/  Tue, September 25, 2018

एमाले–माओवादी एकताः यसरी हुँदैछ पदको भागबण्डा

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको पुस २५ मा बसेको एकता संयोजन समितिको बैठकले एकताका विषयमा नियमित छलफल जारी राख्न संयुक्त कार्यदल गठन गर्यो । पार्टी एकता, राष्ट्रिसभा सदस्य निर्वाचन र नयाँ सरकार गठनकाबारे खाका तयार गर्ने अख्तियारी पाएको सो कार्यदलले पार्टी एकताकालागि कुनै समस्या नरहेको बताउँदै आएको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पार्टी एकता छिट्टै गर्ने तयारीमा आफुहरु लागेको बताउँदै आएका छन् ।

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएलगत्तै पार्टी एकता गर्ने सहमति एमाले र माओवादीबिच भएको थियो । चुनाव सकिएको एकमहिना भन्दा बढि समय बित्दा समेत ठोस निर्णय हुन नसक्दा एकता अनिश्चित बनेको छ ।

दुईदलका शीर्ष नेताहरुकाबीच पद बाँडफँड र हैसियत निर्धारणको विषयमा कुरा नमिल्दा एकता अनिश्चित बनेको कतिपयले बताउँदै आएका छन् । तर, पद बाँडफँडकै विषयले एकतामा ढिलाई भएको कुरा गलत भएको बताउँछन् संयुक्त कार्यदलका सदस्य समेत रहेका माओवादी नेता वर्षमान पुन । पार्टी एकताकालागि ‘मोडालिटी’ समेत तयार भएको बताउँदै नेता पुनले माओवादी–एमाले एकता ‘सरप्राइज’ हुने दाबी गरे । नयाँ सरकार गठन हुनु अगावै पार्टी एकता हुने उनको दाबी छ । उनले पार्टी एकतापछि बन्ने नयाँ पार्टीमा दुबै दलका अध्यक्षको भुमिका बराबरी हुने बताए ।

पार्टी एकता हुँदा शीर्ष सहित दास्रो र तेस्रो तहका नेताहरुको व्यबस्थापनको समस्या हुने भन्दे दुबैपार्टीमा छलफल हुन थालेको कतिपयको टीप्पणी छ । पार्टी एकतापछि हैसियत गुम्ने त्रासले दुबैदलका कतिपय नेताले पार्टी एकता नगर्न समेत ओली–प्रचण्डलाई सुझाइरहेको नेताहरु नै बताउँछन् । तर, एमाले र माओवादी मिलेर नयाँ पार्टी बन्न लागेको भन्द पद बाँडफाँडमा समस्या नभएको एमाले नेता इश्वर पोखरेल बताउँछन् । दुबैदलका नेता–कार्यकता व्यबस्थापन गर्न मापदण्ड नै तयार भएको उनले बताए ।

पद बाँडफाँडकै विषयलाई लिएर पार्टी एकतामा ढिलाई नभएको माओवादी नेता मणि थापा बताउँछन् । एमाले अध्यक्ष ओली र
माओवादी अध्यक्ष प्रचण्डको जिम्मेवारी बराबरी हुने र दुबैदलका दोस्रो र तेस्रोतहका नेताहरुको भने जनमत, र योगदानका आधारमा जिम्मेवारी बाँडफाँड गर्ने सहमति भएको उनले बताए । नियमित स्वास्थ्य जाँचकालागि बैंकक पुगेका एमाले अध्यक्ष ओली स्वदेश फर्कनासाथ पार्टी एकताबारे ठोस निर्णय हुने उनको दाबी छ ।

एमाले र माओवादी एकतामा दुबैदल सकारात्मक रहेको एमाले नेता योग्श भट्टराई बताउँछन् । एमाले र माओवादी एकता भाड्न केही शक्तिहरु लाग्न थालेको भन्दै नेता भट्टराईले छिट्टै पार्टी एकता हुने बताए । पार्टी एकतासँगै
जनमत, व्यक्तित्व वा नेतृत्वको योगदानका आधारमा नेताहरुको व्यबस्थापन हुने समेत उनले स्पष्ट पारे ।

चुनावलगत्तै पार्टी एकता गर्ने सहमति गरेर वाम गठबन्धन बनाएका एमाले र माओवादी केन्द्रबीचको एकता नयाँ सरकार गठन हुनु अघि नै हुने नेताहरु बताउँदै आएका छन् ।

पुस २८ गते, २०७४ - १२:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आहा ! पाखामा स्वास्थ्य चौकि भवन, स्थानीयमा खुसीयाली

आहा ! पाखामा स्वास्थ्य चौकि भवन, स्थानीयमा खुसीयाली

सिन्धुपाल्चोक ।  बाह्रविसे नगरपालिका ४ अगेरी पाखामा स्वास्थ्य चौकी भवन निर्माण भएको छ । स्वास्थ्य...   

केरूङबाट अाएको ३ किलो सुनसहित २ जना पक्राउ

काठमाडाैं । प्रहरीले रसुवाको केरुङ नाकाबाट तस्करी भएर काठमाडाैं भित्रिएको ३ किलो सुनसहित दुई जना...   

दशैंको अग्रिम टिकट बुकिङ भोलिदेखि खुल्ने

काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघको बैठकले दशैंका लागि अग्रिम टिकट बुकिङ भोलि ९ गतेबाट खुलाउने...   

झापामा घुमाउन लगेका मामाले भान्जिलार्इ बलात्कार गरेपछि…

झापा । यहाँका एक युवक चार वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । हल्दिबारी गाउँपालिका-१३...   
कोटेश्वर–जडीबुटी सडक : तिहारअघि बेलिब्रिज सञ्चालनमा

कोटेश्वर–जडीबुटी सडक : तिहारअघि बेलिब्रिज सञ्चालनमा

काठमाडौँ । सवारी चापका कारण आक्रान्त कोटेश्वर–जडीबुटीको समस्या अस्थायी रुपमा समाधान गर्न हनुमन्ते...   
चीनले अमेरिकासँग वार्तालाई रद्द गर्यो,  अमेरिकाले व्यापार युद्ध थाल्यो-चीन

चीनले अमेरिकासँग वार्तालाई रद्द गर्यो, अमेरिकाले व्यापार युद्ध थाल्यो-चीन

चिनियाँ सामानहरूमाथि नयाँ चरणको अमेरिकी कर कार्यान्वयनमा आएको छ। दुई ठूला आर्थिक महाशक्तिबीचको व्यापार...   

अर्जुननरसिंह केसीले भने-पार्टीभित्र हुकुमी प्रवृत्ति चल्दैन

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र देखिएका समस्या समाधानमा केन्द्रित...   

प्रदेश-२ को सरकारले गर्यो यस्तो निर्णय

जनकपुरधाम । प्रदेश नं २ को प्रदेश सरकारले हरित प्रदेश योजना कार्यान्वयन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को...   

तल्ला कमिटीको एकताबारे यसो भन्छन् भीम रावल

कैलाली । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य तथा प्रदेश नं ७ का इञ्चार्ज भीम रावलले...   

शिक्षकको परीक्षा, विद्यालय एक साता बन्द

डडेल्धुरा । शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै विद्यालय बन्द गरिएका छन् । प्रायः सबै...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top