/  Sat, December 16, 2017

यी हुन् प्रधानमन्त्री भएर धित नमरेका नेताहरू

काठमाडाैं । पाँचजना भूतपूर्व र एकजना बहालवाला प्रधानमन्त्री समेत यतिबेला चुनावी मैदानमा छन् । २०४६ सालमा भएको प्रजातन्त्रको पुनरागमन यता गैरदलीय सरकार प्रमुख बाहेक प्रधानमन्त्री भएका जीवित नेता मध्ये एकजनाले मात्र चुनावी दौडबाट विश्राम लिएका छन् ।

चुनाव लडेका सबै पार्टी वा सरकारको नेतृत्व गरिसकेर पनि थाकेका देखिँदैनन्, कुनै न कुनै रुपमा फेरि प्रधानमन्त्री बन्ने वा उपल्लो ओहदामा उक्लिने आकांक्षा उनीहरुमा पाइन्छ । प्रधानमन्त्री भएका जीवित नेताहरुमये शेरबहादुर देउवा सबैभन्दा धेरैपटक प्रधानमन्त्री भएका छन् ।

तर हालसालै उनले फेरि प्रधानमन्त्री बन्ने मोह नलुकाएरै भने, “ज्योतिषीले सातपटक प्रधानमन्त्री बन्छन् भनेका छन् । फेरि प्रधानमन्त्री बन्ने त मै हुँ नि ।” त्यति मात्रै होइन् देउवाले विभिन्न मिडियामा पनि अबको प्रधानमन्त्री म अाफै हुन्छ भनेर अभिव्यक्ति दिदैं अाइरहेका छन् ।

चौथो पटक प्रधानमन्त्रीको कुर्सीमा आसीन देउवाले नेपालीको औषत आयु ७० वर्ष काटिसके । ४५ वर्षको उमेरमा गृहमन्त्री बनेका उनी ५० नपुग्दै पहिलो पटक प्रधानमन्त्री भएका थिए ।

राजनीतिक लडाइँको नाममा दशकौं बिताइए पनि स्थायित्व दिन विफल देखिएका नेताकै हालिमुहाली कैयौंलाई स्वाभाविक लाग्दैन ।

प्रथम राष्ट्रपति डा. रामवरण यादवका राजनीतिक सल्लाहकार रहिसकेका राजनीतिशास्त्री हरि शर्मा भन्छन्, “देश चलाउने यत्रो ठूलो यज्ञमा सामेल हुँदा एक पटक प्रधानमन्त्री बनेपछि थाक्नु पर्ने हो । तर किन थाक्दैनन् भने उनीहरुले काम गरेकै हुँदैनन् । कुन चाहिं प्रधानमन्त्री सफल भएका छन् ? काम गर्न नसकेपछि फेरि आफै हुनु पर्छ किन भन्ने ?”

‘बाह्रौं खेलाडी’ पुस्तकका लेखक लोकेन्द्रबहादुर चन्द ४४ वर्षको छँदा पहिलो पटक प्रधानमन्त्री भएका थिए । कुनै बेला बाह्रौं राजनीतिक खेलाडीको संज्ञा पाएका उनी ७८ वर्ष पुग्दा राजनीतिक मैदान छाडेका छन् ।

उनले हालसालै भनेका थिए, “अब राजनीतिको तनाव कति बोक्ने? पन्छिने उमेर पनि भयो । अब किताब पढ्न-लेख्न सकिन्छ ।”

चन्दको उमेरमा नपुगे पनि एमालेका नेतात्रय केपी ओली, माधव नेपाल र झलनाथ खनालले उनी जस्तै सरकार र पार्टीको नेतृत्व गरिसकेका छन् ।

कांग्रेसका अहिलेका एकजना चर्चित नेता गगन थापाको हाराहारी उमेरमा नेपाल उपप्रधान, रक्षा र परराष्ट्रमन्त्री, ओली गृहमन्त्री र खनाल कृषि एवं वनमन्त्री भइसकेका थिए । उनीहरु अझै मूलधारको राजनीतिको केन्द्रमै छन् ।

पञ्चायतकालका एकजना चर्चित अनेरास्वियु नेता टंक कार्की भन्छन्, “बीपी कोइराला, गणेशमान सिंह, मदन भण्डारी, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीको पुस्तापछि नेतृत्वको गुण ह्रासोन्मुख छ । सत्तामै बसिरहनु पर्छ भन्ने के छ, पार्टी पो चलाउनु पर्छ । नेताले सुविधामा बढी ध्यान केन्द्रित गरे ।”

भूमिगत राजनीतिबाट बाहिरिए लगत्तै पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईले महात्मा गान्धी र नेल्सन मण्डेला बन्ने बताएका थिए । धेरैलाई लाग्थ्यो, पार्टी सम्हालेर राजकीय जिम्मेवारीमा अरुलाई पठाइ उनीहरु पुराना दलभन्दा पृथक र कतिपयलाई आकर्षक लाग्ने भूमिकामा हुनेछन्, तर त्यसो भएन ।

ठूलै हलचल र चर्चा निम्त्याउँदै पहिलो पटक ५३ वर्षको उमेरमा प्रधानमन्त्री बनेका प्रचण्डमा फेरि प्रधानमन्त्री बनेर ‘ह्याट्रिक’ गर्ने आकांक्षा देखिन्छ ।

संविधान लेखनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका बाबुराम भट्टराई पनि प्रधानमन्त्री भइसकेका हुन् ।

‘भयानक बलिदानीको कठीन बाटो’ हिंडेका उनीहरुले पनि बारम्बार शक्तिमा पुग्ने पुरानै दलका नेताको पदचाप किन पछ्याए ?

माओवादीको मूलधारबाट हालसालै अलग्गिएका एकजना टिप्पणीकार नरेन्द्रजंग पिटर भन्छन्, “सिद्धान्तको राजनीतिको अन्त्य र सुविधाको राजनीति शुरु भएपछि सुरक्षाको राजनीति समातिन्छ । त्यसैले अन्त्यसम्म पनि शक्ति हातमा केन्द्रित होस् भन्ने मनोविज्ञान हुन्छ । कारण त्यही हो ।”

सबैजसो दलका युवा नेताले तत्काल आफ्ना अग्रजलाई विस्थापित गर्ने सम्भावना देखा परेको छैन् ।

त्यसको निम्ति संरचना र मूल्यको हिसावले राजनीतिक दलमा समस्या देख्ने पूर्वविद्यार्थी नेता टंक कार्कीका बिचारमा नयाँ पुस्ताले पुराना जतिको त्याग गर्न र गुणस्तर देखाउन नसक्नुलाई अर्को कारण ठान्छन् ।

पूर्वप्रधानमन्त्री माधव नेपाल नेतृत्वमा आउन आफूले कसैलाई नछेकेको बताउँछन् । तर उनी आफै मैदान खालि गरिदिने पक्षमा देखिएनन् । उनी प्रश्न गर्छन्, “आउनु त पर्यो मैदानमा, जनताको बीचमा परीक्षण हुनु पर्यो । संकट पर्दा, गोली थाप्दा, लड्दा र घाइते हुँदा एउटा, परिवर्तनको अग्रपंक्तिमा उभिँदा बेपत्ता । अनि अर्को कसैलाई दिएर हुन्छ ? युवा भनेर मात्रै हुँदैन। युवा फूर्ति चाहिन्छ । गतिशीलता, समर्पण, इमान्दारी र निष्ठा चाहिन्छ ।”

नेता नेपालले राजनीतिबाट विश्राम लिने आफ्नो उमेर नभएको बताए । तर कतिपय पूर्वप्रधानमन्त्री त मृत्यु शैयामा पुग्नुअघिसम्म राजनीतिमा सक्रिय नै रहेका उदाहरण छन् । राजनीतिको चुचुरोमा पुगिसकेपछि नेताहरु उमेर छँदै किन किनारा लाग्न चाहँदैनन् ?

संघर्षबाट आएको राजनीतिक नेतृत्व भए पनि त्यसबाहिरको काम गर्ने आत्मविश्वास नरहेको बताउने राजनीतिशास्त्री हरि शर्मा वर्तमान नेतृत्वबाट त्यो उदारता सम्भव देख्दैनन् ।

उनले भने, “बीपी कोइराला जेलमा कथा-कविता लेख्नुहुन्थ्यो । पुष्पलाल आफ्नो दस्तावेज आफै लेख्नु हुन्थ्यो । बीपीले जेलमा आफ्नो भाँडा आफै माझेको पढेका छौं । अहिलेको नेतृत्वको ताल हेर्नुस् त, ढोका नखोलिदिए गाडीबाट झर्दैनन् । त्यो भनेको ढोका खोल्ने मान्छेको व्यवस्था नहुँदासम्म तिनले अवकास नै लिँदैनन् ।”

डेढ दशकअघि राजा ज्ञानेन्द्रले ‘शान्ति स्थापनाको निम्ति तीन वर्ष’ भन्दै सत्ता हातमा लिएका थिए । तर डेढ वर्षमै उनको हातबाट सत्ता खोसेका दल र तिनका नेताले राजनीतिक व्यवस्थापनमै झण्डै तीन दशक बिताइ सके । तैपनि पनि कतिपयका नजरमा व्यवस्थित र स्थिर राजनीतिको आरम्भको साइत अझै टाढै देखिन्छ ।

मंसिर १८ गते, २०७४ - १२:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेरियो कांग्रेसको नेतृत्व

नयाँदिल्ली । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेसको अध्यक्षको जिम्मेबारी उपाध्यक्ष राहुल...   
किन छाडे प्रचण्डले एकाएक लाजिम्पाट ?

किन छाडे प्रचण्डले एकाएक लाजिम्पाट ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षदेखी बस्दै आएको लाजिम्पाटको...   
प्रधानमन्त्री देउवालाई ओलीले गरे यस्तो आग्रह

प्रधानमन्त्री देउवालाई ओलीले गरे यस्तो आग्रह

भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर...   
प्रचण्डमार्फत देउवाले पठाए एमालेलाई यस्तो खबरः ‘प्लिज’ प्रचण्ड जी सम्झाइदिनुस्

प्रचण्डमार्फत देउवाले पठाए एमालेलाई यस्तो खबरः ‘प्लिज’ प्रचण्ड जी सम्झाइदिनुस्

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...   
यस्तो रहेछ बाबुरामले वाम गठबन्धन छाड्नुको रहस्य

यस्तो रहेछ बाबुरामले वाम गठबन्धन छाड्नुको रहस्य

काठमाडौ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो पार्टीलाई एमाले–माओवादी केन्द्रका...   
अोलीलार्इ भेटेको भोलिपल्टै देउवालार्इ भेट्न बालुवाटार पुगे प्रचण्ड

अोलीलार्इ भेटेको भोलिपल्टै देउवालार्इ भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं । नेकपा माअोवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री...   
देउवा सरकारका मन्त्रीमाथि थाल्यो अख्तियारले छानविन

देउवा सरकारका मन्त्रीमाथि थाल्यो अख्तियारले छानविन

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही व्यक्ति, फर्म र कम्पनीलाई मात्र जग्गा कित्ताकाट...   
नेपालको चुनावबारे अमेरिकाले यस्तो भन्यो

नेपालको चुनावबारे अमेरिकाले यस्तो भन्यो

  काठमाडौं । संयुक्त राज्य अमेरिकाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण, व्यवस्थित...   
दुर्घटनामा मृत्यु

दुर्घटनामा मृत्यु

बर्दिवास । पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने माईस्थान वन क्षेत्रमा शुक्रबार साँझ सवारी...   
समानुपातिकका यी हुन ‘टप टेन’ दल, कसले कति मत ल्याए ?

समानुपातिकका यी हुन ‘टप टेन’ दल, कसले कति मत ल्याए ?

काठमाडौं । पहिलो र दोस्रोचरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top