Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

आचारसंहिता विपरीतका सामग्री हटाउन निर्देशन

\"\"काठमाडौं । निर्वाचन आयुक्त सुधीरकुमार शाहले यही मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सिलसिलामा आज ललितपुर जिल्लाको आकस्मिक अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले ललितपुरको समग्र सुरक्षा अवस्था, निर्वाचनको तयारी, कर्मचारी खटनपटन, निर्वाचन व्यवस्थापन, अनुगमन, आचारसंहिताको पालनालगायतबारेमा जानकारी लिएका थिए । सो अवसरमा आयुक्त शाहलाई ललितपुर जिल्ला प्रशासन कार्यालयमा मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडी, प्रजिअ महादेव पन्त, प्रहरी वरिष्ठ उपरीक्षक गणेशबहादु्र ऐर, प्रमुख सेनानी सुरज गुरुङ, सशस्त्र प्रहरी उपरीक्षक श्यामकाजी कँुवर, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक भूमिप्रसाद पाठक, क्षेत्र नं २ का निर्वाचन अधिकृत विनोद भट्टराई, क्षेत्र नं ३ का सुरेश खनाल, केन्द्रीय प्रमुख अनुगमनकर्ता राधिका अर्याललगायतले जिल्लाको निर्वाचनको समग्र तयारी र शान्तिसुरक्षाको अवस्थामा जानकारी गराएका थिए । उनीहरुले ललितपुरको शान्तिसुरक्षाको अवस्था सुदृढ रहेको, सम्बन्धित मतदान केन्द्रलाई लक्ष्य गरी सुरक्षा चौकी स्थापना भइसकेको, मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम अन्तिम चरणमा पुगेको, मतदान सामग्री रुजु गर्ने, केन्द्रअनुसार छुट्टाएर पोको पार्नेजस्ता कार्य अन्तिम चरणमा पुगेको जानकारी गराए । उनीहरुले आयुक्त शाहलाई दलहरुबीच स्वस्थ प्रतिस्पर्धा रहेको, केही दिनयता निर्वाचन प्रचार–प्रसारका सामग्री प्रदर्शन गर्ने होड दलहरुबीच बढेकाले आचारसंहिता विपरीतका ती सामग्री हटाउन आग्रह गरेको अवगत गराए । त्यस अवसरमा निर्वाचन आयुक्त शाहले कतिपय स्थानमा राखिएका आचारसंहिताविपरीतका निर्वाचनका प्रचारप्रसार सामग्री हटाउनका लागि आवश्यक प्रबन्ध गर्न निर्देशन दिँदै सामग्री हटाएको वा नहटाएको अवस्थाको अनुगमन आयोगबाट पुनः हुने जानकारी दिए । उच्च सतर्क र चनाखो भएर निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा गर्ने कार्यमा दृढताका साथ काम गर्न तथा मतदान अधिकृत र सहायक मतदान अधिकृतको काँधमा ठूलो जिम्मेवारी रहेको हुँदा उनीहरुलाई गहन रूपमा प्रशिक्षित गर्न पनि निर्देशन दिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies