताउने सांसद लामाले जिल्लाका कार्यकर्ताहरूकाे चाहना, अाफू माअाेवादीमै फर्कियाेस् भन्ने रहेकाे र हुम्ली जनताले पनि पार्टीबाट वाहिर रहेर वस्नु भन्दा पार्टीमै फर्केर काम गर्ने इच्छा राखेकाले अाफू माअाेवादी केन्द्रमा नै फर्किन लागेकाे खवरडबलीलार्इ बताए ।

जिल्ला पार्टीले भनेपनि केन्द्र पार्टीले मिलाउनु पर्ने उनले माअाेवादी अध्यक्ष प्रचण्ड प्रति लक्षित गर्दै टिकट दिनेवेला अाफु अन्यायमा परेकाे बताए । ‘स्वतन्त्रबाट भएपनि जनताकाे चाहना के हाे भन्ने प्रष्ट देखियाे नि, त्यसैले अब माअाेवादीमा फर्किन श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डबाट नै मैले टिका पाउनु पर्याे ।’ उनले भने ।

‘अध्यक्षसंग कुराकानी चलिरहेकाे छ, कुरा मिल्ने वित्तिकै म फेरि माओवादीको कार्यकर्ता भएर जनताकाे सेवा गर्न लाग्छु ।’ उनले भने ।

कर्णालीकाे सपना पुरा गर्न नीति निर्माण तहमै साेच्नु पर्ने उनकाे तर्क छ । हिमाल पारीकाे नून ल्याएर खाने वाध्यतालार्इ हटाउन अभिभारा पुरा गर्ने वताउदै उनले अब केन्द्रलार्इ दाेष दिनेवेला नरहेकाे बताए । विमानस्थलकाे विकास, शिक्षा, स्वास्थ्य, राेजगारीलार्इ पहिलाे प्राथमिक्तामा राखेर अधि बढ्नु पर्ने चुनाैतीलाइ पार गर्ने उनकाे भनाइ छ ।

पुस ३० गते, २०७४ - ०९:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली व्यवसायीलाई अपहरण गर्ने चार भारतीय प्रहरी पक्राउ

काठमाडौं । दुई नेपाली व्यवसायीलाई अपहरण गरी भारत लैजान खोज्ने चार भारतीय प्रहरीलाई सशस्त्र प्रहरीले...   

साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

रोल्पा, १२ जेठ । साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको जीवन रक्षाका लागि रोल्पाका...   
समृद्धिको यात्रामा सरकारलाई सघाउन प्रमकाे केन्द्रीय सदस्यलाई निर्देशन

समृद्धिको यात्रामा सरकारलाई सघाउन प्रमकाे केन्द्रीय सदस्यलाई निर्देशन

काठमाडौँ, १० जेठ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिको...   

सुन तस्करका नायिके गाेरेकाे बयान बिहिबार पनि जारी

विराटनगर, १० जेठ  । सुन तस्करी र सनम शाक्यको हत्याको मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीसँग जिल्ला...   

सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता

काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच आज...   
मलेसियाका नवनिर्वाचित प्रधानमन्त्रीले गरे यस्ताे निर्णय, नेपालमा सम्भव हाेला ?

मलेसियाका नवनिर्वाचित प्रधानमन्त्रीले गरे यस्ताे निर्णय, नेपालमा सम्भव हाेला ?

मलेसिया । मलेसियाका नवनिर्वाचित प्रधानमन्त्री महाथिर मोहम्मदले आफ्नो सरकारका मन्त्रीहरूको सुविधामा...   
अार्थिक वर्ष ०७५/०७६का लागि सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ हेर्नुहाेस् )

अार्थिक वर्ष ०७५/०७६का लागि सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ हेर्नुहाेस् )

काठमाडौँ । आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्...   

आफ्नो चुनाव प्रचारका विरुद्धमा भएको घुसपैठको अनुसन्धान गर्न राष्ट्रपति ट्रम्पको माग

वासिङ्टन, ७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनाव प्रचारका क्रममा आफ्नो विरुद्ध घुसपैठ...   

संविधान संशोधनको विषय टुंगोमा पुगिसकेको छः दाहाल

काठमाडौँ, ७ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको...   

पाँच वर्षभित्र रोजगारीका लागि विदेश जानु नपर्ने

काठमाडौं । सरकारले देशभित्रै रोजगारीको सिर्जना गरी पाँच वर्षभित्र वैदेशिक रोजगारीमा विदेश जान नपर्ने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top