/  Sat, December 16, 2017

काल पर्खनेहरु नेता हुन् सक्दैनन् : प्रचण्ड

मंसीर । पूर्व प्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिन काट्ने काल पर्खनेहरु नेता हुन नसक्ने बताएका छन् ।

शनिबार झापाकाे दमकमा अायाेजित चुनावी सभामा बाेल्दै प्रचण्डले भने, “नेता हुन सरदरबाट माथि उठ्नुपर्छ । घिसेपिटे तरिकाले राजनीति धान्नेहरु नेता हुन सक्दैनन् । कमरेड केपी अाेली र मैले त्याे घिसेपिटे तरिका भत्काई दियौं । निरन्तरतामा क्रमभङ्ग गरेका छाैं, नयाँ तरङ्गसहित नेपालकाे कम्युनिष्ट अान्दाेलनलाई एकतावद्द गर्ने संकल्प गरेका छौं । हामी नयाँ अावेगसहित अाएका छौं । दिन काट्ने काल पर्खनेहरु नेता हुन सक्दैनन् ।”

“नेताहरुले कस्ताे भूमिका खेल्छन् भन्ने कुराले ईतिहासमा निकै महत्व राख्दछ । नेताहरुले सही ढङ्गले साेच्दा ईतिहास २०/३० वर्ष अघि जान सक्छ, नेताहरुले गलत साेच्दा राजनीति र ईतिहास कैयाैं वर्ष पछि धकेलिन्छ” प्रचण्डले भने, “कमरेड केपी अाेली र मैले जाेखिम उठाएर नेपालकाे कम्युनिष्ट अान्दाेलनलाई एकतावद्द गर्ने, राजनीतिक स्थिरता दिने र अार्थिक समृद्धितिर अघि बढ्ने संकल्प गरेका छौं । कमरेड केपीले निरङ्कुश पञ्चायतका विरुद्ध सङ्घर्षकाे जाेखिम उठाउनुभयाे, वर्षौं जेल बस्नुभयाे । मैले जनयुद्धको जाेखिम उठाएँ, नेपालमा सामन्ती राजतन्त्रकाे अन्त्य भयाे। शान्ति प्रक्रियाकाे जाेखिम उठाएँ । नेपालमा ठूलठूला परिवर्तन भए । अाज फेरि देशकाे विकास र समृद्धिका लागि हामीले सकारात्मक रुपले साेच्यौं र एकता सम्भव भयाे ।”

“नेपाली कांग्रेसका नेता साथीहरु, तपाईहरुले २५/३० वर्ष नेपालमा शासन गर्नुभयाे। देशका लागि के गर्नुभयाे ? विकास र समृद्धिकाे याेजना कहाँ पुग्याे ? अब देशकाे जिम्मा कम्युनिष्टहरुले लिन्छन्। तपाईहरुले हेर्नुस्” प्रचण्डले भने, “के नेपाल कांग्रेसकाे बपौति हाे ? कांग्रेसले जित्दा लाेकतन्त्र बलियाे हुने हामीले जित्दा अधिनायकवाद हुने ? हामी लाेकतान्त्रिक प्रणालीमै छौं। हामीले बनाएकाे संविधानकै दायराभित्र रहेर प्रतिस्पर्धा गर्दा तपाईहरुलाई टाउकाे दुखाई किन ?”

“चुनाव राेक्न अनेक षडयन्त्र भए, सकेनन्। अहिले पनि षडयन्त्र भइरहेकाे छ। तर, अब इन्द्रेकाे बाउ चन्द्रे अाए पनि चुनाव राेकिन्न” प्रचण्डले भने । शनिबार नै अध्यक्ष प्रचण्ड बिर्तामाेडमा अायाेजित स्वास्थ्य महाेत्सवकाे उद्घाटनमा सहभागी भए । त्यसैगरि माअाेवादी केन्द्रका कार्यकर्तालाई सम्बाेधन गर्दै निर्वाचनमा हाेमिन निर्देशन दिए ।

मंसिर २ गते, २०७४ - १९:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता, के भयो भेटमा ?

राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता, के भयो भेटमा ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...   
राप्रपा : पार्टी कार्यशैलीमा पुनःसमीक्षा गरिने

राप्रपा : पार्टी कार्यशैलीमा पुनःसमीक्षा गरिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचन परिणामबारे पार्टी केन्द्रीय...   
तमोर करिडोर निर्माण तथा स्तरोन्नति गरिने

तमोर करिडोर निर्माण तथा स्तरोन्नति गरिने

ताप्लेजुङ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले तमोर करिडोर निर्माण तथा स्तरोन्नति, जिल्लाका हरेक...   
‘प्रदेश नं. ७ को राजधानी अत्तरिया’

‘प्रदेश नं. ७ को राजधानी अत्तरिया’

महेन्द्रनगर । नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य ७ नम्बर प्रदेश इन्चार्ज लेखराज भट्टले ७ नम्बर...   
राष्ट्रियसभा गठनका विषयमा कानूनविदबीच नै फरक मत, को के भन्छन् ?

राष्ट्रियसभा गठनका विषयमा कानूनविदबीच नै फरक मत, को के भन्छन् ?

काठमाडौं । राष्ट्रियसभाको गठन नगरी सरकार गठन गर्न सकिने÷ नसकिनेबीचमा कानूनविद्बीच नै फरक मत देखिएको...   
नवराज सिलवाललार्इ कारबाही गर्न सर्वोच्चको अादेश

नवराज सिलवाललार्इ कारबाही गर्न सर्वोच्चको अादेश

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेकातर्फबाट ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा...   
डेभाजु नाइट क्लबका ८ संचालक पक्राउ

डेभाजु नाइट क्लबका ८ संचालक पक्राउ

काठमाडौं । काठमाण्डौको दरबारमार्गमा रहेकत्त डेजाभु नाइट क्लबका सञ्चालकसहित ८ जना पक्राउ परेका छन्...   
साञ्जेनको ८७ लाख ६० हजार कित्ता साधारण सेयर आउँदै

साञ्जेनको ८७ लाख ६० हजार कित्ता साधारण सेयर आउँदै

काठमाडौं । साञ्जेन जलविद्युत् कम्पनीले ८७ लाख ६० हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ । नेपाल...   
प्रदेश र प्रतिनिधिसभामा निर्वाचित सांसदलार्इ चाँदीको मुकुट

प्रदेश र प्रतिनिधिसभामा निर्वाचित सांसदलार्इ चाँदीको मुकुट

वीरगन्ज । पर्सा क्षेत्र नं १ बाट प्रतिनिधि र प्रदेशसभा सदस्यमा निर्वाचित सांसदहरूलाई बरिरगञ्जवासीले...   
कामचलाउ सरकारले सात प्रदेशमा संयोजक तोक्न मिल्दैन : नेता नेपाल

कामचलाउ सरकारले सात प्रदेशमा संयोजक तोक्न मिल्दैन : नेता नेपाल

काठमाडौं । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले मुलुकमा काम चलाउ सरकारले सात प्रदेशमा प्रतिनिधि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top