Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सुन्तला उत्पादनमा कमी आएपछि किसान चिन्तित, साढे २ लाख अाम्दानी

 

\"\"पाल्पा । यस वर्ष जिल्लामा सुन्तला उत्पादनमा कमी आएपछि किसान चिन्तित बनेका छन् ।

फूल फुल्ने समयमा असिना पर्नु र विभिन्न किसिमका रोगको आक्रमणले सुन्तला उत्पादनमा कमी आएपछि किसान मर्कामा परेका हुन् । सुन्तला खेती गरी जीविकोपार्जन गर्ने परिवारका लागि कम उत्पादनले समस्या भएको छ । रिब्दीकोट गाउँपालिकाकोे पालुङमैनादीका किसान चित्रबहादुर कुँवरले गत वर्ष करिब रु दुई लाखको सुन्तला बिक्री गरेकामा अहिले रु एक लाख बराबरको बिक्री गरे । सुन्तला उत्पादनका पकेट क्षेत्र मानिएको पालुङमैनादी, मुझुङ, छहरा, सोमादी, कुसुमखोलालगायतका क्षेत्रमा यस वर्ष सुन्तला उत्पादनमा निकै कमी आएको छ । जिल्ला कृषि विकास कार्यालयले प्राविधिक जाँच तथा परीक्षणमा सहयोग नगरेका कारण किसान मारमा परेका छन् । जिल्ला कृषि विकास कार्यालयका प्रमुख किशोरमान श्रेष्ठले किसानले बोटमा आवश्यक स्याहार, सुसार र मलजलमा कमी गर्दा उत्पादन घटेको बताए । उनले सुन्तला टिपेपछि टिपेको घाउबाट ब्याक्टेरिया, कीटाणुले आक्रमण गर्ने भएकाले कम्तीमा तीन पटक नीलोथुथो, चुना छर्कनुपर्ने बताए । सुन्तला बिक्रीबाट साढे दुई लाख आम्दानी  निस्दी गाउँपालिका–५ गल्धा बहपुरका अगुवा किसान तेजन सिंजालीले यस वर्ष सुन्तला बिक्रीबाट रु दुई लाख ५० हजार आम्दानी गरेका छन् । उनले दुई मुरी अन्नबाली समेत उत्पादन नहुने जग्गामा विगत आठ वर्षदेखि व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका छन् । यस वर्ष करिब ४० क्विन्टल सुन्तला बिक्री गरेको उनले बताए । झण्डै १५ रोपनी जग्गामा तीन सय बोट सुन्तला लगाउनुभएका सिंजालीले अहिले दुई सय उत्पादनशील बोटबाट आम्दानी लिन शुरु गरेका छन् । उनी भन्छन् “सुन्तला खेती गर्न थालेपछि मनग्य आम्दानी भएको छ,” उनले भने “पाखापखेरामा सुन्तला लगाएर रु दुई लाखदेखि रु तीन लाखसम्म सजिलै आम्दानी गर्दैआएको छु ।” प्रतिकिलो रु ५० मा सुन्तला बिक्री गरेको सिंजालीले बताए । “सुन्तला बिक्रीका लागि बजारको समस्या छैन,” उनले भने । यहाँ उत्पादन भएको सुन्तला रामपुरको बजारमा खपत हुन्छ । बहपुरकै अर्का किसान मानबहादुर ढेँगाले पनि सुन्तला बिक्रीबाट मनग्य कमाई गर्दै आएका छन् । उनले करिब २० रोपनी जग्गामा चारसय बोट सुन्तला लगाएका छन् । ढेँगाले अहिले उत्पादनशील १५० बोटबाट रु दुई लाख बराबरको आम्दानी लिइरहेका छन् । यस्तै, मुक्तबहादुर रानाले यस वर्ष सुन्तला बिक्रीबाट रु एक लाख ५० हजार आम्दानी लिइसकेका छन् । उनले करिब २०० बोट सुन्तला लगाएका छन् । यहाँका १६ घरपरिवारको आयआर्जनको माध्यम नै सुन्तला खेती बनेको छ । एउटा परिवारले ५० बोटदेखि ५०० बोटको हाराहारीमा सुन्तला खेती गरेका छन् । अन्य खेतीको तुलनामा सुन्तला खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएपछि बहपुर क्षेत्रका कृषकले सुन्तला खेती गर्न थालेका हुन् । यस क्षेत्रलाई जिल्लाकै नमूना सुन्तलाको पकेट क्षेत्रका रुपमा चिनिन्छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies