Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

विन्ध्यवासिनी माविको ७१अाैं वार्षिकोत्सवमा भूपू विद्यार्थी सांसदलाई सम्मान

\"\"पाेखरा ।  पोखरा लेखनाथ १६ बाटुलेचौैरमा रहेको विन्ध्यवासिनी माविको ७१अाैं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाको अध्यक्षतामा भएको कार्यक्रममा कास्की क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य एवम् संसदीय विकास समितिका पूर्व सभापति रविन्द्र अधिकारीले सामुदायिक विद्यालय नसुधारेसम्म नेपालको दुई खाले शिक्षाको अन्त्य नहुने बताए । उनले सरकारी शिक्षक , कर्मचारी बरु जागिर छोड्न तयार हुने तर आफ्ना बाबुनानीलाई सामुदायिक विद्यालयमा पढाउन तयार नहुने परिपाटिको अन्त्य हुनपर्नेमा जोड दिए । प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले वार्षिक प्रगति प्रतिवेदन र लेखापाल जीवनारायण श्रेष्ठ जीवनले आर्थिक प्रतिवेदन पेस गरे । कार्यक्रममा विन्ध्यवासिनी माविको हाताभित्र मुक्तिनाथ स्मृति प्रतिष्ठानद्वारा निर्मित विद्यालयका संस्थापक प्रअ स्व. मुक्तिनाथ तिमिल्सिनाको सालिक अनावरण गरिएको थियो । भर्खरै सम्पन्न निर्वाचनमा प्रतिनिधि तथा प्रदेश सभामा कास्कीबाट निर्वाचित रविन्द्र अधिकारी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्ण थापा, कास्की क्षेत्र नं. २ (ख)बाट निर्वाचित विन्दुकुमार थापा, पूर्व विद्यार्थी तथा पूर्व मन्त्री कुमार खड्कालाई सम्मान गरेको थियो । यस्तै, दीर्घसेवा पदकबाट पूर्व प्रअ खिमलाल अधिकारी, शिक्षक मानबहादुर केसी, सीताकुमारी बस्नेत, कर्मचारी राजकुमार तिमिल्सिना र लक्ष्मण खवास जनही १० हजार रुपैयाँ नगद र ताम्रपत्रसहित सम्मानित भएका थिए । त्यसै गरी, १५ वर्ष सेवा गरेवापत राजेन्द्र देवकोटा, भोजबहादुर थापा, श्रीधर न्यौपाने, निर्मल सापकोटा, हिमलाल आचार्य, दुर्गाप्रसाद पौडेल, विष्णुप्रसाद अधिकारी, शान्तिप्रभा बस्ताकोटी, पार्वती बानियाँ, झरीमाया सुनार, खरिदार भीमबहादुर गायक, कार्यालय सहयोगी वसन्त खड्का, अर्जुन खत्री, मङ्गले चर्मकार र टोपली गायक नगद ५ हजार रुपैयाँसहित सम्मानित भएका थिए । वि. सं. २००४ सालमा स्थापित सो विद्यालयमा हाल कक्षा नर्सरीदेखि १२ सम्म ११०० जना विद्यार्थी अध्ययनरत छन् भने ७९ जना शिक्षक, कर्मचारी कार्यरत छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies