Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

मधेसीसँगको तालमेल कांग्रेसलाई सकस

\"\"काठमाडौं । महोत्तरी-३ बाट राजपा अध्यक्ष महन्थ ठाकुर उठ्ने भएपछि कांग्रेसले उनलाई सघाउन आफ्ना उम्मेदवार फिर्ता बोलायो । तर, महोत्तरीकै अर्को क्षेत्रमा कांग्रेस र राजपाको घमासान चलिरहेको छ । क्षेत्र नं २ मा कांग्रेसकी किरण यादव र राजपाका अर्का अध्यक्ष शरत्सिंह भण्डारी भिड्दै छन् । त्यसो त मधेसका प्रायः सबै जिल्लामा कांग्रेस र मधेस केन्द्रित पार्टीका उम्मेदवार आपसमा प्रतिस्पर्धी छन् । अाजको अन्नपूर्णमा खबर छ-संविधान संशोधनका लागि मधेसमा भोट माग्दै गरेका राजपा र फोरमका संयुक्त उम्मेदवारहरू त्यही मुद्दा उठाएर मधेस छिरेको कांग्रेससँग प्रतिस्पर्धारत हुँदै गर्दा लोकतान्त्रिक धुरीको मत विभाजित हुने प्रस्ट देखिएको छ । कांग्रेस नेत्री यादव भन्छिन्, ‘परिस्थिति यस्तो छ, पार्टीले यसबारे गम्भीर समीक्षा गर्नुपर्ने हो । अहिले हामी सबै निर्वाचनको दौडमा भएकाले यसबारे खासै कुरा उठेको छैन तर राजपाका लागि भनेर कांग्रेसले आफ्नो उम्मेदवार फिर्ता लिँदा मेरो ठाउँमा चाहिँ अर्को राजपा अध्यक्ष आइदिने ? ’एमाले र माओवादी केन्द्र मिलेर चुनावी गठबन्धन बनाएपछि कांग्रेसले मधेसी पार्टी, राप्रपालगायतसँग मिलेर लोकतान्त्रिक गठबन्धनको घोषणा गरेको थियो । कांग्रेसले चुनामा समेत वाम गठबन्धनझैं आफूहरूले संयुक्त उम्मेदवारी दिने घोषणा गरेको थियो । लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउन कमल थापा नेतृत्वको राप्रपालाई सरकारमा समेत सहभागी गराइयो । कांग्रेसका नेता तथा धनुषा १ का प्रतिनिधिसभा उम्मेदवार आनन्दप्रसाद ढुंगानाले आफूहरूलार्इ लोकतान्त्रिक शक्ति बलियो होऊन् भन्ने उद्देश्यसाथ यस्तो कदम चालेको दाबी गरे ।‘हामीले त्यही भएर एकतर्फी भए पनि केही ठाउँमा उम्मेदवारी फिर्ता लियौं’, उनले भने, ‘तर त्यही स्तरमा उहाँहरूबाट नैतिकता प्रदर्शन भएको छैन ।’ कांग्रेसले सप्तरीमा संघीय फोरम अध्यक्ष उपेन्द्र यादवविरुद्ध परेको कांग्रेसको उम्मेदवारी फिर्ता लिएको छ भने केही ठाउँमा राप्रपाका उम्मेदवारलाई समेत समर्थन गरेको छ । तर, मधेसी पार्टीहरू र राप्रपाबाट न्यानो नपाएको कांग्रेसभित्र त्यसले केही असन्तुष्टिसमेत देखिएको नेताहरू बताउँछन् । उम्मेदवारी मनोनयनको अन्तिम समयसम्म कांग्रेस र मधेसी पार्टीबीच तालमेल गरी उम्मेदवार दिने छलफल र बैठकहरू चले तर ती बैठक असफल भएपछि धनुषामा विमलेन्द्र निधि र राजेन्द्र महतो एउटै चुनावी मैदानमा उत्रिए । धनुषाकै १ नम्बर क्षेत्रमा कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार आनन्दप्रसाद ढुंगाना मधेसी गठबन्धनका उम्मेदवार दीपक कार्कीसँग चुनावी मैदानमा टक्कर लिइरहेका छन् । धनुषाको दुई नम्बरमा समेत कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार रामकृष्ण यादव मधेसी गठबन्धनका उमाशंकर अडगरियासँग असुरक्षित छन् । जानकारहरूले कांग्रेस र मधेसी गठबन्धनका उम्मेदवारहरू यी क्षेत्रमा एकआपसमा प्रतिस्पर्धी देखिएपछि त्यहाँ वाम गठबन्धनका एकल उम्मेदवारले बाजी मार्ने सम्भावना प्रवल देखिन थालेको छ । धनुषा १ नम्बर क्षेत्रमा वाम गठबन्धनका मातृका यादव र २ नम्बरमा रामचन्द्र झा उम्मेदवार छन् । यसअघि ०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा कांग्रेसले धनुषाका ७ क्षेत्रमध्ये ५ मा जित हात पारेको थियो । मधेसको निर्वाचनलाई नजिकबाट नियालिरहेका विश्लेषक चन्द्रकिशोर भन्छन्, ‘कांग्रेस र मधेसी गठबन्धनमा उम्मेदवारको स्थानीय आकांक्षी धेरै देखिएपछि लोकतान्त्रिक तालमेल प्रभावकारी देखिएन । मधेसी पार्टीहरूले प्रायःजसो हरेक ठाउँमा कांग्रेसलाई नै टक्कर दिइरहेको अवस्था देखिन्छ ।’ हुन त कांग्रेसले राप्रपा नेता पशुपति शमशेर राणादेखि कमल थापा, सुनील थापालगातका ठाउँमा समेत आफ्नो उम्मेदवारी फिर्ता लिएको छ । पार्टीको निर्वाचन परिचालन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक बालकृष्ण खाँडले कांग्रेसको समर्थनमा राणासहितका नेता विजयी हुने दाबी गरेका थिए । चुनावी तालमेलको छलफलमा समेत सक्रिय रहेका कांग्रेस नेता ढुंगाना समय अभावका कारण पनि कतिपय मिल्ने कुरासमेत मिल्न नसकेको बताउँछन् । ‘हामीले जसरी सोचेका थियैाँ त्यसरी नभएको पक्कै हो’, ढुंगानाले भने, ‘तर कांग्रेस एक्लैले पनि लोकतान्त्रिक माहोल बनाउन अग्रसरता लिएकै हो।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies