Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

कसरी हुन्छ बुथ कब्जा ?

\"\"काठमाडाैं । पहिले दुइटा निर्वाचन क्षेत्र रहेको दोलखामा पुन:संरचनापछि एउटै मात्र छ। यसअघिको १ नम्बर क्षेत्रमा ०४८ सालदेखि गत स्थानीय तहको चुनावसम्म बुथकब्जाको क्रम रोकिएन। तत्कालीन १ नम्बर क्षेत्र हाल प्रदेशसभा ‘क’ मा पर्छ। यस प्रदेशबाट कांग्रेसका बर्मा लामा र वाम गठबन्धनबाट माओवादीका विशाल खडका प्रतिस्पर्धामा छन्। उनीहरू एकले अर्कालाई बुथकब्जाको रणनीति नबनाउन चेतावनी दिँदै आएका छन् । आजको कान्तिपुरमा खबर छ-यी दुई उम्मेदवारको चेतावनीयुक्त अभिव्यक्तिले पनि यस पटक बुथकब्जा हुन सक्ने संकेत गरिसकेको एक मतदाताले बताए । विगतमा यी दुवै नेता चुनावका दिन हत्कण्डा मच्चाउनेकै सूचीमा पर्छन्। भर्खरै स्थानीय निर्वाचनमा आफ्नै गृहस्थल मेलुङ गाउँपालिका अध्यक्षमा ८६ मतले हारेको चोट बर्मालाई छ। ०७० को संविधानसभा चुनावमा दोलखा १ बाट एमाले र कांग्रेससँग हारेको चोट खडकालाई छ। यी दुवै ठाउंँका पराजयलाई बुथकब्जाको कारण मानिएको छ। कांग्रेस, एमाले र माओवादीबाट आ–आफ्नो वर्चस्व रहेको मतदानस्थलमा बुथकब्जा हुँदै आएका छन्। स्थानीय कार्यकर्ता र ‘गुन्डा’ मार्फत ती मतदानस्थलमा एकलौटी मत खसालिन्छ। बुथकब्जा गर्न राजनीतिक दलहरूले काठमाडौंलगायत ठाउँबाट पेसेवर ‘गुन्डा’ समेत झिकाउने गर्छन्। मोटरसाइकल र गाडी रिजर्भ गरेर उनीहरू जिल्ला प्रवेश गर्छन् र योजनाअनुसार बुथकब्जा गर्ने केन्द्रमा उनीहरूलाई उम्मेदवारले खटाउँछन्। हतियारसहित पुग्ने गुन्डाले स्थानीय कार्यकर्ताको साथमा सुरक्षा निकाय र कर्मचारीलाई समेत नियन्त्रणमा राखेर मतपत्रमा एकलौटी छाप हाल्छन्। सामान्य मतदातालाई लखेटेर उनीहरूको नामको मत यस्तै गुन्डाहरूले एकलौटी रूपमा हालिदिने गर्छन्, जसलाई बुथकब्जाका रूपमा लिइन्छ। गत स्थानीय तहको चुनावमा कांग्रेस, माओवादीको गठबन्धन र एमालेले आ–आफ्नो वर्चस्व रहेका इलाकाका करिब दर्जन मतदानस्थल कब्जा गरेका थिए। कांग्रेसले यस पटक वाम गठबन्धनले गौरीशंकरको खारे, चंखु, मार्बु, सुरी, जुुंगु, सहरे, मालु च्यामाजस्ता मतदान केन्द्रमा बुथकब्जाको रणनीति बनाएको आरोप लगाएको छ। यी बुथमध्ये मार्बु, सहरे, काब्रेलगायत स्थानमा यसअघि पनि बुथकब्जा भएका थिए। वाम गठबन्धनले पनि कांग्रेसबाट झुले, गैरीमुदी, डाँडाखर्क, जफे, भीरकोट, भेडु, नाम्दु, मिर्गेजस्ता ठाउंँमा बुथकब्जा गर्ने रणनीति बनाएको दाबी गरेको छ। स्थानीय निर्वाचनमा गैरीमुदी, झुले, जफे, नाम्दु, क्षेत्रमा कांग्रेसले कब्जा गरेको थियो। आफ्नो वर्चस्व स्थापित गर्न गत स्थानीय तहमा यस्तै भिडन्त र झडपमा परेर गौरीशंकर र मेलुङमा दुई जनाको ज्यान गएको थियो। गौरीशंकर गाउँपालिका २ स्थित जुगुमा एमाले र माओवादी केन्द्रबीच भएको झडपमा एमालेका वडा सदस्यका छोरा कुलबहादुर तामाङको मृत्यु भयो। जुन घटनाले जिल्लामा माओवादी र एमालेबीच ठूलो दरार खडा गराएको छ। उक्त घटनामा संलग्न भन्दै एमालेले हाल वाम गठबन्धनबाटै उम्मेदवार बनेका विशाल, माओवादी नेत्री देवी खडका, गंगा कार्कीलगायत ३९ जनाविरुद्ध ज्यानमुद्दा दर्ता गरेको छ। जुन मुद्दा अहिले अदालतमा विचाराधीन छ। वाम गठबन्धनबाट उम्मेदवार रहेका विशालले दुई पार्टीबीच तालमेल भएपछि यो मुद्दा फिर्ता गर्ने प्रक्रिया अघि बढिरहेको बताए। पीडित र घाइते पक्षलाई राखेर कार्यक्रम भइसकेकाले जिल्लामा यही घटनालाई लिएर एमाले र माओवादीबीच द्वन्द्व नरहेको उनले दाबी गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies