Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

जनताले लोप्पा खुवाएका घगडान राजनीतिक हस्तीहरु

\"\"काठमाडौं । मंसिर १० र २१ गते दुई चरणमा भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको केहि जिल्ला काहेक अधिकांश क्षेत्रबाट मतपरिणाम आएको छ । मुलुकका अधिकांश क्षेत्रमा एमाले–माओवादी सम्मिलित वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । लगाातार एउटै निर्वाचन क्षेत्रबाट चुनाव जित्दै आएका कतिपय राजनीतिक हस्तीहरुलाई यो निर्वाचनले थला पारेको छ । वाम गठबन्धनका एकाध बाहेक लोकतान्त्रिक गठबन्धन बनाएर चुनावका होममिएका कांग्रेस–राप्रपाका शीर्ष राजनीतिक नेतृत्वहरु नै चुनावमा पराजित भएका छन् । यतिसम्मकि मुलुककै नेतृत्व गरेका घगडान नेताहरु ठुलो मतान्तरले पराजय भए । आफुलाई भाबि प्रधानमन्त्री देखी पार्टी अध्यक्षसम्मको दाबी गर्दै आएका नेताहरु संसद समेत सम्म बन्न पाएनन् । पार्टीको उच्च नेतृत्वमा रहेकादेखि पटक–पटक मन्त्री भइसकेका नेताहरुले यो निर्वाचनमा पराजय व्यहोरे । रामचन्द्र पौडेल \"\"आफुलाई भावि प्रधानमन्त्री र नेपाली कांग्रसको सभापति दाबी गर्दै आएका बरिष्ठ नेता रामचनद्र पौडेल गृह जिल्ला तनहुँबाट पराजित भएका छन् । तनँहु प्रतिनिधिसभा १ बाट उम्मेदवार बनेका पौडेलको यो हारसँगै राजनीतिक विरासत समाप्त हुने देखिएको छ। २०४८ देखि लगातार चुनाव जित्दै आएका पौडेललाई यसपटक वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले ५ हजार ५ भन्दा बढी मतान्तरले चुनाव हराएका हुन् । बामदेब गौतम \"\"पटक–पटक उपप्रधानमन्त्रीको कार्यभार सम्हमलेका एमाले उपाध्यक्ष बामदेब गौतमले गृह जिल्ला बर्दियाबाट चुनाव हारेका छन् । आफुलाई भावि प्रधानमन्त्री भन्दै आएका गौतमलाई बर्दिया क्षेत्र नम्बर १ बाट कांग्रेसका सञ्जय गौतमले ७५३ मतको अन्तरले पराजित गरेका हुन । देशैभर वाम गठबन्धनका उम्मेदवारहरुले चुनाव जित्दा पनि वाम ध्रुविकरणका सुत्राधार रहेका गौतम अघिल्लो पटक समेत विजयी बनेको क्षेत्रमा पराजित बने । नारायणकाजी श्रेष्ठ \"\"माओवादी केन्द्रको अध्यक्ष बन्ने होडमा रहेका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गोरखा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भए । केही समय अघिसम्म एउटै पार्टीमा रहेर सहयोद्धाका रुपमा काम गरेका नयाँ–शक्ति पार्टीका संयोज डा.बाबुराम भट्टराईले श्रेष्ठलाई चुनाव हराएका हुन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठ वाम गठबन्धन निर्माणका सुत्राधार मानिन्छन् । देशको झण्डै दुई तिहाई क्षेत्रमा गठबन्धनले प्रत्यक्ष चुनाव जित्दै गर्दा श्रेष्ठले भने आफ्नो पल्ला भारी बनाउन सकेनन् । रामशरण महत \"\"कांग्रेसका हस्ति भनेर चिनिने रामशरण महत नुवाकोट १ बाट पराजित भए । नुवाकोटबाटै हरेक पटक चुनाव जित्दै आएका महतलाई माओवादी नेता हितबहादुर तामाङले ७ हजार भन्दा बढी मतान्तरले हराएका हुन् । पटक–पटक अर्थमन्त्री भएका महतको हारले कांग्रेसभित्र चर्चामा रहेको महत खान्दानको बिरासत नै ढलेको छ । अर्जुनरसिंह केसी \"\"कांग्रेसभित्र पाका र प्रभावशाली नेताका रुपमा चिनिने अर्जुनरसिंह केसीले गृह जिल्ला नुवाकोटबाट चुनाव हारेका छन् । नुवाकोट २ बाट उम्मेदवार बनेका पूर्वमन्त्री समेत रहेका केसी लाई एमालेका नारायणप्रसाद खतिवडा साढे १० हजार भन्दा बढी मतले हराएका हुन् । केसीको यो हारसँगै उनको राजनीतिक बिरासत ढलेको छ । लगातार चुनाव जित्दै आएको आफ्नो चुनावी क्षेत्रबाट हार व्यहोरेसँगै उनको राजनीतिक भविष्यमै संकट आएको धेरैको अनुमान छ । कृष्णप्रसाद सिटौला \"\"नेपाली कांग्रेसभित्र भावि सभापतिका रुपमा हेरिएका प्रभावशमली नेता कृष्णप्रसाद सिटौला झापाबाट चुनाव हारेका हुन् । समानुपातिक उम्मेदवार बन्न पार्टीले दिएको सुझावलाई समेत बेवास्तागरि झापा ३ बाट उम्मेदवार बनेका नेता सिटौलालाई संसद भवन छिर्ने सपना आफ्नै जबरजस्तिले उजाड बनायो । उनलाई राप्रपाबाट उम्मेदवार राजेन्द्र लिङ्देनले दोब्बर मतान्तरसहित पारजित गरेका हुन् । कमल थापा \"\"राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुरबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भए । पटक–पटक मन्त्रीको जिम्मेवारी सम्हालेका थापा मकवानपुर १ बाट बाम गठबन्धनका एमाले उम्मेदवार कृष्णप्रसाद दाहालसँग ६ हजार मतान्तरले पराजित भएका हुन् । राजतन्त्र र हिन्दु धर्मको चर्को नारा लगाउने थापाको हारसँगै संसदमा उनको मुद्दा समेत नउठ्ने भएको छ । पशुपतिसमशेर राणा \"\"राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष समेत रहेका पशुपतिसमशेर राणाले सिन्धुपाल्चोकबाट हारको ह्याट्रिक गरेका छन् । लगाातार दुई पटकको संबिधानसभा सदस्य निर्वाचनमा हार व्याहोर्दा समेत जित्ने अभिलाषाका साथ सिन्धुपाल्चोक २ बाट उम्मेदवार बनेका राणालाई वाम गठबन्धनका उम्मेदवार शेरबहादुर तमाङले ८ हजार भन्दा बढी मतान्तरले हराएका हुन् । पुर्वमन्त्री समेत रहेका राणाको यो हारसँगै सक्रिय राजनीतिक जीवन नै सकिउको धेरैको बिश्लेषण छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies