/  Wed, June 20, 2018

अागाे ताप्दा घरगोठ जलेर १० लाखको क्षति

कपिलवस्तु ।  दुई छुट्टा–छुट्टै ठाउँमा बिहीबार घर गोठ जलेर नष्ट हुँदा दश लाखभन्दा बढीको क्षति भएको छ । विजयनगर गाउँपालिका–६, छुटपारी बस्ने हस्तरी विकको गोठमा बिहान गाईवस्तुलाई तातो बनाउनका लागि बालिएको आगो एक्कासि गोठमा सल्किदा गोठ, गोठमा रहेका १३ बाख्रा, गोरु, आठ कुखुरा जलेर नष्ट भएका छन् ।

विकको घर, गोठ र चौपाया जलेर नष्ट हुँदा ५ लाख २ हजारभन्दा बढीको क्षति भएको प्रहरी निरीक्षक खिमबहादुर घर्तीले जानकारी दिए ।यस्तै शिवराज नगरपालिका–३, मधवाका रामप्रसाद विकको गोठमा दिउँसो आगो ताप्न बालेको आगो अचानक गोठमा सल्किदा गोठ र दुईतले घर जलेर नष्ट भएको छ ।

गोठमा भएका एक गोरु र पाँचवटा बाख्रा पनि जलेर मरेका छन् । एक गाई जलेर घाइते भएको छ । आगलागीबाट घरगोठ, अन्नपात, कत्ताकपडा, चौपाया जलेर नष्ट हुँदा ५ लाखभन्दा बढी  क्षति भएको प्रहरीले जनाएको छ ।  दुवै स्थानको आगो प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा आएको थियो । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

पुस २८ गते, २०७४ - १०:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बेल्जियमका फुटबलर ‘लुकाकु’ जसले बुवाको पुरानो जुत्ता लगाएर ७६ गोल हाने

बेल्जियमका फुटबलर ‘लुकाकु’ जसले बुवाको पुरानो जुत्ता लगाएर ७६ गोल हाने

फ्रिजको अगाडि उभिनुभएकी मेरी आमा र उहाँको त्यो अनुहार, जुन दिन हामी नराम्ररी टुटेका थियौं, त्यो दिन...   

प्रधानमन्त्री ओली बेइजिङमा, सहायक मन्त्री हुईले स्वागत गरे

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक भ्रमणका क्रममा आज चीनको राजधानी बेइजिङ आइपुगेका...   

प्रधानमन्त्री केपी ओलीअघि उत्तर कोरियाली नेता किम जोङ चीन पुगे

बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् ।  किमले चिनियाँ राष्ट्रपति...   

बस दुर्घटनामा ३४ यात्रु घाइते

धनकुटा । धनकुटाको भेडेटारस्थित भोजपुरे गोलाईमा यात्रुबस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । रौतहटबाट...   
कम्युनिस्टलाई बाघसँग तुलना गर्दै देउवाले लगाए गम्भीर आरोप

कम्युनिस्टलाई बाघसँग तुलना गर्दै देउवाले लगाए गम्भीर आरोप

हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरु लोकतन्त्रवादी हुन नसक्ने दाबी...   
महामन्त्री शशांकले देउवा र पौडेललाई सोधे-वामपन्थी मिले, कांग्रेस किन मिल्न नसकेको ?

महामन्त्री शशांकले देउवा र पौडेललाई सोधे-वामपन्थी मिले, कांग्रेस किन मिल्न नसकेको ?

हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीमा नेतापिच्छे गुट तथा उपगुट चलेकोप्रति...   
प्रियंकाको निकसँग ‘अफएयर’, को हुन निक ?

प्रियंकाको निकसँग ‘अफएयर’, को हुन निक ?

अमेरिकी टीभी सिरियल ‘क्वान्टिको’ मा आबद्ध भएयता बलिउड अभिनेत्री प्रियंका चोपडा बारम्बार न्युयोर्क...   
६३ वर्षीय बाबुद्वारा १९ वर्षीया छोरी बलात्कारः ज्वाइँ विदेश गएको माैकामा ७ महिनाको गर्भ

६३ वर्षीय बाबुद्वारा १९ वर्षीया छोरी बलात्कारः ज्वाइँ विदेश गएको माैकामा ७ महिनाको गर्भ

बर्दिया ।  बढैयाताल—८ मा एक बाबुले छोरीलाई बलात्कार गरेकाे अभियोगमा पक्राउ परेका छन् । ६३ वर्षीय बाबुले...   

राप्रपाहरुबीच एकता वार्ता सकियो

काठमाडौं । राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच एकता वार्ता आज सुरु भएको छ । सो वार्तामा राप्रपाका...   
प्रदेश ४ः विधेयक पारित

प्रदेश ४ः विधेयक पारित

पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top