/  Wed, July 18, 2018

सिन्धु विकास बैंकमा खुलेआम राजनीतिः भोट नदिए जागिरबाट निकाल्ने धम्की

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको सक्रियतामा सिन्धुपाल्चोकमा नै केन्द्रीय कार्यालय रहने गरी आठ बर्ष अघि सिन्धु विकास बैंकको स्थापना भएको थियो । तातोपानी नाका सम्बद्ध व्यापारी व्यवसायीहरुको लगानीमा स्थापना भएको बैंकका अध्यक्ष छन् उद्योग बाणिज्य संघका पुर्व केन्दैीय सदस्य राजेन्द्रकुमार श्रेष्ठ । तिनै अध्यक्ष अहिले प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्र्तगत प्रदेशसभा २ का उम्मेद्वार भएका छन् । नेपाली काँग्रेसले उनलाई प्रदेशको टिकट दिएपछि उनी उमेदवार भएका हुन् ।

बाह्रविसे, मुडे, जलविरे, मेलम्ची, सिपाघाट, चौतारा, बनेपा र चरिकोटसहित १२ शाखा रहेको बैंकमा झण्डै ३ सय बढी कर्मचारीहरु कार्यरत रहेका छन् । बैंकको अध्यक्ष नै उम्मेद्वार भएपछि बैंकमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई उनले आफुलाई भोट दिन बैंकका उच्च कर्मचारीमार्फत दबाब दिन सुरु गरेका छन् । प्राय जिल्लाभित्रकै कर्मचारीहरु भएकाले पनि काँग्रेसलाई भोट नदिए जागिरबाटै निकालिदिने धम्कीसमेत दिन सुरु गरेको बैंक सम्बद्ध स्रोतहरुले खबरडबलीलाई बताए । अध्यक्ष ज्यू नै उम्मेद्वार हुन भएको छ तपाँइलगायत परिवारका सबै सदस्यहरुले उहाँलाई भोट हाल्नु पर्छ भन्दै सबै शाखा प्रमुखहरुले कर्मचारीहरुलाई भन्ने गरेका छन् । यसको नेतृत्व बाह्रविसे शाखा प्रमुख पुस्कर जिसी र मुडे शाखा प्रमुख जीवन श्रेष्ठले गरेका छन् । बैंकको अध्यक्ष नै उम्मेद्वार भएपछि मुडे शाखा प्रमुख श्रेष्ठ त खुलेर अध्यक्षको पक्षमा भोट मागीरहेका छन् ।

( हेर्नुहोस उम्मेद्वारसाग भोट माग्न हिँडेका रातो घेरामा मुडे शाखा प्रमुख श्रेष्ठ)

बैंकका कर्मचारीहरुलाई प्रेसर दिएर श्रेष्ठको पक्षमा भोट हाल्न दबाद दिएपछि कर्मचारीहरु के गर्ने नगर्नेमा अन्यौलमा परेका छन् । सबै कर्मचारीहरुलाई रुखमा भोट हालेको फोटो खिचेर ल्याउनसमेत बाह्रविसे शाखा प्रमुख जिसी र मुडे शाखा प्रमुख श्रेष्ठमार्फत कर्मचारीहरुलाई दबाब दिने गरेका छन् ।

शाखा प्रमुखहरुबाट मात्रै सम्भव नभएपछि सञ्चालकहरु समितिका सदस्यहरुसमेत अध्यक्ष श्रेष्ठलाई भोट दिनका लागि दबाब दिइरहेका छन् । यसको नेतृत्व सञ्चालक समितिका एक यादव दाहालले गरेको स्रोतको भनाइ छ । श्रेष्ठको विश्वास पात्रको रुपमा चिनिएका दाहाल उद्योग बाणिज्य संघका एमालेको कोटाबाट महासचिव भएका थिए ।

आफ्नो अध्यक्ष उठेपछि पार्टी सार्टी होइन, अध्यक्षलाई जिताउने हो भन्दै उनी श्रेष्ठको पक्षमा लागेर हिडेका छन् । बैंकमा रोजगारी दिने भन्दै केही दिन अघि बैंकमा कर्मचारी समेत मागिएको छ । रोजगारी दिने र त्यसका लागि भोट दिनु पर्नै बैंकका सञ्चालकहरुले भुमिका निर्वाह गरेका छन् । भोटलाई आर्कषित गर्नका लागि बेला न कुबेला बैकमा कर्मचारीहरु मागिएको स्रोतको दाबी छ ।

मंसिर ४ गते, २०७४ - १०:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकार र कांग्रेसबीच वार: प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध विरोधीहरुले...   

उर्जामन्त्रीले कर्मचारीलाई भने–पहिला आफुमा सुधार ल्याऔं

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युत विकासमा संलग्न सरकारी कम्पनी तथा...   
यी हुन् विवाहअघि नै गर्भवती हुने अभिनेत्रीहरू

यी हुन् विवाहअघि नै गर्भवती हुने अभिनेत्रीहरू

बलिउड र हलिउड दुबै इन्डष्ट्रीमा थुप्रै यस्ता सेलिब्रिटी छन् जो विवाहपूर्व गर्भवति भएका थिए । जसका...   
नेविसंघको प्रदर्शनमा लाठी चार्ज, अध्यक्ष महरसहित दर्जन नेता घाईते

नेविसंघको प्रदर्शनमा लाठी चार्ज, अध्यक्ष महरसहित दर्जन नेता घाईते

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको विरोध प्रदर्शनमा...   

एकैदिनमा बिक्यो रोनाल्डोअंकित ५ लाख २० हजार जर्सी

रोम । पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सोमबारदेखि ‍औपचारिक रूपमा इटालियन क्लब...   
जासुसीको आरोपमा रुसी महिला पक्राउ

जासुसीको आरोपमा रुसी महिला पक्राउ

अमेरिकाले एक २९ वर्षीया रुसी महिलामाथि रुस सरकारको एजेन्टका रुपमा काम गर्ने षड्यन्त्र र राजनीतिक...   
१३ बर्षिया बालिकालार्इ बलात्कार गर्ने तीन जना पक्राउ

१३ बर्षिया बालिकालार्इ बलात्कार गर्ने तीन जना पक्राउ

रौतहट । गुजरा नगरपालिकास्थित कंकाली माबिमा अध्ययनरत एक छात्रालाई अपहरणपछि बलात्कार गरेको अभियोगमा...   
निमोनियाबाट पीडित धरानका मेयर सुब्बाको निधन

निमोनियाबाट पीडित धरानका मेयर सुब्बाको निधन

धरान । धरान उपमहानगरपालिकाका मेयरको निधन भएको छ । केहि बर्षअघि मृगौला प्रत्यारोपण गरेर शारीरिक अवस्था...   
रोनाल्डोलार्इ यस्तो देखियो नयाँ क्लब युभेन्ट्सको जर्सीमा

रोनाल्डोलार्इ यस्तो देखियो नयाँ क्लब युभेन्ट्सको जर्सीमा

क्रिष्टियानो रोनाल्डोले नयाँ क्लब युभेन्ट्सको जर्सी सार्वजनिक गरेका छन्। पोर्चुगिज स्टार क्रिष्टियानो...   

विराटनगरमा ट्राफिक कार्यालयको निश्कर्षः दुर्घटनाको मुख्य कारण हटिया

विराटनगर । विराटनगरबाट सुनसरीको इटहरीसम्मको राजमार्गलाई केन्द्र बनाएर लाग्ने हटिया तथा बजारका कारण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top