Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

हेटौँडालाई प्रदेश राजधानी बनाउन माग

\"\"हेटौँडा । ३ नं प्रदेशको राजधानी हेटौँडा तोकिएमा तत्कालका लागि अर्को व्यवस्था नभएसम्म निर्वाचित प्रतिनिधिलाई खाना, आवास, यातायात सहितको सुविधा निःशुल्क दिने होटल व्यवसायी संघ मकवानपुर र नारायणी यातायात व्यवसायी संघ मकवानपुरले प्रतिबद्धता जनाएका छन् । हेटौँडामा एक कार्यक्रमको आयोजना गरेर प्रदेशको राजधानीका लागि चाहिने पूर्वाधारको विषयमा छलफल गर्दै हेटौँडाका उद्योगी, व्यवसायीलगायत सबैको पहलमा यस्तो निर्णय गरिएको हो । होटल व्यवसायी संघ मकवानपुरका अध्यक्ष भागिरथ शर्माले निर्वाचित प्रतिनिधिका लागि निःशुल्क खाना र आवास आफ्नो संघले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले हेटौँडामा पर्याप्त होटल रहेको भन्दै प्रदेशको राजधानी बनाउन संघले गर्नुपर्ने भूमिका निर्वाह गर्ने जानकारी दिए । त्यसैगरी नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्रीप्रसाद चौलागार्इंले यातायातका लागि जस्तोसुकै किसिमको साधन उपलब्ध गराउन पनि संघ तयार रहेको बताए । उनले सबै जिल्लासँग सडक जोडिएको जिल्ला भएको र भौतिक संरचना पर्याप्त रहेको आधारले पनि हेटौँडामा नै प्रदेशको राजधानी रहनुपर्ने तर्क व्यक्त गरे । औद्योगिक क्षेत्र हेटौँडाभित्र खालिरहेका धेरै भवन रहेको र तत्कालका लागि प्रयोग गर्दै प्रदेश कार्यालय सञ्चालन गर्न सकिने उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालको भनाइ छ । मकवानपुरका जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलालले भदौ ४ गते नै जिल्ला समन्वय समिति मकवानपुरले प्रदेशको राजधानी हेटौँडा बनाउने पहल गर्ने निर्णय गरेको बताए । हाल १९ वटा क्षेत्रीय कार्यालय रहेको हेटौँडा उपमहानगरपालिकामा प्रदेशको राजधानीका लागि चाहिने ७५ प्रतिशत संरचना तयारी अवस्थामा रहेको यहाँका राजनीतिक दलका नेताहरुले बताएका छन् । हेटौँडालाई राजधानी तोकेर बोर्ड मात्र झुण्ड्याए पुग्ने दलहरुको तर्क छ । नेपाली काँग्रेसका नेता प्रदीप कोइरालाले प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायत काँग्रेसको नेतृत्वले नै प्रदेशको राजधानी हेटौँडा बनाउन उपयुक्त रहेको तर्क दिएकाले नेपाली काँग्रेसले यसमा पहल गर्ने छ । उनले हेटौँडामा रहेको पर्याप्त फाँट, सरकारी ठूल्ठूला पाहुनागृह र भवन रहेका कारण तत्कालका लागि मन्त्रालय राख्नसमेत भौतिक संरचना निर्माणमा कठिनाइ नभएको बताए । साथै प्राकृतिक प्रकोपको सुरक्षाको दृष्टिकोणले समेत हेटौँडा उपयुक्त रहेको नेता कोइरालाको तर्क छ । त्यसैगरी नेकपा (एमाले) मकवानपुरकी नेत्री एवम् प्रदेशसभाको समानुपातिक उम्मेदवार जुनेली श्रेष्ठले प्रदेशको राजधानी हेटौँडा नै हो भन्ने धारणा वाम गठबन्धनबाट जित्ने सबै प्रतिनिधिको साझा धारणा भएकाले आफ्नो दलले यसमा विशेष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । सुरक्षाको दृष्टिकोणले सेनाको पृतनापति, क्षेत्रीय प्रशासन कार्यालय , सशस्त्रको क्षेत्रीय कार्यालय र प्रहरीको प्रदेश कार्यालय नै यहाँ भएकाले सुरक्षित रहेको तर्क दिए । त्यसैगरी नेकपा (माओवादी केन्द्र)का नेता प्रकाश पौडेलले प्रदेश राजधानीका लागि संरचना नै भएको र हाल पनि क्षेत्रीय कार्यालय यहाँ भएको भन्दै राजधानी घोषणा गर्न माग गरे । सडकको दृष्टिकोणले हेटौँडाबाट काठमांडौँ पुग्न दु्रतमार्गबाट १ घण्टा, कान्तिराजपथबाट २ घण्टा र निर्माणाधीन काभ्रे तालढुंगा, फापरबारी हेटौँडा सडकले काभ्रे, रामेछाप, सिन्धुपाल्चोक र दोलखालाई नजिक बनाउने बताउँदै उहाँले भन्नुभयो, “निर्माणाधीन धरानचतरा सडकले जिल्लालाई सिन्धुली, रामेछाप र दोलखासँग नजिक्याएको छ, अन्तर्राष्ट्रिय विमानस्थल निजगढ १ घण्टाको दूरीमा छ, सिमरा विमानस्थल र भरतपुर विमानस्थलसमेत १—१ घण्टाको दूरीमा छ ।” चुनावअगाडि कुनै दलले यसको निर्णय नगर्ने बताउँदै चुनावलगत्तै हेटौँडामा राजधानी ल्याउन दलहरुको पहल रहने नेता पौडेलले बताए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies