/  Tue, September 25, 2018

बाबु सूर्यबहादुर थापामाथि हत्या आरोप, छोरा सुनीलबहादुर थापा सहिद घोषणाको प्रस्तावक

काठमाडाैं । सरकारले ०३७ मा धनकुटाको छिन्ताङमा हत्या गरिएका १६ जनालाई सहिद घोषणा गरेको छ । प्रजातन्त्र हुँदै गणतन्त्र स्थापनामा उनीहरूको भूमिकाको सम्मान गर्दै हत्याकाण्डको ३७ वर्षपछि शुक्रबार सहिद घोषणा गरिएको हो ।

आजको नयाँ पत्रिकामा खबर छ-पञ्चायतकालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारले कम्युनिस्टविरुद्धको अप्रेसन सञ्चालन गर्दा तत्कालीन मालेका कार्यकर्ता भएको आरोपमा छिन्ताङमा १६ जनाको सामूहिक हत्या गरेको थियो । उक्त हत्याकाण्ड तत्कालीन प्रधानमन्त्री थापाको प्रत्यक्ष निर्देशनमा भएको आरोप लाग्दै आएको छ । लामो समयदेखि हत्याकाण्डमा मारिएकालाई सहिद घोषणा गर्न माग भए पनि सरकारले सम्बोधन गरेको थिएन ।

बाबुमाथि हत्या आरोप, छोरा सहिद घोषणाको प्रस्तावक

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापाको प्रस्तावमा मन्त्रिपरिषद्ले उनीहरूलाई सहिद घोषणा गरेको हो । उद्योगमन्त्रीसमेत रहेका थापाले मन्त्रिपरिषद्मा सहिद घोषणा गर्ने प्रस्ताव पेस गरेका थिए । प्रस्तावमा छिन्ताङ घटनामा शाहदत प्राप्त गर्ने व्यक्तिको प्रजातन्त्र ल्याउने अभिलाषा पूरा भई गणतन्त्रसमेत स्थापना भइसकेको पृष्ठभूमिमा उनीहरूको अमूल्य भूमिकाको कदर गर्दै सहिद घोषणा गर्न माग गरिएको थियो ।

सहिद घोषणा गरिएकाहरू

-गोपालआनन्द राई

-गंगाबहादुर तुर्हाङ राई

-भैरवबहादुर खालिङ

-बलबहादुर खत्री

-पुत्रमान राई

-टंकबहादुर विश्वकर्मा

-रणध्वज पुमा राई

-गणेशबहादुर विश्वकर्मा

-हाङ्खिमा साइँली राई

-झगेन्द्र राई

-धनवीर दर्जी

-चन्द्रबहादुर दमाईं

-रामकुमारी राई

-गम्भीरमान दर्जी

-केशरमान राई

-लाखमान साधु राई

यस्तै सरकारले १० वर्षे जनयुद्धका क्रममा मारिएका राप्रपा र राप्रपा प्रजातान्त्रिकका पाँच कार्यकर्तालाई समेत सहिद घोषणा गरेको छ । युद्धकालमा उनीहरू धनकुटामा फरक–फरक घटनामा माओवादीबाट मारिएका थिए ।

पुस २९ गते, २०७४ - ०७:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आहा ! पाखामा स्वास्थ्य चौकि भवन, स्थानीयमा खुसीयाली

आहा ! पाखामा स्वास्थ्य चौकि भवन, स्थानीयमा खुसीयाली

सिन्धुपाल्चोक ।  बाह्रविसे नगरपालिका ४ अगेरी पाखामा स्वास्थ्य चौकी भवन निर्माण भएको छ । स्वास्थ्य...   

केरूङबाट अाएको ३ किलो सुनसहित २ जना पक्राउ

काठमाडाैं । प्रहरीले रसुवाको केरुङ नाकाबाट तस्करी भएर काठमाडाैं भित्रिएको ३ किलो सुनसहित दुई जना...   

दशैंको अग्रिम टिकट बुकिङ भोलिदेखि खुल्ने

काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघको बैठकले दशैंका लागि अग्रिम टिकट बुकिङ भोलि ९ गतेबाट खुलाउने...   

झापामा घुमाउन लगेका मामाले भान्जिलार्इ बलात्कार गरेपछि…

झापा । यहाँका एक युवक चार वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । हल्दिबारी गाउँपालिका-१३...   
कोटेश्वर–जडीबुटी सडक : तिहारअघि बेलिब्रिज सञ्चालनमा

कोटेश्वर–जडीबुटी सडक : तिहारअघि बेलिब्रिज सञ्चालनमा

काठमाडौँ । सवारी चापका कारण आक्रान्त कोटेश्वर–जडीबुटीको समस्या अस्थायी रुपमा समाधान गर्न हनुमन्ते...   
चीनले अमेरिकासँग वार्तालाई रद्द गर्यो,  अमेरिकाले व्यापार युद्ध थाल्यो-चीन

चीनले अमेरिकासँग वार्तालाई रद्द गर्यो, अमेरिकाले व्यापार युद्ध थाल्यो-चीन

चिनियाँ सामानहरूमाथि नयाँ चरणको अमेरिकी कर कार्यान्वयनमा आएको छ। दुई ठूला आर्थिक महाशक्तिबीचको व्यापार...   

अर्जुननरसिंह केसीले भने-पार्टीभित्र हुकुमी प्रवृत्ति चल्दैन

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र देखिएका समस्या समाधानमा केन्द्रित...   

प्रदेश-२ को सरकारले गर्यो यस्तो निर्णय

जनकपुरधाम । प्रदेश नं २ को प्रदेश सरकारले हरित प्रदेश योजना कार्यान्वयन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को...   

तल्ला कमिटीको एकताबारे यसो भन्छन् भीम रावल

कैलाली । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य तथा प्रदेश नं ७ का इञ्चार्ज भीम रावलले...   

शिक्षकको परीक्षा, विद्यालय एक साता बन्द

डडेल्धुरा । शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै विद्यालय बन्द गरिएका छन् । प्रायः सबै...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top