Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

प्रकाश दाहालबारे के भन्छन् उनका हितैषीहरु ?

\"\"काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको आईतबार (हिजो) असामयिक निधन भएको छ । आइृतबार बिहान अचेत अवस्थामा नर्भिक असपताल पुर्याइएका प्रकाशको आकस्मिक हृदयधातका कारण निधन भएको अस्पतालले जनाएको छ । नर्भिक अस्पतालबाट श्रद्धाञ्जलीकालागि माओवादी पार्टी कार्यालय कोटेश्वरस्थित पेरिसडाँडा ल्याईएको प्रकाशको पार्थिव शरिरलाई हिजो साँझ नै पशुपति आर्यघाटमा अनत्यष्टी गएिको छ । अपत्यारीलो उनको निधनले परिवारमा त बज्रपात नै खसेको छ । उनका साथीभाई, माओवादी नेता–कार्यकर्ता, शुभचिन्तक स्तब्ध बनेका छन् । उनको निधनको खबर सार्वजानिक हुनासाथ नर्भिक अस्पताल र माओवादी कार्यालयमा शुभचिन्तको भीड लागेको थियो । उनलाइ श्रद्धाञ्जली दिन पुगेका सबै दलका नेता–कार्यकर्ता स्तब्ध बनेका थिए । सानै उमेरदेखि बाबु प्रचण्डको साथमा जनयुद्धमा लागेका प्रकाश माओवादी पर्टीभित्र उदाउँदो युवा नेताका रुपमा परीचित थ्एि । पछिल्लो समय कुसल व्यबस्थापक र माहिर सुचना सम्प्रेसकको छवी बनाएका उनले बाबु प्रचण्डको सचिवालय प्रमुख भएर गरेको कामले पनि उनको कार्यकुशलता पष्टि गर्छ । उनीलाइृ लिएर कतिपय संचार माध्यम र सामाजिक संजालमा नकारात्मक प्रचार भएपनि उनी प्रचार गरिए अनुरुप नभएको उनका हितैषीहरु बताउँछन् । हितैषीहरुका अनुसार सबैलाई समान र आत्मिय व्यबहार गर्ने बानीका कारण उनी सबेको मनमा बस्न सफल भएका छन् । प्रकाश दाहालबारे के भन्छन् उनका हितैषीहरु ? अरुले देखेको प्रकाश र मैले भोगेको प्रकाशमा १८० गिग्री फरक छः प्रकाश रायमाझी ४ वर्षदेखि प्रकाशसँग नजिक रहेका प्रकाश रायमाझी प्रकाश बजारमा हल्ला गरिए अनुसार नरहेको दाबी गर्छन् । प्रकाशमा सुचना, संचार र व्यबस्थापकीय क्षमता अद्भुद रहेको रायमाझीको अनुभव छ । प्रकाश माओवादी अध्यक्ष प्रचण्डको छोरामात्र नभएर निष्ठावान माओवादी कार्यकर्ता रहेको रायमाझीले खबरडबलीलाई बताए । ‘प्रकाश सरल, इमानदार र निष्ठावान माओवादी कार्यकर्ता हुन्, संचार र प्रविधिको अधिकतम प्रयोग गर्न सक्ने क्षमता उहाँमा थियो । बिचमा मिडियाहरुले राजनीतिकरण गरेर बदनाम गर्ने हर्कत गरे’, उनले भने, ‘अरुले भनेको प्रकाश दाहाल र मैले झेलेको प्रकाश दाहालमा १८० डिग्री फरक छ, उहाँले पार्टीभित्र सँधै एक सच्चा र निष्ठावान कार्यकर्ताको भुमिका निभाउनु भयो ।’ प्रकाशको कुशल व्यबस्थापकीय क्षमताले प्रचण्डको दोस्रो प्रधानमन्त्रीको कार्यकाल सफल बनाउन अहम भुमिका खेलेको रायमाझीले बताए । माओवादीका उदाउँदा युवा नेताः सुमन देवकोटा प्रकाश माओवादी केनद्रका उदउँदो युवा नेता रहेको उनका निकटतम हिततैषी एवं वाईसीएल नेपालका उपाध्यक्ष सुमन देवकोटा बताउँछन् । युवालाई पार्टीमा र पार्टीलाई सुचनामा जोड्न प्रकाश अहोरात्र खटिएको देवकोटाले खबरडबलीलाई बताए । प्रकाश कुसल व्यबस्थापक र सरल व्यक्तित्को धनी रहेको उनी बताउँछन् । ‘उहाँ कुसल राजनीतिज्ञ र सरल इमानदार व्यक्ति हुनुहुन्थ्यो, उहाँमा युवा र प्रविधिलाई पार्टीमा जोड्ने कलात्मक क्षमता थियो ।’ देवकोटाले भने, ‘हामी लामो समय दाजु–भाइृ जस्तै भएर बस्यौँ, मैले उहाँमा एक इमानदार व्यक्तिमा हुनुपर्ने गुण मात्र पाएँ ।’ सरल र मिलनसारः मदन चुडाल २०६९ सालमा प्रकाशसँगै सगरमाथाको आरोहण गरेका मदन चुडाल प्रकाश अत्यन्तै मिलनसार, सरल र इमानदार रहेको बताउँछन् । प्रकाश जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने र जनशैलीलाई बुभ्m्न माहिर रहेको झन्डै एक दशक प्रकाशसँग संगत गरेका चुडालको अनुभव छ । प्रकाशले व्यक्तिगत स्वार्थ भन्दा पार्टी र नेतृत्वलाई बढी ध्यान दिेने गरेको उनी बताउँछन् । ‘व्यक्तिगत रुपमा प्रकाशजी सरल र इमानदार मान्छे हो, मिडियाले उहाँको चरित्रको ठ्याक्कै बिपरीत चर्चा गरे, मैले उहाँमा घमण्डी सोच कहिल्यै देखिन ।’ चुडाल भन्छन् ‘प्रकाशजीले माओवादी पार्टी र अध्यक्ष प्रचण्डलाई सफल बनाउन महत्वपूर्ण भुमिका खेल्नुभयो, उहाँ भन्दा जुनियर साथीहरु राजनीतिक रुपमा अगाडी बढे तर उहाँमा पद र प्रतिष्ठाको लोभ काहल्यै देखिएन । उहाँ अहोरात्र पार्टी र नेतृत्वको व्यबस्थापन र सुरक्षामा लागिरहनु भयो ।’ युवामाझ लोकप्रिय नेताः रञ्जित तमाङ ७ वार्षदेखि प्रकाशसँग नजिक रहेका अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तमाङ प्रकाश सरल र मिजासिलो स्वाभावका व्यक्ति रहेको बताउँछन् । उनका अनुसार प्रकाश प्रकाश साथीभाई र कार्यकर्ता भनेपछि हुरुक्कै हुन्थे । तमाङका अनुसार प्रकाशमा सबैलाइृ समान व्यबहार गर्ने र सबै तह र सबै पर्टाीका नेता–कार्यकर्तालाई समान महत्व दिने गुण थियो । प्रकाश खाने लगाउने कुरामा सामान्य रुची राख्ने तमाङको अनुभव छ । प्रकाश आफ्नो जिम्मेवारीमा कटिबद्ध भएर लाग्ने गरेको उनी बताउँछन् । ‘साधारण जीवनयापन गर्न रुचाउने उहाँमा म प्रचण्डको छोरो हुँ भन्ने घमण्ड कहिल्यै पलाएन । हामीसँगै खानुहुन्थ्यो, बस्नुहुन्यो, हामीबीच हरेक कुरा शेयर हुन्थ्यो । राजनीतिक रुपमा सल्लाह दिने गर्नुहुन्थ्यो ।’ उनी सम्झन्छन्, ‘उहाँ पार्टीको काममा असाध्यै मेहनती मान्छे हो, उहाँमा सबैलाई सहयोग गर्नुपर्छ भन्ने भावना थियो ।’ प्रकाशको निधनले पार्टीमा ठुलो क्षति भएको तमाङले खबरडबलीलाई बताए । आफु ठुलो कहिल्यै बन्नुभएनः डा. विवेक सिंह राठौर प्रकाशको साथीहरुमध्ये सबैभन्दा नजिक रहेका डा. विवेक सिंह राठौर प्रकाशको निधनले आफु एक्लो बताउँछन् । प्रकाशमा आफु ठुलो बनेर कसैलाइृ तल पारौँ भन्ने भावना नभएको उनले खबरडबलीलाई बताए । प्रकाशले आफ्नो र परीवारको स्वास्थ्यमा देखिएका हरेका समस्या उनै राठौरलाई सुनाउँथे र समस्याको निकास खोजथ्े । यति सम्मकी प्रकाशले जहाँ जुन चिकित्सकसँग स्वास्थ्य जाँच गराएपनि राठौरलाई नसोधी औषधी खादैनथे । प्रकाशले राठौरलाई सधैँ पढ्नु पर्छ भनेर सुझव दिएको बताउँछन् । ‘म दाईसँग लामो समय धेरै नजिक भएँ, उहाँले हरेक कुरामा मलाई सल्लाह र सुझाव दिनुहुन्थ्यो, एक हिसाबले उहाँ मेरो अभिभावक जस्तै हो ।’ उनले भने, ‘मलाइृ सँधै पढ्नुपर्छ तेरो दिमाग राम्रो छ भनेर प्रेरणा दिनुहुन्थ्यो, तर दाईले पढ्न पाउनु भएन । दाईको र मेरो धेरै नजिकको सम्बन्ध थियो, मैले आजसम्म जति मान्छेको संगत गरेँ दाई जत्ति सहयोगी र असल मान्छे भेटिन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies