Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

काठमाडौं ९ मा साख र ह्याट्रिकको चर्चा

\"\"काठमाडौं । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनपूर्व काठमाडौंको लालकिल्लाका रूपमा चिनिएको क्षेत्र नम्बर ९ मा कांग्रेस जितमा ह्याट्रिक गर्ने दाउमा छ भने वाम गठबन्धन लालकिल्लाको साख फर्काउने प्रयासमा छ । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका ध्यानगोविन्द रञ्जित यही क्षेत्रबाट निर्वाचित भएका थिए । अाजको अन्नपूर्णमा खबर छ-रञ्जितसँग दुवै पटक पराजित एमालेका कृष्णगोपाल श्रेष्ठ वाम गठबन्धनको साझा उम्मेदवार भएकाले यसपटक कडा प्रतिस्पर्धा हुने निश्चित छ । ०६४ सालअघि तीन वटै निर्वाचनमा यसक्षेत्रबाट एमाले नेतृ साहना प्रधान र अष्टलक्ष्मी शाक्य निर्वाचित भएका थिए । वाम गठबन्धन बनेपछि यस क्षेत्रमा वाम साख फर्किनेमा एमाले नेता श्रेष्ठ विश्वस्त देखिएका छन् । यद्यपि, पछिल्लो दुई निर्वाचनयता धाप मार्दै आएको कांग्रेस नेता रञ्जितको हौसला पनि कम छैन । शनिबारदेखि घरदैलो अभियान सुरु गरेका रञ्जित भन्छन्, ‘जितमा ह्याट्रिक निश्चितजस्तै छ ।\' शनिबारदेखि नै टोलभेलामा पुग्न थालेका वाम गठबन्धनका प्रदेशसभा उम्मेदवार केशव पौडेल वाम गठबन्धनका कारण यसपटक कांग्रेसको जित असम्भव भएको दाबी गर्छन् । काठमाडौंको कलंकीसहित १२, २१ र २२ वडा तथा नागार्जुन र चन्द्रागिरि नगरपालिकाको १० वटा वडा रहेको क्षेत्र नम्बर ९ मा कांग्रेस र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा निश्चित छ । यसअघि पराजित भए पनि माओवादीको धाप पाएकाले एमाले नेता श्रेष्ठ जित्ने दाउमा छन् । कांग्रेसले प्रदेशसभाका लागि उम्मेदवार बनाएका धर्मराज गौतम वाम गठबन्धनको असर नपर्ने दाबी गर्छन् । ‘स्थानीय तहको निर्वाचन परिणाममा माओवादी कतै नदेखिएकाले हामी ढुक्क छौं\', उनले भने । एमालेका श्रेष्ठसहित प्रदेशसभाका उम्मेदवार माओवादीको मत कम्तीमा ४ हजार भएकाले वाम गठबन्धन दरिलो भएको दाबी गर्छन् । पहिलो संविधानसभा निर्वाचनमा कांग्रेस नेता रञ्जितले माओवादीका उम्मेदवारलाई झिनो मतले जितेका थिए । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा माओवादी उक्त क्षेत्रमा तेस्रो स्थानमा झरेको थियो भने एमाले नेता श्रेष्ठ दोस्रो स्थानमा उक्लिएका थिए । अहिले आफू पहिलो हुने पक्का भएको उनको दाबी छ । ०६४ सालको संविधानसभा चुनावमा रञ्जितले १२ हजार ५ सय १ मत पाउँदा माओवादीका माइला लामाले १२ हजार २ सय ९२ मत पाएका थिए । यस्तै, एमालेका कृष्णगोपाल श्रेष्ठले १२ हजार १ सय ९४ मत पाएका थिए । दोस्रो संविधानसभा चुनावमा रञ्जितले १४ हजार ४ सय ७६ मत पाउँदा एमालेका कृष्णगोपालले १३ हजार ८७ मत प्राप्त गरेका थिए । जनप्रशासन क्याम्पसमा प्राध्यापन गरिरहेका यस क्षेत्रमा पर्ने स्युचाटारका स्थानीय दुर्गाप्रसाद गौतम वाम गठबन्धनप्रति त्यति विश्वत छैनन् । स्युचाटारमा शनिबार भेटिएका गौतमको विश्लेषणमा यसपटक पनि कांग्रेसले बाजी मार्ने सम्भावना छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies