/  Thu, December 13, 2018

यी हुन् २०१७ मा चर्चाको चुलीमा रहेका बलिउड सेलीब्रेटी

कंगना रनोट
अभिनेत्री कंगना रनोट यस वर्ष पनि विवाद र चर्चाको केन्द्रमा रहिन्। कंगना र उनका कथित ‘ब्वाई फ्रेन्ड’ ऋतिक रोशनबीचको विवादले बलिउड तताइरह्यो। एउटा न्युज च्यानललाई अन्तर्वार्ता दिँदा उनले ऋतिक र आदित्य पञ्चोलीसँग आफ्नो सम्बन्धबारे खुलेर बोलेकी थिइन् । यसपछि विवाद बढेर एकअर्कामाथि आरोप–प्रत्यारोप लगाउने क्रम सुरु भयो । अर्को न्युज च्यानललाई अन्तर्वार्ता दिँदै ऋतिकले आफ्नो र कंगनाको प्रेम सम्बन्ध नरहेको बताएका थिए ।

दीपिका पादुकोण
फिल्म ‘पद्मावती’ मा मुख्य भूमिका निर्वाह गरेकी अभिनेत्री दीपिका पादुकोण पनि यस वर्ष विवादमा फँसिन् । डिसेम्बर १ मा रिलिज हुने भनिएको फिल्म करणी सेनासहित विभिन्न संगठनका विरोधका कारण रिलिज भएन। यी संगठनले दीपिकामाथि आरोप लगाए– उनले इतिहास नबुझीकन फिल्म साइन गरिन् । दीपिकालाई नाक काट्नेसमेत धम्की दिइएको थियो ।

अनुष्का शर्मा
वर्षको अन्तिमतिर अभिनेत्री अनुष्का शर्मा चर्चामा रहिन् । चार वर्षसम्म भारतीय क्रिकेर विराट कोहलीसँगको प्रेम सम्बन्धपछि उनले डिसेम्बर ११ मा बिहे गरिन् । इटलीमा बिहे गरेको यो जोडीले रोममा हनिमुन मनायो । प्रशंसकमाझ ‘विरुष्का’ का नामले चिनिने यस जोडीले २१ डिसेम्बरमा दिल्लीमा बिहेको रिसेप्सन राखेको थियो । जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि आएका थिए । यो कुराले पनि उनीहरूको बिहेलाई थप चर्चा दिलायो । यसबाहेक बिहे तथा रिसेप्सनमा लगाएका पहिरन र गहनाका कारण पनि अनुष्का चर्चामा रहिन् । उनीहरूको बिहेमा करिब ढेड अर्ब रुपैयाँ खर्च भएको बताइएको छ ।

माहिरा खान
फिल्म ‘रइस’ मा अभिनय गरेकी पाकिस्तानी अभिनेत्री माहिरा खान पनि यस वर्ष चर्चामा रहिन् । तर, आतंककारी हमला हुने हल्लाका कारण भारतभरि पाकिस्तानी कलाकारको विरोध भयो। जसको शिकार माहिरा पनि भइन्। उनका कारण फिल्मकै विरोध भयो। साथै, रणवीर कपुरसँग धूम्रपान गर्दै गरेको तस्बिरले पनि माहिरालाई विवादित बनायो।

सारा अली खान
सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खानले बलिउडमा ‘इन्ट्री’ गर्ने हल्ला लामो समयदेखि चलिआएको थियो। यस वर्ष यो हल्लाले बिराम पायो । सारा अभिषेक कपुरको फिल्म ‘केदारनाथ’ मा देखिनेछिन् ।

जाह्नवी कपुर
श्रीदेवी र बोनी कपुरकी छोरी जाह्नवी कपुरको अभिनय यात्रा पनि यस वर्षबाट सुरु भयो। मराठी ब्लकबस्टर फिल्म ‘सैराट’ को रिमेक फिल्म ‘धडक’ मा उनी शाहिद कपुरका भाइ इशान खट्टरसँग पर्दामा देखिनेछिन् ।

भूमि पेडनेकर
यस वर्षको हिट फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’ की अभिनेत्री भूमि पेडनेकर पनि चर्चामा रहिन् । फिल्ममा अक्षय कुमारकी अभिनेत्रीका रूपमा देखिएकी उनी वजन घटाएका कारण चर्चामा रहिन् । पछिल्लो फिल्म ‘दम लगा के हइसा’ का लागि उनले आफ्नो वजन बढाएकी थिइन् । उनले आफ्नो वजन ९० किलो पुर्‍याएकी थिइन् । फिल्मपछि चार महिनामै उनले २१ किलो वजन घटाएकी थिइन् ।

जायरा वसिम
फिल्म ‘दंगल’ बाट अभिनय यात्रा थालेकी जायरा वसिम पनि यस वर्ष चर्चामा रहिन् । उनको दोस्रो फिल्म ‘सिक्रेट सुपरस्टार’ यसै वर्ष रिलिज भयो। जसमा उनी मुख्य भूमिकामा थिइन् । यसबाहेक दिल्लीबाट मुम्बई जाँदा फ्लाइटमा एक सहयात्रीले आफूसँग छेडछाड गरेको आरोप उनले लगाएकी थिइन्। जबकि, आरोपीकी श्रीमतीले जायराले चर्चा पाउन यसो गरेको बताएकी थिइन् ।

पुस १७ गते, २०७४ - १५:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शेयर बजारः सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका...   

सरकारद्वारा कृषि विकास बैंकबाट लिएको साना किसानको ऋण मिनाहा

काठमाडाैं । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय मन्त्रिपरिषद बैठकले...   
नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक

नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत...   
प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर राणा सर्वसम्मत सिफारिस

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर राणा सर्वसम्मत सिफारिस

काठमाडाैं । न्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन्...   

लागुऔषधसहित एक जना नियन्त्रणमा

काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको...   

मङ्ग वान्जूको विवादास्पद जीवनशैली, कसरी ७ पासपोर्ट भए ?

मङ्ग वाङ्जू थाइरोइडको क्यान्सरबाट बाँच्न सफल व्यक्ति हुन्। उनलाई उच्च रक्तचाप र निद्रामा पनि समस्या...   
ब्रेक्जिट सम्झौता बचाउन बेलायती प्रधानमन्त्रीको दौडधुप

ब्रेक्जिट सम्झौता बचाउन बेलायती प्रधानमन्त्रीको दौडधुप

बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव बिफल भएसँगै ब्रेक्जिट...   
सरकारको लगानीमा पालिएको गाइ हेर्न गाैशाला पुगे शिक्षामन्त्री र भूमिसुधारमन्त्री

सरकारको लगानीमा पालिएको गाइ हेर्न गाैशाला पुगे शिक्षामन्त्री र भूमिसुधारमन्त्री

महाेत्तरी । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पाेखरेल र भूमि व्यवस्था, सहकारी तथा गरिबी...   

हनुमान ईँट्टाभट्टामा काम गर्ने ६० बर्षिया महिला बलात्कार गरेको अभियोगमा एक पक्राउ

भक्तपुर । सूर्यविनायक नगरपालिका-९ नङखेलस्थितजिरो हनुमान ईँट्टाभट्टामा काम गर्ने रोल्पाकोलाङ गाउँपालिका-६...   
हृदयघात भएर जेलभित्रै पूर्वमन्त्रीको निधन

हृदयघात भएर जेलभित्रै पूर्वमन्त्रीको निधन

काराकास । भेनेजुएलाका पूर्व तेलमन्त्री नेल्सन मार्टिनेजको भ्रष्टाचार अभियोगमा जेलजीवन बिताइरहेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top