Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

दैलेख बन्यो वाम गठबन्धनको किल्ला

\"\"दैलेखमा प्रतिनिधी सभाको अहिले सम्मको मतपरिणाम सार्वजनिक भएसंगै दैलेखका सवै क्षेत्रमा वाम गठबन्धनको किल्ला बनेको छ । प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं.१ मा वाम गठबन्धनका साझा उम्मेद्धार एमालेका रविन्द्रराज शर्मा २३ हजार ७ सय ७३ मतका साथ विजयी भएका छन् । प्रतिद्धन्दी राप्रपाका दिपक कुमार शाहीले १७ हजार २ सय ५२ मत प्राप्त गरेका छन् । यस्तै निर्वाचन क्षेत्र नं.२ मा बाम गठबन्धनकै राजबहादुर बुढाक्षेत्रीको जीत भएको छ । उनले २३ हजार ३ सय २३ मत प्राप्त गरेका छन । नेपाली काँग्रेसका शिवराज जोशी भने १६ हजार ६ सय ३४ मतमा खुम्चीएका छन् । दैलेख क्षेत्र नं. १ को प्रदेशसभा (क)बाट बामगठबन्धनका साझा उमेद्धार नेकपा माओवादी केन्द्रका धर्मराज रेग्मी १० हजार ३ सय ६० मत ल्याएर विजयी भएसंगै दैलेखमा वाम गठबन्धनले किल्ला बनाएको हो । रेग्मीका प्रतिद्धन्दी काँग्रेसका जिल्ला सभापती कृष्ण कुमार वि.सी.ले ८ हजार ७ सय ६५ मत प्राप्त गरेका छन । त्यस्तै दैलेख क्षेत्र नं १ को प्रदेश सभा (ख)मा बामगठबन्धनका अमर बहादुर थापा १२ हजार ५ सय ६७ मतका साथ विजयी भएका छन् । कांग्रेसका जगतजंग थापा फराकिलो मतान्तरले पछि परेका छन । काँग्रेस दैलेखका पुर्व सभापती जगतजंग थापाले १० हजार ५ सय ८४ मत प्राप्त गरेका छन् । प्रदेश सभा तर्फ क्षेत्र नं.२ (ख) मा बाम गठबन्धनका उम्मेदवार राजबहादुर शाहीले नेपाली काँग्रेसका दिक्पाल कुमार शाहीलाई पछि पार्दै जित हात पारेका छन् । उनी ११ हजार ४ सय ४५ मत ल्याएर विजयी भएका हुन् । नेपाली कांग्रेसका दिक्पाल कुमार शाहीले ८ हजार ४ सय ६६ मत प्राप्त गरेका छन । दैलेखका दुवै क्षेत्रका प्रदेशसभामा बाम गठबन्धन विजयी भएसंगै बाम गठबन्धनका समर्थकले नारा जुलुस र ¥यालीले दैलेख तताएका छन। \"\"दैलेख क्षेत्र नं.२ प्रदेश (क) बाट ने क पा एमालेका यूवा उम्मेदवार सुशिल थापा काँग्रेसका मधुविक्रम खनाललाई पछि पार्दै ११ हजार ८४ मतका साथ विजयी भएका छन् । पराजीत भएका मधुविक्रम खनालले ८ हजार २ सय ९८ मत प्रात्त गरेका छन । मत परिणामलाई हेर्दा दैलेखका सवै क्षेत्र बाम गठबन्धनको पोल्टामा छन् । यता प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१ मा नेपाल मजदुर किसान पार्टीका वम वहादुर सिंहले ५३४ मत प्राप्त गरे छन । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का किशोर कुमार सिहं ३४६, राष्ट्रिय जनमोर्चाका पुर्ण वहादुर शाहीले ३१७, स्वतन्त्रका गणेश बहादुर खड्काले ३१५,नयाँ शक्ति पार्टी नेपालका भरत कुमार के.सी.ले १५६, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालकाबम बहादुर शाहीले १३७ मत प्राप्त गरेका छन । प्रदेश सभा क मा जगत वहादुर वली नेपाल मजदुर किसान पार्टी ३६८, झबी राज खत्री राष्ट्रिय जनमोर्चा १७४ र जय बहादुर गन्धर्व देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले ९९ मत प्राप्त गरेका छन । त्यस्तै क्षेत्र नं.१ ख मा कर्ण बहादुर शाही देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल १६५, सुरत बहादुर रावत राष्ट्रिय जनमोर्चा १५५, दुर्ग बहादुर मगर नेपाल मजदुर किसान पार्टी ९६ र चन्द्र बहादुर वुढा नयाँ शक्ति पार्टी नेपालले ९५ मत प्राप्त गरेका छन । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २मा जग्य बहादुर शाही नेपाल मजदुर किसान पार्टी २ हजार ६ सय ४७, कृष्ण बहादुर गुरुड्ग देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल ३७८, भिम बहादुर बिष्ट राष्ट्रिय जनमोर्चा २५१, हिम बहादुर कार्की नयाँ शक्ति पार्टी नेपाल १८१, कमलापति सुवेदी विवेकशील साझा पार्टीले ६७ मत प्राप्त गरेका छन भने प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा मोतीराम शर्मालम्साल नेपाल मजदुर किसान पार्टी २८२, अमर बहादुर शाही देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल २४८, लोग वहादुर थापा राष्ट्रिय जनमोर्चा १३०, राम बहादुर सुनार नयाँ शक्ति पार्टी नेपालले १०३ मत प्राप्त गरे । यता प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा लाल बहादुर कठायत नेपाल मजदुर किसान पार्टी २ हजार ५७, दिपक बहादुर शाही देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल ४३९, कमल बहादुर बरै मगर राष्ट्रिय जनमोर्चा ३२०, भुपेन्द्र बहादुर जि.सि. नयाँ शक्ति पार्टी नेपालले १४२ मत प्राप्त गरे ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies