Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बेपत्ता परिवार भेट्न गएका शर्मासँग भक्कानिएपछि...

\"\"दाङ । बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नंं. ३ को प्रदेशसभा १ का उम्मेदवार जगप्रशाद शर्मा ‘अपार’ तुलसीपुर १५ पहरुवाका बेपता परिवारको घरमा पुगे । १० बर्षे जनयुद्धका क्रममा बेपता पारिएका ६ परिवारको घरमा माओवादी केन्द्रका नेता समेत रहेका अपार त्यहाँ पुग्दा बेपता परिवार निकै खुसी देखिन्थे । माओवादी केन्द्रका ईमान्दार, नरम स्वभाबका नेताको रुपमा परिचय बनाएका अपार प्रति आशाबादी देखिन्थे । पीडित परिवार त्यहाँ पुग्दा न्याय पाउने आशामा उनीहरु हुन्छन् । अपार त्यहाँ पुग्दा पनि उनीहरुको मनोबल उच्च भएर आएको थियो । त्यो खुसीसंगसंगै बिगतका घाउहरु कोट्याउदा उनीहरुको मन भाबुक बन्न थाले । माओवादीले थालेको जनयुद्ध तथा बिभिन्न आन्दोलनका क्रममा त्यहाँका ६ जना बेपता पारिएका छन् । ती परिवारलाई भेटन उम्मेदवार अपार त्यहाँ पुगे । भेटघाट कार्यक्रममा बेपत्ता भएका परिवार सल्टैया चौधरीले छोरो बेपत्ता हुँदाको बेदनाको पोको फुकाउन खोज्दै थिए । उनको मनमा धेरै पीडाका पोकाहरु भरिएका थिए होला फुकाउन खोज्दै थिए, तर सकेनन् । १७ बर्षको कलिलो उमेरमा छोरोलाई .... भन्दै थिए । तर उनले पोख्न सकेनन् भक्कानिएर रोए । त्यस्तै श्रीमान बेपता भएकी सोमली चौधरी, रतिकला चौधरी, लेखा चौधरी, दाई बेपता पारिएकी परशु चौधरी, छोरा बेपता पारिएकी सर्मिला चौधरीले पनि बेदनाको पोको फुकाउन खोज्दै गर्दा आँखाबाट आँशुका धारा बगेका थिए । उनीहरुको आँशुका धार बिगत १५÷१६ बर्ष देखी बग्दै आएका छन् । तर राज्यले उनीहरुका आशु पुछ्न सकेको छैन् । बेपता पारिएका उनीहरुको अहिले सम्म पनि कुनै अत्तो पत्तो छैन् । बेपता परिवारहरुलाई राज्य तथा पार्टीका नेताहरुले पटक पटक बेपता पारिएकाहरुको पहिचान गरिदिने आस्वासन दिएपनि अहिले सम्म उनीहरुलाई न्याय दिन नसकेको गुनासो गरेका थिए । बेपता परिवारले बारम्बार भन्दै आएका छन्‘ कि सास चाहियो , कि लास चाहियो ।’ उम्मेदवार संग भएको भेटघाट कार्यक्रममा बेपता पारिएकाहरुलाई शहिद घोषण गर्न माग गरेका छन् । बेपता परिवार भएकै कारण आफुहरुलाई छिमेकीहरुले पनि कुरा हेप्ने गरेको उनको गुनासो थियो । पहिलो प्राथामिकतामा राख्ने छु ः अपार भेटघाट कार्यक्रममा बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रदेशसभा १ का उम्मेदवार जगप्रशाद शर्मा ‘अपार’ले आफ्नो पहिलो प्राथामिकता बेपत्ता परिवारलाई न्याय दिने भएको बताए । उनले आफुले जितेपछि बेपता परिवारलाई न्याय दिने पहिलो काम हुने प्रतिबद्धता समेत जनाए । आफुपनि जनयुद्धको क्रममा पहिलो घाईते हुँदा दाँयाँ आँखा गुमाएको भन्दै बेपता र घाईते परिवारको पीडा गहिरिएर बुझेको बताएका छन् । ‘हामीले सम्बृद्धि र बिकासका लागि लड्यौं’ त्यो उदेश्य पुरा हुँन बाँकि छ’ उनले भने ‘ अझै पनि लडाई जारी छ , जब सम्म उदेश्य पुरा हुँदैन्, तब सम्म लडि राख्ने छौं ।’ बिगतको लडाई फरक शैलीको थियो भने अहिलेको लडाई फरक शैलीबाट अगाडि बढिरहेको उनको भनाई थियो । ‘ हामी अहिले पनि लडाईमा छौं, बिकास र सम्बृद्धिका मार्गमा ल्याउन बलिदान गरेका बेपता र शहिद परिवारलाई हामी कदापी बिर्सन सक्दैनौं’ उनले भने ‘ शहिद र बेपता परिवारलाई बिर्सने हो भने कम्युनिष्ट पार्टी नै रहन सक्दैन ।’ बेपता परिवारको बेदना आफुले बुझेको भन्दै उनीहरुलाई न्याय दिन ज्यान हत्केलामा राखेर लड्ने उनले बताए । ‘ ईमन्दारीताको राजनीति गरेर ३० बर्ष बिताए’ उनले भने ‘ आउँदा दिनमा पनि अन्याय र अत्याचारका लागि डटेर काम गर्नेछु ।’ उनले पीडित, शोषित, दुःखी, गरिबलाई सधै साथ दिने बताएका छन् । जनताको न्याय र मुलुकको सम्बृद्धिका लागि एउटै कम्युनिष्ट पार्टी बनाएर अगाडि बढ्ने योजना सहित अहिलेको निर्बाचनमा होमिएको उनको भनाई थियो । एउटै कम्युनिष्ट पार्टीले बेपता र शहिदहरुको सपनालाई साकार पार्ने उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies