Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

मौसमभन्दा चिसो राज्य

\"\"काठमाडौं । तराई-मधेसमा शीतलहरले मृत्यु हुनुलाई अझै दैवीप्रकोप मानिन्छ । मैदानी भागका यी बस्तीमा वर्षैपिच्छे शीतलहरबाट गरिब नागरिकको ज्यान जान्छ । दैवीप्रकोपकै लागि भनेर केन्द्रमा जम्मा भएको ३ अर्ब रुपैयाँ उनीहरूको उद्धार-राहतमा खर्च हुन सकेको छैन । प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दुई अर्ब र केन्द्रीय दैवीप्रकोप उद्धार समितिमा १ अर्ब रुपैयाँ मौज्दात छ । अाजको अन्नपूर्णमा खबर छ-कोषमा मौज्दात रकम दैवीप्रकोपबाट असर परेको वा पर्न सक्ने व्यक्तिको उद्धार र सम्पत्तिको संरक्षण गर्ने, प्रभावित क्षेत्रमा राहतका लागि अस्थायी शिविर स्थापना गर्ने, पीडित व्यक्ति तथा परिवारको भरणपोषण तथा जीवन निर्वाहका लागि तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, औषधि, शैक्षिक सामग्रीजस्ता अत्यावश्यक वस्तु खरिद गर्ने, घाइते तथा बिरामीको उपचार गर्नुपर्ने कानुनी प्रावधान छ । कोष रकमबाटै प्रकोपमा परी मरेका व्यक्तिको काजकिरिया वा सद्गत गर्ने, पीडितलाई अस्थायी आ श्रयस्थल बनाउने लगायतमा खर्च गर्नुपर्छ । तराई-मधेसका २२ जिल्लामा जारी शीतलहरबाट शुक्रबारसम्म मर्नेको संख्या २२ पुगिसकेको छ । राज्यका निकायले अझै पनि शीतलहर प्रभावित क्षेत्रमा सचेतता र सावधानी अपनाउन अग्रसरता देखाएको देखिँदैन । शीतलहरले विपन्नको ज्यान लिन थालेपछि सरकारले तीन दिनअघि शीतलहर प्रभावित २२ जिल्लामा न्यानो कपडा र कम्बल वितरण गर्न प्रतिजिल्ला १०-१० लाख पठाउने निर्णय गरेको थियो तर त्यो रकम पनि शुक्रबारसम्म गृह मन्त्रालयबाट सम्बन्धित जिल्लामा पुग्न सकेको छैन । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले शीतलहर प्रभावित जिल्लामा तत्काल न्यानो कपडा वितरण गर्न निकासा भएको १० लाख रुपैयाँ जिल्लामा पठाउने क्रममै रहेको बताए । ‘केही प्रक्रियागत समस्याका कारण ढिलाइ भएको हुन सक्छ, जिल्लाबाटै व्यवस्थापन गर्न निर्देशन दिइसकेका छौं’, गृह प्रवक्ता दुवाडीले अन्नपूर्णस“ग भने । उनले दैवीप्रकोपबाट पीडित भएकाहरूका लागि रकम अभाव नभए पनि व्यवस्थापनमा केही समस्या भएको स्विकारे । गृहले शीतलहरका कारणबाट हुन सक्ने विभिन्न प्रकोप र जोखिमजन्य घटनालाई न्यूनीकरण गर्न ०७४ मंसिर ५ मा राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको बैठक डाकेर शीतलहरसम्बन्धी पूर्वतयारीमा सक्रिया हुने, दाउरा, कम्बलजस्ता सामग्री भण्डारण गर्ने, सम्बन्धित जोखिमबाट बच्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने÷गराउने, स्वास्थ्यकर्मी तथा औषधि पर्याप्त मात्रामा व्यवस्था गर्नेलगायत निर्णय गरेको थियो । तर, निर्णय प्रभावकारी कार्यान्वयनमा आउन सकेन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव डिल्लीराम शर्माले गृह मन्त्रालयले नै विपत् व्यवस्थापन कार्यमा सक्रियता देखाउन जरुरी रहेको बताए । गृह प्रवक्ता दुवाडीले भने विपत् व्यवस्थापन तथा विपत्पछिको अवस्था व्यवस्थापन गर्न सरकारका सबै निकायबीच समन्वय जरुरी रहेको औंल्याए । बाढीपीडित क्षेत्रमा ६ महिनापछि १ अर्ब गृह मन्त्रालयले साउन २७ देखि ३० गतेसम्म देशका १८ जिल्लामा आएको बाढीपहिरोबाट पीडित परिवारका लागि ६ महिनापछि मात्रै राहतस्वरूप १ अर्ब रुपैयाँ पठाएको छ । गृह प्रवक्ता दुवाडीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट आएको १ अर्ब रुपैयाँ सम्बन्धित जिल्लामा पठाइएको जानकारी दिए । गृहले रकम शुक्रबार मात्रै बाढीपीडितका लागि निकासा गरेको हो । झापामा २ करोड, मोरङ ३ करोड, सुनसरी ८ करोड, सप्तरी १२ करोड, सिरहा ४ करोड, धनुषा १ करोड ७३ लाख, महोत्तरी ६ करोड २९ लाख, सर्लाही ६ करोड ६५ लाख, मकवानपुर १ करोड, रौतहट १० करोड, बारा ३ करोड, पर्सा २ करोड ४५ लाख र चितवनमा १ करोड २५ लाख पठाइएको छ । यसैगरी, बाढी प्रभावित नवलपरासीमा १ करोड ४२ लाख, दाङ ८९ लाख, बाँके ५ करोड, बर्दिया ५ करोड ८७ लाख र कैलालीमा ४० लाख पठाइएको छ । यो रकम जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको दैवीप्रकोप समितिमार्फत वितरण हुनेछ । महामारी क्षेत्रमा पनि पुगेन पैसा जाजरकोटमा महामारीको रूप लिएको भाइरल ज्वरोले शुक्रबारसम्म १३ जनाको ज्यान लिइसकेको छ । तर, त्यहाँ पनि केन्द्रमा रहेको दैवीप्रकोप उद्धार कोषबाट रकम पठाइएको छैन । शीतलहरबाट प्रभावित जिल्ला झापा, सुनसरी, मोरङ, सप्तरी, उदयपुर, सिरहा, धनुुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies