Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

यस्तो पनि मतान्तर: दशौँ हजार मतदाताबीच प्रतिस्पर्धा, दुई–चार मतमा जित–हार

\"\"प्रदीप पौडेल पाँच मतले पराजित तनहुँ २ प्रदेश सभा (क) मा कांग्रेसका प्रदीप पौडेल माओवादी केन्द्रकी आशा कोइरालासँग जम्मा पाँच मतले पराजित हुन पुगे । कोइरालाले १६ हजार ६४६ मत ल्याउँदा पौडेलले १६ हजार ६४१ मत पाएका छन् । यसपालिको निर्वाचनमा सबैभन्दा कम मतले पराजित हुने उम्मेदवार उनी नै हुन् । काठमाडौंमा १९ मतको हारजित अाजको नयाँ पत्रिकामा खबर छ-काठमाडौं १ प्रदेश सभा (ख) मा कांग्रेसका सुरजचन्द्र लामिछाने १९ मतले पराजित हुन पुगे । वाम गठबन्धनका एमाले उम्मेदवार गणेशप्रसाद दुलालले ४२ सय ४२ र लामिछानेले ४२ सय २३ मत पाए। हुम्लामा कांग्रेस उम्मेदवार शाहीले ४७ भोटले हारे  हुम्लामा स्वतन्त्र सांसद छक्कबहादुर लामाले कांग्रेस उम्मेदवार मंगलबहादुर शाहीलाई ४७ मतान्तरले पराजित गरे । लामाले आठ हजार ४९१ र शाहीले आठ हजार ४४४ मत ल्याए । माओवादी नेता लामाले टिकट नपाएपछि विद्रोही उम्मेदवारी दिएका थिए । फोरम उम्मेदवारले दुई सयभन्दा कम मतले हारे  पर्सा २ प्रदेश सभा (क) मा दुई सयभन्दा कम अन्तरको हारजित भयो । कांग्रेसका राजेश्वरप्रसाद साहले संघीय समाजवादी फोरमका रामनरेशप्रसाद यादवलाई १८० मतले पराजित गरे । साहले १० हजार २५९ मत ल्याउँदा पराजित भएका यादवले १० हजार ७९ मत प्राप्त गरे । कम मतदाता भएको मनाङमा २७९ मतान्तर कुल मतदाता पाँच हजार आठ सय ८१ भएको मनाङमा एमालेका पाल्देन छोपाङ गुरुङले कांग्रेसका टेकबहादुर गुरुङलाई २७९ मतले पराजित गरे । पाल्देनले दुई हजार तीन सय मत ल्याउँदा कांग्रेसका गुरुङले २०२१ मत मात्र पाए । मुस्ताङमा पनि ३६३ को हारजित नौ हजार ४२७ मतदाता रहेको मुस्ताङमा एमाले उम्मेदवार प्रेमप्रसाद तुलाचनले कांग्रेसका रोमी गौचन थकालीलाई तीन सय ६३ मतले पराजित गरे । तुलाचनले ३५४४ र गौचनले ३१८१ मत ल्याए। रौतहटमा १२५ मतको हारजित रौतहट ४ प्रदेश सभा (ख) मा स्वतन्त्र सांसद शेख अबुल कलामले कांग्रेसका रामाज्ञ रायलाई १२५ मतअन्तरले पराजित गरे । कलामले ७३ सय ९३ तथा रायले ७२ सय ६८ मत प्राप्त गरे । पर्सामा १५९ मतले चन्द्रकिशोर पराजित पर्सा ३ प्रदेश सभा (क) मा संघीय समाजवादी फोरमका अब्दुल रहिम अन्सारीले कांग्रेसका चन्दकिशोर प्रसादलाई १५९ मतले पराजित गरे । अन्सारीले सात हजार चार र चन्द्रकिशोरले ६ हजार ८४५ मत ल्याए । पर्सा ४ (क) मा ४४८ को अन्तर पर्सा ४ प्रदेश सभा (क) कांग्रेसका शंकरप्रसाद चौधरी ४४८ मतअन्तरले विजयी भए । उनले सात हजार ४८८ र एमाले उम्मेदवार जयप्रकाश थारूले सात हजार ४० मत ल्याए । सर्लाहीमा ५७१ मतान्तर सर्लाही १ मा राजपाका प्रमोद साहले एमालेका ध्रुव गौतमलाई ५७१ मतले हराए । साहले २२ हजार ३६ र गौतमले २१ हजार ४६५ मत प्राप्त गरे । धादिङमा ६४० ले कांग्रेस उम्मेदवार पराजित  धादिङ २ मा कांग्रेसका दिलमान पाख्रिन एमालेका खेम लोहनीसँग ६४० मतले पराजित भए । लोहनीले ३६ हजार ६५६ र पाख्रिनले ३५ हजार ६१६ मत ल्याए । राजदूत त्यागेका उपाध्याय ९४६ मतले पराजित भारतका लागि नेपाली राजदूत रहेका दीपकुमार उपाध्याय राजीनामा गरेर चुनाव लड्न आएका थिए । उनी गृहजिल्ला कपिलवस्तुको १ नम्बर क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका थिए । अघिल्लोपटक पनि सोही क्षेत्रबाट पराजित उपाध्याय यसपालि माओवादी केन्द्रका चक्रपाणि खनालसँग ९४९ मतले पराजित भए । खनालले २९ हजार ७९९ र उपाध्यायले २८ हजार ८५३ मत ल्याए । चर्चित नेता जसले एक हजार कम अन्तरले हारे वामदेव ७५३ मतले पराजित एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया १ मा कांग्रेसका सञ्जय गौतमसँग ७५३ मतले पराजित भए । कांग्रेस बर्दिया जिल्ला सभापति रहेका सञ्जयले वाम गठबन्धन बनाउन भूमिका खेल्ने वामदेवलाई पराजित गरेका हुन् । सञ्जयले ४४ हजार ८२९ र वामदेवले ४४ हजार ७६ मत ल्याए । शेखर ६७५ मतले पराजित मोरङ ६ मा कांग्रेस नेता शेखर कोइराला एमाले नेता लालबाबु पण्डितसँग ६७५ मतले पराजित भए । मोरङमा शेखरले ३३ हजार २६६ र पण्डितले ३३ हजार ९४१ मत ल्याए । जोशी ४४४ मतले पराजित काठमाडौं ८ मा कांग्रेस नेता नवीन्द्रराज जोशी ४४४ मतले एमालेका जीवनराम श्रेष्ठसँग पराजित भए । ०७० मा यही क्षेत्रबाट जितेका जोशीले १२ हजार ९५३ मत ल्याउँदा श्रेष्ठले १३ हजार ३९७ मत प्राप्त गर्दै जित दर्ता गरे । गच्छदारसँग भगवती चौधरी ३२१ मतले पराजित निर्वाचनको मुखैमा कांग्रेस फर्किएका विजयकुमार गच्छदारले रोचक जित हात पारे । सुनसरी ३ मा गच्छदारले एमाले उम्मेदवार भगवती चौधरीविरुद्ध ३२१ मतको रोचक जित हात पारेका हुन् । गच्छदारले ३८ हजार ९७२ र चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरिन् । २५८ मतले लेखक पराजित  कञ्चनपुर ४ बाट कांग्रेस उम्मेदवार रमेश लेखक २५८ मतले पराजित हुन पुगे । मतगणना अवधिभर नै एमालेका दीपकप्रकाश भट्टसँग थोरै मतको घटबड भइरहँदा अन्ततः लेखक २५८ मतले पछि परेका हुन् । भट्ट २६ हजार तीन सय ६४ मत ल्याएर विजयी हुँदा लेखकले २६ हजार एक सय ६ मत मात्र प्राप्त गरे । मञ्जुविरुद्ध खड्काको ५४८ मतको जित उदयपुर १ को प्रतिनिधिसभामा कांग्रेस नेता डा. नारायण खड्का ५४८ मतले विजयी बने । उनले ३३ हजार १४२ मत र एमालेकी मञ्जुकुमारी चौधरीले ३२ हजार ५९४ मत ल्याइन् । चौधरीले ०७० को संविधानसभा निर्वाचनमा २३ मतले पराजय बेहोरेकी थिइन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies