Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

जोखिममा एटीएम

\"\"काठमाडाैं । निर्धारित समयमा एटीएम मेसिन स्तरोन्नती नगर्ने अधिकांश बैंक तथा वित्तीय संस्थामा जोखिम बढेको छ । एटीएम कार्ड प्रदायक ‘भिजा’ ले दिएको समयभित्र एटीएम मेसिन स्तरोन्नती नगर्दा धेरै बैंक तथा वित्तीय संस्थामा जोखिम बढेको हो । हाल अधिकांश बैंक तथा वित्तीय संस्थाले ‘चिप’ (ग्राहकको महत्वपूर्ण विवरण रहेको विद्युतीय औजार) मा आधारित कार्ड बनाइसकेका छन्। तर, कार्डमा प्रयोग गरिएका ‘चिप’ पढन सक्ने गरी एटीएम मेसिन स्तरोन्नती गरेका छैनन् । आजको कान्तिपुरमा खबर छ-यसकारण एटीएम मेसिनहरु स्तरोन्नती नगर्ने बैंक तथा वित्तीय संस्थामा जोखिम बढेको हो । चिपमा भएको ग्राहकको विवरण नक्कल(कपी) गर्न सकिदैन। चिप नभएको (म्याग्नेटिक कार्ड) मा रहेको ग्राहकको विवरण भने नक्कल गर्न सकिन्छ। यसकारण चिप नभएको भन्दा भएको एटीएम कार्ड बढी सुरक्षित हुन्छ । बैंकहरुले चीप पढन सक्ने गरी एटीएम मेसिन स्तरोन्नती नगर्दा कार्डमा रहेको ग्राहकको विवरण चोरीको सम्भावना बढी हुन्छ । यही कमजोरीको फाइदा उठाउँदै अपराधीले एटीएमबाट पैसा चोरी रहेका छन् । भिजा कार्ड प्रदायक कम्पनीले बैंक तथा वित्तीय संस्थालाई गत असोज १५ सम्म सबै एटीएम मेसिनहरु ‘युरोप मास्टर कार्ड एन्ड भिजा’ (इएमभी) अनुसार स्तरोन्नती गर्न आग्रह गरेको थियो । त्यसैअनुसार केही बैंकले स्तरोन्नती थालनी गरेपनि अधिकांशले गरेका छैनन्। निर्धारित समयभित्र एटीएम मेसिनहरु स्तरोन्नती नगर्ने बैंकहरुमा कार्डमार्फत पैसा चोरीका घटना भएमा त्यसबापतको क्षति भिजा कार्ड प्रदायक कम्पनीले नबेहोर्ने स्पष्ट पारिसकेको छ । यसकारण त्यस्ता घटनामा भएको क्षति सम्बन्धित बैंक तथा वित्तीय संस्थाले व्यहोर्नुपर्ने भएकाले वित्तीय जोखिम बढेको हो । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थामा एटीएम कार्डमार्फत रकम चोरीका घटना भइरहेका छन् । गत असोज यता यस्ता घटनाको क्षति सम्बन्धीत ‘कार्ड भेन्डर’ कम्पनी (भिजा) ले बेहोर्ने छैन। ग्राहकलाई भने यसको असर पर्ने छैन । कार्डमार्फत ग्राहकको खाताबाट पैसा चोरी भए पनि बैंकले क्षतिपूर्ति गर्ने भएकाले ग्राहकलाई असर नपर्ने भएको हो । बैंकर्स संघका पूर्व अध्यक्ष शशिन जोशीले तोकिएको समयमा एटीएम कार्ड र मेसिन स्तरोन्नती नगर्ने बैंकमा वित्तीय जोखिम उच्च रहने बताए । ‘एकातिर राष्ट्र बैंकको निर्देशन पालना नगरेको ठहर्छ,’ उनले भने, ‘अर्कातिर वित्तीय जोखिम बढछ।’ हाल आफू आवद्ध नबिल बैंकले साढे २ वर्ष अघि नै चिपमा आधारित कार्ड जारी गरेको बताउदै उनले भने, ‘पीओएस/पीओटी टर्मिनल पनि स्तरोन्नती भइसकेको छ। एटीएम स्तरोन्नती गर्ने काम सुरु भएको छ। २/३ सातामा त्यो पनि पूरा हुन्छ ।’ अरु केही बैंकहरुले अझै पनि निर्देशित मापदण्ड पूरा नगरेको सुन्नमा आएको उनले बताए । अधिकांश बैंकहरुले एटीएम कार्डमा चिप राखिसके पनि थोरैले मात्र एटीएम स्तरोन्नती गरेको संघका पूर्व अध्यक्ष अशोक राणाले स्वीकार गरे। ‘जोखिम छ भन्ने थाहा हुदाँहुदै खै के कारणले स्तरोन्नती गरेका छैनन,’ राणाले भने, ‘पैसा खर्च गर्न डराएका हुन् की ?’ आफू आवद्ध हिमालय बैंकले एटीएम कार्ड, पिओएस/पीओटी र एटीएम मेसिन स्तरोन्नती गरिसकेको उनको दाबी छ । भिजा र मास्टर कार्ड प्रदायक कम्पनीले यसअघि सन २०१५ सम्ममा एटीएम मेसिन इएमभी अनुसार स्तरोन्नती गर्न आग्रह गरेको थियो। त्यही समयमा विनाशकारी भूकम्प आएपछि उक्त समयावधि बढाए २०७४ असोज १५ सम्म पुर्‍याएइको थियो । मास्टर कार्डले फेरी ६ महिना अवधि बढाएर आगामी वैशाखसम्मको समय दिएको छ । भिजाले समय बढाएको छैन । यसको अर्थ ती बैंकहरुमा कुनै घटना भए बैंक स्वयम्ले क्षतिपूर्ति तिर्नुपर्छ । एटीएम कार्ड तथा एटीएम मेसिन स्तरोन्नतीका लागि राष्ट्र बैंकले दिएको निर्देशन अधिकांश बैंक तथा वित्तीय संस्थाले पालना गरेका छैनन्। कार्ड लगायत विद्युतीय कारोबार सुरक्षित बनाउने उद्देश्यले राष्ट्र बैंकले विभिन्न निर्देशन दिए पनि धेरै बैंक तथा वित्तीय संस्थाले पालना नगरेका हुन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies