Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

सादगी नेता लालबाबु पण्डितको दैनिकी

\"\"लालबाबु पण्डित सादगी नेताका रूपमा चिनिन्छन् । हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसका शेखर कोइरालालाई पराजित गरेपछि उनको क्रेज थप बढेको छ । सामान्य प्रशासनमन्त्री बन्दा ‘पिआर काण्ड’का कारण चर्चामा आएका लालबाबु साइकल र सार्वजनिक सवारीमा सयर गर्ने कुराले पनि एकताका मिडिया तातेको थियो । अाजको नयाँ पत्रिकामा खबर छ-उसो भए लालबाबुको दैनिकीचाहिँ कस्तो छ त ? लालबाबु पण्डित बिहानको ५ बजे उठिसक्छन् । बिहानको नित्यकर्म सकेपछि मर्निङवाकमा निस्कन्छन् । गर्मीको समयमा साढे ५ बजेतिर मर्निङवाकमा निस्कने लालबाबुको सेड्युल जाडो महिनामा भने अलि प्रभावित बन्छ । यद्यपि राजनीतिज्ञ भएका कारण हरेक दिन मर्निङवाकमा निस्कने फुर्सद नमिल्न पनि सक्छ । ४५ मिनेटको मर्निङवाकपछि उनी डेरा फर्कन्छन् र उनका लागि डेरामा दूध र कन्फ्लेक्स हाजिर हुन्छ । उनी कहिलेकाहीँ सुगर फ्री बिस्कुट खाजाको रूपमा लिन्छन् । सुगर फ्री खानुको कारण उनी सुगरको प्यासेन्ट हुन् । बिहानको खाजा खाँदै नेट हेर्ने बानी छ, उनको । समाचारमा अपडेट हुनका लागि इन्टरनेटको प्रयोग गर्छन्, उनी । फेसबुक पनि चलाउँछन् तर कसैलाई रिप्लाई भने दिँदैनन् । उनको कहिलेकाहीँ बाहिर बिहानको समय त्यति धेरै कार्यक्रम पर्दैन । त्यसैले प्रायः खाना खाएरै डेराबाट बाहिर निस्कन्छन् । बिहानको साढे ९ देखि १० बजेसम्म उनले खाना खाइसक्छन् । उनको खानामा त्यस्तो फेभराइट केही छैन । दाल, भात, तरकारी नै खान्छन् । उनी माछाका भने सौखिन छन् । मासुमा चिकेन प्रयोग गर्छन् । उसो त कहिलेकाहीँ आफैँ खाना पकाउँछन्, लालबाबु । कहिलेकाहीँ श्रीमतीलाई पनि सघाउँछन् । लालबाबु भन्छन्, ‘फुर्सद भएसम्म खाना पकाउँछु तर मैले पकाएको खाना आफैँलाई मात्र मिठो हुन्छ।’ अहिले पनि उनीसँग साइकल छ । साइकलमै बाहिर निस्कन्छन् । कुनै कार्यक्रममा ढिला हुन थाल्यो भने कसैले मोटरसाइकलमा लिन पुग्छन् । नत्र सार्वजनिक गाडी नै प्रयोग गर्छन् । भन्छन्, ‘पहिला केही समय मोटरसाइकल सिकेको थिएँ । लामो समयसम्म किन्नै सकिएन । लुटलाट, ठगठाग गरेर गाडी किन्नेतिर पनि लागिएन । सार्वजनिक सवारीमा हिँड्दा पनि आनन्द छ । कुनै पश्चाताप छैन । कहिलेकाहीँ छिटो पुग्नुपर्‍यो या अप्ठ्यारै अवस्था आएमा ट्याक्सी पनि प्रयोग गर्छु ।’ यसरी उनको दिउँसोको समय भेटघाटमै बित्छ । दिउँसोको खाजामा भने रोटी, तरकारीको प्रयोग गर्छन् । कहिलेकाहीँ चना पनि खान्छन् । रेस्टुरेन्ट आइटम भने कहिल्यै प्रयोग गर्दैनन् । बेलुकी डेरामा कुन समय फर्कने भन्ने टुंगो हुँदैन । यद्यपि खास काम नभए ६ देखि ७ बजेसम्म फर्किसक्छन् । कहिलेकाहीँ भने रातिको ११–१२ पनि बज्न सक्छ । घरमा फर्किसकेपछि परिवारलाई समय दिन्छन् । नियमित अध्ययन गर्छन् । उनको इन्टरनेटबाट समाचारमा अपडेट हुने बानी छ । कहिल्यै टेलिभिजन हेर्दैनन् । लालबाबुको डिनर बेलुकीको ८ देखि ९ बजेसम्ममा भइसक्छ र रातको साढे ९ सम्ममा सुतिसक्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies