Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

शीर्ष नेताको मतदान (फोटोफिचर)

\"\"काठमाडौं । दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आज विहान ७ बजेदेखि शुरु भएको छ । ४५ जिल्लामा दोस्रो चरणको निर्वाचन हुँदैछ । निर्वाचनमा सात हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्रबाट एक करोड २२ लाख ३५ हजार ९९३ मतदाता रहेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन ३ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले भर्खरै मतदान गरेका छन् । भरतपुर महानगरपालिका वडा नं १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयमा रहेको केन्द्रबाट प्रचण्डले मतदान गरेका हुन् । प्रचण्डले उक्त मतदान केन्द्रबाट पहिलो मतदान गरेका हुन् ।   \"\" नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान गरेका छन । तनहुँको दमौली स्थित सत्यबती केन्द्रबाट नेता पौडेलले भोट हालेका हुन । उनले सत्यबती केन्द्रबाट सबै भन्दा पहिले मत हालेर सुभारम्भ गरेका हुन । \"\" नेकपा एमालेका महासचिव इश्वर पोखरेल मतदान गर्नका लागि मतदातासँगै लामबद्द छन् । वाम गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं ५ का उम्मेद्वार रहेका पोखरेलले द स्काई लर्क इङ्गलिस स्कुल धापासीबाट मतदान गरेका छन् । \"\" नेपाली कांग्रेसका नेता एवं मोरङ ६ का उम्मेदवार शेखर कोइरालाले आदर्श मावी केन्द्रबाट मतदान गरेका छन् । \"\" पूर्वसभामुख एवं इलाम २ मा वाम गठबन्धनका उम्मेदवार सुवास नेम्वाङले भर्खरै मतदान गरेका छन् । उनले इलाम सदरमुकामको बालमन्दिर केन्द्रबाट मतदान गरेका हु \"\"   एमाले नेता शंकर पोखरेलले तुलसीपुर उपमहानगर १९ बाट मतदान गरेका छन् । दाङ २ \'क\'का प्रदेशसभा उम्मेदवार उनले आफैंलाई मतदान गर्न गर्न पाएनन् । उनी मतदाता रहेको क्षेत्र दाङ २ को खमा पर्छ । \"\" नेता हृदयेश त्रिपाठीले नवलपरासीको केवलपुरस्थित जनजाग्रिती विद्यालयबाट मतदान गरेका छन् । \"\" राजपाका अनिल झाले रौतहटको दुर्गाभगवतीबाट मतदान गरेका छन । \"\" नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा झापा क्षेत्र–३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौला क्षेत्र–१ को कलवलगुढी आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् । \"\" नेकपा (एमाले)का उपाध्यक्ष तथा अछाम क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भीम रावल बिहीबार भएको निर्वाचनामा अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरस्थित चन्द्रोदय आधारभूत विद्यालय रिठागाउँ मतदान केन्द्रमा मतदान गरेका छन् । \"\" नेकपा माओवादी केन्द्रकी प्रवक्ता तथा प्रतिनिधिसभाकी उम्मेदवार पम्फा भुसालले मतदान गरेकी छिन् । ललितपुरको कुपण्डोलस्थित राजतीर्थ मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन् । \"\" नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदान गरेका छन् । काठमाडौं क्षेत्रनम्बर ७ को पकनाजोलस्थित युवक जनता माविबाट मतदान गरेका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies