Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

नेटवर्किङ ब्यवसायको नाममा मलेसियामा नेपाली श्रमिक यसरी ठगिँदै 

\"\"मलेसिया ।  मुनस्पेस र वानडब्लुवानबी (Monspace र 1w1b) जस्ता नेटवर्क मार्केटिङ कम्पनीले मलेसिया लगायत खाडिका विभिन्न देशमा कार्यरत श्रमिक लाई धेरै कमिसनको प्रलोभनमा ठगी गर्दै आइरहेको रहस्य खुल्न आएको छ । धेरै कमिसन पाइने प्रलोभन र आशा देखाउदै आर एम-५८० देखि आर एम-५८०० सय सम्म असुल गरि नेपाली श्रमिकहरु लाइ लामो समय देखि ठगी गर्दै आएको बुझिएको छ । छिटै र धेरै पैसा कमाउने आशामा प्रक्रिया अनुसार सदस्यहरूले हतारिदै तत्काल रकम जम्मा गर्छन । त्यसपछि कम्पनीको युजर लाइ ब्लक गरि ग्रुप बाट हटाएर लिडरहरु सम्पर्क बिहिन हुने गर्छन।यो प्रबृत्ति दोहोरिन थाले पछी यस्तो ठगि धन्दा बढेको सोहि ब्याबसायमा आवद्ध टेक श्रेष्ठले बताएका छन । भर्खरै बिदेश गएका श्रमिकलाई छिटो र धेरै पैसा कमाउने आशा देखाउने र तत्काल आबद्ध गराउदै ठग्ने प्रवृत्ति बढेको बुझिएको छ । कम्पनीको सुरुवात देखिनै निरन्तर यसै व्याबसायमा आबद्ध हुँदै आएका टेक श्रेष्ठका अनुसार यस्ता कम्पनी बैधानिक वा अबैधानिक हो भनेर कम्पनीको बारेमा जानकारी लिन खोज्दा आफ्नो आइडी नै ब्लक गरि दिएको बताएका छन । आफुले सुरुमा प्रवेश गर्दा प्रवेश सुल्क बापत आर एम- ५०० र त्यसपछी आर एम-५८०० अतितिक्त लगानी समेत गरिसकेको उनले बताए। श्रेष्ठका अनुसार कम्पनी जर्मनी भनेर प्रचार गरिएपनि मलेसियाबाट नै पुर्ण स्वामित्वमा संचालित रहेको र यस्को कुनै निश्चित मापदण्डको ब्यापार नरहेको समेत जानकारी दिएका छन । यस्को कुनै कार्यलय छैन कम्पनीका संचालक डेबिट घी र सिस्टम सिङ्गपुर भनिएपनि यो भ्रमको खेती मात्रै रहेको बताउँदै उक्त कम्पनीले गर्ने काम सबै अबैधानिक र मापदण्ड विपरित रहेको आरोप समेत लगाएका छन । कम्पनी बन्द भएमा कुनै कानुनी सहयोग नपाइने र लगानी गरेको कुनै प्रमाण समेत नहुने हुदा यस्ता नेटवर्किङ कम्पनी हुन्डी कारोबार भन्दा खतरनाक र चुनौतीपूर्ण रहेको श्रेष्ठको भनाइ छ । आफुले (1w1b)नामक नेटवर्क कम्पनीमा २ बर्ष पुर्णकालिन रुपमा ब्याबसाय गरि सकेको भय पनि सुरु देखि अहिलेसम्म को स्थितीमा समेत आफ्नो लगानी पुर्ण रूपमा नउठेको बताउदै यस्ता भ्रम र छुटको पछाडि नपर्न सबै नेपाली श्रमिक लाइ अनुरोध समेत गरेका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies