/  Thu, December 13, 2018

२० जना पत्रकार मारिए

काबुल । अफगानिस्तानमा सन् २०१७ मा कम्तीमा पनि २० जना सञ्चारकर्मी मारिएका छन् । ‘अफगान जर्नालिस्ट सेफ्टी कमिटी (एजेएससी) र इन्डिपेन्डेन्ट् मिडिया सेफ्टी गु्रप प्रोटेक्टिङ्ग द रिपोर्टरस् राइट्स्’ ले शुक्रबार सो विषयमा जानकारी दिएका छन् ।

गत बर्ष अर्थात सन् २०१७ मा अफगानिस्तानमा पत्रकारहरु माथि भीषण आक्रमण भएको पनि सो समाचारमा जनाइएको छ । पत्रकार हत्यामा विशेषगरी अफगानिस्तानमा हिंसा जारी राखेका तालिबानहरुकै बढी हात रहेको जनाइएको छ ।

सन् २०१७ मा २०१६ को तुलनामा सञ्चारकर्मीमाथिको आक्रमण ६७ प्रतिशतले बढेको एजेएससीले आफ्नो वेबसाइटमा राखेको विज्ञप्तिमा जनाकारी दिइएको छ । एजेएससीका अनुसार सन् २०१७ मा अफगानिस्तानका पत्रकारहरुमाथि हत्या, हिंसा कुटपिट, ज्यान मार्नेे धम्की र चेतावनी जस्ता १६९ वटा घटना पनि दर्ता भएका थिए ।

एजेएससीद्वारा जारी विज्ञप्तिकाअनुसार सन् २०१७ मा तालिबान र इस्लामिस्ट स्टेट्स (आइएस) आतङ्ककारी समूहले गरेको आक्रमणमा परी २० सञ्चारकर्मीको मृत्यु भएको छ । अफगानिस्तानमा यस प्रकार भएका पत्रकारमाथिका हत्या हिंसाका घटनाप्रति अमेरिकाले ठूलो चिन्ता व्यक्त गरेको छ ।

अफगानिस्तानको पत्रकारिताको इतिहासमा सन् २०१७ इतिहासकै सबैभन्दा खतरनाक वर्षका रुपमा रहेको पनि पाइएको समाचारमा जनाइएको छ । एजेएससीका प्रमुख नाजिब सरिफले भने, ‘अफगानिस्तानमा पत्रकारहरुमाथि बढ्दै गएको यो हत्या हिंसाका कारण यहाँको प्रेस स्वतन्त्रता एवम् पत्रकारहरुको सुरक्षामाथि नै ठूलो प्रश्न उठेको छ’ ।

युद्धले आक्रान्त बनाएको अफगानिस्तानमा सन् १०१६ मा भएका विभिन्न आक्रमणहरुमा १३ जना सञ्चारकर्मी मारिएका थिए । त्यसको तुलनामा गत वर्ष पत्रकारहरुमाथि ठूलो हिंसा भएको हो । यस वर्ष अफगानिस्तानमा प्रेस स्वतन्त्रताको हनन्का पनि कैयौँ घटनाहरु भएको पाइएकोले आगामी दिनमा पत्रकारिता पेशा र पेशाकर्मीहरुको सुरक्षाका लागि धेरै काम गर्नुपर्ने देखिएको अधिकारकर्मीहरुको भनाई छ ।

पुस २८ गते, २०७४ - १४:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शेयर बजारः सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका...   

सरकारद्वारा कृषि विकास बैंकबाट लिएको साना किसानको ऋण मिनाहा

काठमाडाैं । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय मन्त्रिपरिषद बैठकले...   
नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक

नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत...   
प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर राणा सर्वसम्मत सिफारिस

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर राणा सर्वसम्मत सिफारिस

काठमाडाैं । न्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन्...   

लागुऔषधसहित एक जना नियन्त्रणमा

काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको...   

मङ्ग वान्जूको विवादास्पद जीवनशैली, कसरी ७ पासपोर्ट भए ?

मङ्ग वाङ्जू थाइरोइडको क्यान्सरबाट बाँच्न सफल व्यक्ति हुन्। उनलाई उच्च रक्तचाप र निद्रामा पनि समस्या...   
ब्रेक्जिट सम्झौता बचाउन बेलायती प्रधानमन्त्रीको दौडधुप

ब्रेक्जिट सम्झौता बचाउन बेलायती प्रधानमन्त्रीको दौडधुप

बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव बिफल भएसँगै ब्रेक्जिट...   
सरकारको लगानीमा पालिएको गाइ हेर्न गाैशाला पुगे शिक्षामन्त्री र भूमिसुधारमन्त्री

सरकारको लगानीमा पालिएको गाइ हेर्न गाैशाला पुगे शिक्षामन्त्री र भूमिसुधारमन्त्री

महाेत्तरी । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पाेखरेल र भूमि व्यवस्था, सहकारी तथा गरिबी...   

हनुमान ईँट्टाभट्टामा काम गर्ने ६० बर्षिया महिला बलात्कार गरेको अभियोगमा एक पक्राउ

भक्तपुर । सूर्यविनायक नगरपालिका-९ नङखेलस्थितजिरो हनुमान ईँट्टाभट्टामा काम गर्ने रोल्पाकोलाङ गाउँपालिका-६...   
हृदयघात भएर जेलभित्रै पूर्वमन्त्रीको निधन

हृदयघात भएर जेलभित्रै पूर्वमन्त्रीको निधन

काराकास । भेनेजुएलाका पूर्व तेलमन्त्री नेल्सन मार्टिनेजको भ्रष्टाचार अभियोगमा जेलजीवन बिताइरहेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top