Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

पुत्र वियोगमा प्रचण्ड: ३६ वर्षीय छोरालाई ६३ वर्षीय बाबुले दिए दागबत्ती

\"\"काठमाडाैं । प्रचण्डपुत्र तथा माओवादीका युवा नेता प्रकाश दाहालको आइतबार साँझ ५ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । ३६ वर्षीय प्रकाशको पार्थिव शरीरलाई ६३ वर्षीय बाबु प्रचण्डले दागबत्ती दिए । छोरालाई दागबत्ती दिँदा प्रचण्डको आँखा आँसुले भरिएका थिए । यसअघि अस्पतालमा छोराको पार्थिव शरीरलाई पहिलोपटक देख्दा, पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली दिँदा पनि प्रचण्डले आपूmलाई सम्हाल्ने कोसिस गरेका थिए । तर, आँसु थाम्ने प्रयासमा उनी हरेकपटक असफल थिए । अाजको नयाँ पत्रिकामा खबर छ-दुःखको घडीमा साथ दिन आएका हजारौँ शुभचिन्तकलाई प्रचण्डले आँसु चुहाउँदै दुई हात उठाएर अभिवादन गरे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको आइतबार हृदयाघातका कारण मृत्यु भएको छ । केही दिनदेखि ज्वरो र रुघाखोकीले ग्रस्त उनी शनिबार राति जाउलो खाएर सुतेका थिए । बिहान सबेरै उठ्ने छोरा नउठेपछि आमा सीता दाहाल उनको कोठामा पुग्दा प्रकाश अचेत अवस्थामा थिए । बिहान ५ः५० बजे दुई सहयोगीले उनलाई नर्भिक अस्पताल पु¥याए । अचेत अवस्थामा रहेका दाहाललाई तुरुन्तै इसिजी गरियो । इसिजीमा कुनै चाल नदेखिएपछि ५ः५९ बजे चिकित्सकले प्रकाशलाई मृत घोषणा गरेका थिए । ‘उहाँ (प्रकाश दाहाल) लाई अस्पतालमा ल्याइपु¥याउँदा अनुहारमा कुनै ‘रियाक्सन’ थिएन, साथै इसिजी गर्दा पनि मुटुको धड्कन पूर्ण रूपमा बन्द भएको थियो,’ डा. जेपी जैसवालले पत्रकार सम्मेलनमा भने, ‘बिहान ५.५० बजे अस्पताल पु¥याउँदा उनको हातगोडा चिसो र शरीर कडा भएको थियो । आँखा सुन्निएको थियो । मृत शरीर हेर्दा अस्पताल ल्याउनु तीन घन्टाअघि नै मृत्यु भएको हुन सक्छ ।’ प्रकाशको ९९ प्रतिशत आकस्मिक हृदयाघातका कारण मृत्यु भएको जैसवालले बताए । ‘आकस्मिक हृदयाघात भएको एक घन्टाभित्र अस्पताल पु¥याउन सके पूर्ण रूपमा उपचार गर्न सकिन्छ । एक घन्टासम्म मुटुको मांशपेसी बाँच्ने हुन्छ,’ उनले भने । डा. जैसवालले प्रकाशको शरीरमा ब्लडप्रेसर र सुगर कुनै नदेखिएको पुष्टि गरे । झापाबाट प्रचण्ड आएपछि १ बजे औपचारिक रूपमा मृत घोषणा चुनावी कार्यक्रमको सिलसिलामा झापा पुगेका प्रचण्ड आएपछि मात्र दिउँसो १ बजे औपचारिक रूपमा पत्रकार सम्मेलन गरी प्रकाशलाई मृत घोषणा गरिएको थियो । झापामा रहेका बाबु प्रचण्ड, चितवन रहेकी दिदी रेणु र कञ्चनपुरबाट श्रीमती विना भावविह्वल हुँदै अस्पताल आइपुगेका थिए । अस्पतालले औपचारिक रूपमा मृत घोषणा गरेपछि उनको पार्थीव शरीरलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा लगिएको थियो । पार्टी कार्यालयमा साढे १ देखि ४ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । कांग्रेस, एमाले, माओवादी केन्द्रका नेता–कार्यकर्ताले प्रकाशको पार्थिव शरीरमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली दिएका थिए । यस्तो थियो प्रकाशको राजनीतिक जीवन प्रकाश दाहालको जन्म १७ असार ०३८ चितवनको शिवनगरमा भएको हो । प्रचण्ड र सीताका चार सन्तानमध्ये जेठी छोरी ज्ञानुको चार वर्षअघि क्यान्सरका कारण मृत्यु भएको थियो । प्रकाशका दुई छोरा छन् । १२ कक्षासम्म अध्ययन गरेका उनी पढ्दापढ्दै माओवादी सशस्त्र संघर्षमा होमिएका थिए । ०५७ देखि पार्टीको पूर्णकालीन सदस्य भएका उनले जनयुद्धकालदेखि प्रचण्डको सचिवालयमा रहेर काम सुरु गरेका थिए । उनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव थिए । वाम गठबन्धनले चुनावी प्रचार–प्रसार नरोक्ने एमाले र माओवादी केन्द्रले प्रकाश दाहालको निधनको शोकमा चुनावी प्रचार र तयारीका बाँकी कार्यक्रम स्थगित नगर्ने भएका छन् । दुवै दलले वाम गठबन्धनको चुनावी प्रचार–प्रसार निरन्तर जारी रहने स्पष्ट पारेका हुन् । यद्यपि, माओवादी केन्द्रले भने शोकमा काठमाडौंसहित धेरै जिल्लाका चुनावी प्रचार–प्रसारका कार्यक्रम आइतबार एक दिनका लागि स्थगित गरेको थियो । कतिपय नेता चुनावी कार्यक्रम स्थगित गरेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समवेदना दिन काठमाडौं आएका थिए । प्रचण्डको निर्वाचन क्षेत्र चितवन–३ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेले शोक व्यक्त गर्दै आइतबारको चुनावी प्रचारको कार्यक्रम स्थगित गरेका थिए । त्यस्तै, एमालेले प्रकाशको सम्मान र प्रचण्डसहित शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्न आइतबार २ देखि ३ बजेसम्म चुनावी प्रचारका कार्यक्रम स्थगित गरेको प्रवक्ता विष्णु रिमालले बताए । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पार्टी अध्यक्षको निर्देशनअनुसार सोमबारबाट चुनावी प्रचारका कार्यक्रमलाई निरन्तरता दिने बताइन् । ‘अध्यक्षको निर्देशनअनुसार सोमबारबाट चुनावी तयारीका सबै कार्यक्रम जारी रहन्छ,’ भुसालले भनिन् । पूर्वप्रधानमन्त्री एवं मेरा मित्र प्रचण्डजीका पुत्र प्रकाश दाहालको अल्पायुमा भएको निधनले मलाई र मेरो पार्टी कांग्रेसलाई मर्माहत बनाएको छ । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनप्रति समवेदना । – शेरबहादुर देउवा, प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशको असामयिक निधनले मर्माहत बनाएको छ । प्रकाशप्रति श्रद्धाञ्जली । परिवारजनमा समवेदना । – केपी ओली, पूर्वप्रधानमन्त्री पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका सुपुत्र प्रकाश दाहालको अल्पायुमै आकस्मिक निधनले स्तब्ध र मर्माहत भएको छु । – डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका सुपुत्र प्रकाशको निधनको खबरले हामी दुःखी छौँ । शोकाकुल परिवारप्रति हार्दिक समवेदना छ । – सुष्मा स्वराज भारतीय विदेशमन्त्री
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies