/  Sun, May 27, 2018

शनिबार पोखरामा एनसेल मेला हुने

पोखरा । एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन / फोरजीको अनुभव प्रदान गर्न, शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेला २०७४ आयोजना गर्दैछ । गीत संगीत लगायत विविध रोचक कार्यक्रमहरु समावेश गरिएको यो मेला बिहान ११ बजे देखि शुरु हुने कम्पनीले बताएको छ ।
चर्चित कलाकारहरु शिव परियार, आषिश राना (लाउरे), चर्चित सांगीतिक समुहहरु कबवेभ र द एजले मेलामा सहभागी सबै दर्शकलाई आफ्नो विषेष प्रस्तुतीबाट मनोरञ्जन प्रदान गर्नेछन् ।
एनसेल मेलामा सहभागी हुने सबै उमेर समुहका दर्शकहरुलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु समावेश गरिएका छन् । स- साना बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्न मेलामा ‘जुनियर सिङ्गिङ आइडल’ कार्यक्रमको आयोजना गरिनेछ । त्यसैगरी बालबालिकाका लागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकार्षणहरु पनि रहनेछन् ।
मेलाको अरु आकर्षणहरुमा पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेस जस्ता फोरजी थिममा आधारित गेम्सहरु, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु पनि रहनेछन् । यसका साथै रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनरअप अनिमेश शाहीको सहभागीताले मेलाको आकर्षण थप बढाउनेछ । मेलामा प्रवेश निःशुल्क हुने र कन्सर्ट सहित साझ ६.३० सम्म चल्ने छ । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरञ्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् ।
मेलामा एनसेलको विषेश फोरजी जोन पनि रहने छ जहाँ मेलामा सहभागी आगन्तुकहरुले देशको १९ शहरहरुमा पुगिसकेको एनसेलको फोरजी सेवाको बारेमा पनि थप जानकारी लिनुका साथै फोरजी सेवा चलाएर टेष्ट पनि गर्न सक्नेछन् । यसका साथै दर्शकहरुले मेलामा नै आवश्यक कागजातहरु बुझाई फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सक्नेछन् ।
पर्यटकीय नगरी पोखरामा मेला मार्फत आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसियाली मनाउदै अग्रिम रुपमा आउँदो नयाँ वर्ष २०१८ को शुभकामना आदानप्रदान गर्न कम्पनी उत्साहित रहेको एनसेलले जनाएको छ । पोखराबाट शुरु हुने यो मेला पुष १५ गते विराटनगरको हाटखोलामा, पुष २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुष २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजना पश्चात समापन हुनेछ ।

पुस ७ गते, २०७४ - १९:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सभामुखमा महरालार्इ हटाएर महन्थ ठाकुरलार्इ ल्याउन प्रस्ताव

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक...   
अर्चना पनेरुका पति जेल चलान, यस्तो छ कर्तुत

अर्चना पनेरुका पति जेल चलान, यस्तो छ कर्तुत

काठमाडाैं । पोर्न स्टार बनेर चर्चामा आएकी मोडल एवं कलाकार अर्चना पनेरुका पति भनिएका अमेरिकी नागरिक...   
रेलसेवाले कन्डम र सेनिटरी प्याड बाँड्ने

रेलसेवाले कन्डम र सेनिटरी प्याड बाँड्ने

नयाँदिल्ली । राज्यद्वारा सञ्चालित भारतीय रेल सेवाले यात्रुहरुलाई परिवार नियोजनको अस्थायी साधन कण्डम...   

छोराछोरी निजी विद्यालयमा पढाउने जनप्रतिनिधि र कर्मचारीको तलबभत्ता काटिने

इलाम । इलामको माईजोगमाई गाउँपालिकाले छोराछोरीलाई निजी विद्यालयमा पढाउने जनप्रतिनिधि र कर्मचारीको...   
४ दशकपछि तोडियो रेकर्डः च्याम्पियन लिगको उपाधि रियल मड्रिडलाई

४ दशकपछि तोडियो रेकर्डः च्याम्पियन लिगको उपाधि रियल मड्रिडलाई

युरोपियन च्याम्पियन लिगको उपाधि स्पेनिस क्लब रियल म्याड्रिडले जितेको छ । शनिबार राति भएको उपाधि भिडन्तमा...   

बसको ठक्करबाट तीन जनाको मृत्यु

तनहुँ । बसको ठक्करबाट तनहुँमा तीन जना युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको...   

भारतद्वारा नेपाललाई ‘लचिलो’ बिप्पाको प्रस्ताव

काठमाडाैं । द्विपक्षीय लगानी संरक्षणसम्बन्धी अघिल्लो विवादास्पद बिप्पा सम्झौता निष्क्रिय भएपछि...   
दुइ मन्त्रीसहित नेकपाका कार्यकर्ताले गरे रक्तदान

दुइ मन्त्रीसहित नेकपाका कार्यकर्ताले गरे रक्तदान

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोक-काठमाडाैं सम्पर्क मञ्चको आयोजनामा सम्पन्न रक्तदान...   
यस्तो बन्यो विश्वकप २०१८ को ‘अफिसियल’ गीत (भिडियो)

यस्तो बन्यो विश्वकप २०१८ को ‘अफिसियल’ गीत (भिडियो)

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले शुक्रबार विश्वकप फुटबल २०१८ को ‘अफिसियल’ गीत सार्वजनिक गरेको...   
निपा भाइरसले १४ जना संक्रमित भएको पुष्टि

निपा भाइरसले १४ जना संक्रमित भएको पुष्टि

दक्षिण भारतीय राज्य केरलामा हालसम्म दुर्लभ निपा भाइरसबाट १४ जना संक्रमित भएको पुष्टि भएको त्यहाँका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top