Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

यस्ता थिए प्रचण्डपुत्र प्रकाश दाहाल

\"\"नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान अचेत अवस्थामा नर्भिक अस्पताल पुर्याईएका दाहालको हृदयाघातका कारण मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । चुनावी अभियान अन्तर्गत चितवन पुगेका प्रकाश अस्वस्थ भएको भन्दै प्रचण्ड झापातिर लागेपछि त्यता नगइनकन चितवनबाट काठमाडौं फर्किएका थिए । पारिवारिक स्रोतका अनुसार शनिबार बेलुका आमा र भाञ्जीहरुसँग बसेर खाना खाएका प्रकाश दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत भएको आमा सीता दाहालले थाहा पाएपछि उनलाई तत्काल नर्भिक अस्पताल पुर्याइएको थियो । २०३८ असार १७ गते चितवनमा जन्मिएका प्रकाश प्रचण्डका एकमात्र छोरा थिए । बुवा–आमासँगै माओवादी सशस्त्र संघर्षका बेला भूमिगत बनेका प्रकाश एक कुशल व्यबस्थापक समेत थिए । जनयुद्धको बेलादेखि नै बुवा प्रचण्डलाई दिएको साथदिँदै आएका प्रकाश प्रचण्डको सचिवालयमा रहेर काम गर्थे । प्रचण्डका स्वकीय सचिवको रुपमा काम गरेका दाहाललाई सामाजिक सञ्जालमार्फत सूचना प्रवाहमा अब्बल मानिन्थ्यो । दाहालले समाजसेवीलाई दिइने प्रवल जनसेवाश्री पदक समेत पाएका थिए । प्रकाशलाई एक कुशल व्यवस्थापकको रुपमा लिइन्छ । उनी आफ्नो भन्दा पनि बुवा प्रचण्ड र पार्टी हितकालागि अहोरात्र खट्ने गर्थे । माओवादी आन्दोलन र शसस्त्र सङ्घर्षको पेचिलो मोर्चाबाट निखारिएका प्रकाश माओवादी पार्टीभित्र युवा नेताका रुपमा चिनिन्थे । राष्ट्रिय राजनीतिको मुलधारमा नभएपनि उनको भूमिका प्रचण्ड र नेपाली राजनीतिको सफलता र असफलतासँग गाँसिएको छ । ४, ५ कक्षादेखि नै सङ्गठित भएर निरन्तर पार्टीको काममा हिँडेका उनीको भुमिका प्रचण्ड पार्टी अध्यक्ष हुँदा होस् वा प्रधानमन्त्री, हरेक समय र जिम्मेवारीमा एक प्रशासक र व्यवस्थापककै हुने गरेको थियो । बाबु प्रचण्डसँग रहेरस्थानीय तहदेखि केन्द्र र अन्तर्राष्ट्रिय समुदायसम्मको संयोजनको भूमिकामा उनलै मिलाउथे । उनी समयको महत्वलाइृ ध्यान दिने उनी जनताको भावनाको प्रतिनिधित्व गर्नैपर्ने कार्यक्रम र भेटघाटको गुरुत्वको राम्रो बोध गर्थे । हक्कि स्वभावका प्रकाश आफ्नोभन्दा प्रचण्डको कार्यकाल असफल होला नहोला भन्ने चिन्तामा रहन्थे । पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई व्यक्तिगत स्वार्थका लागि भेट्न खोज्ने, दवाव दिने, जालसाजी गर्ने सोंच र प्रवृत्तिलाई सिधै इन्कार गर्ने उनी माओवादी आन्दोलनको हेडक्वार्टर र सत्ता केन्द्रको व्यवस्थापनमा निरन्तर लागेका थिए। हरेक कुरालाई सहज रुपमा ग्रहण गर्ने उनी प्रशासक, कुटनीतिज्ञ, राजनीतिज्ञ लगायतका सबैसँग दमका साथ आफ्नो मत राख्ने हैसियत राख्थे । उनी निर्भिकतापूर्वक आफ्नो कुरा राख्न र त्यसलाई कार्यान्वयन गराएरै छोड्न अडिग बन्थे । उनको यहीँ विशेषताका कारण प्रशासक, राजनीतिक नेतादेखि कुटनीतिज्ञसम्म सबै उनको कुशलतासामू नतमस्तक हुन्छन् । आफ्नो कुरा सहज, कलात्मक ढंगले राख्ने र सबैलाई मित्रवत् व्यबहारले. उनको लाकप्रियता बढाएको थियो । उनको मृत्युले माओवादीलाई अतुलनिय क्षति भएको माओवादी नेताहरुले बताएका छन् । चुनावको मुखैमा भएको उनको निधनले पार्टी पंक्ति नै स्तब्ध बनेको छ । केही समय अघि छोरी गुमाएका प्रचण्डलाई एकपछि अर्को गर्दै बज्रपात पर्दै गएका छन् । प्रकाशको निधनले प्रचण्डको सक्रिय राजनीतिलाई असर पार्ने धेरैको विश्लेषण छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies