Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

यी हुन् धेरै चलेका बलिउडका १० फिल्म

\"\"भारतमा हरेक वर्ष एक हजारभन्दा बढी फिल्म बन्ने गरेका छन् । तीमध्ये केही ठूलो ब्यानर र सुपरस्टार कलाकारका हुने गर्छन् भने धेरैजसो फिल्म सानो ब्यानर, कम बजेट, औसत तथा नयाँ कलाकारका हुने गर्छन् । यस्ता फिल्म हलमा लागेको र उत्रिएको समेत थाहा हुँदैन । बलिउडमा केही त्यस्ता ठूला ब्यानर छन्, जसले सुपरहिट फिल्म दिएका छन् । ठूलामध्येको एउटा ब्यानर हो– यशराज फिल्म प्रोडक्सन । सो ब्यानरले सन् १९९५ मा निर्माण गरेको ‘दिलवाले दुल्हनिया लेजाएंगे’ यस्तो फिल्म हो, जुन फिल्म हलमा अहिलेसम्मकै सबैभन्दा धेरै समय चलेर रेकर्ड राखेको छ । यो फिल्म मुम्बईको मराठ मन्दिर थिएटरमा एक हजार नौ हप्ता अर्थात् झन्डै २० वर्ष लगातार चलेको थियो । भारतीय अनलाइनले धेरै समय हलमा चलेका १० बलिउड फिल्मबारे रिपोर्ट तयार गरेको छ  । सोले : २८६ साता सन् १९७५ को १५ अगस्टमा रिलिज भएकोे ‘सोले’ पनि बम्पर हिट फिल्म हो । रमेश सिप्पीको निर्देशनमा बनेको फिल्ममा अमिताभ बच्चन, धर्मेन्द्र, हेमा मालिनी, सञ्जीवकुमार, अमजद खान, जया भादुरी प्रमुख भूमिकामा छन् । एक्सन फिल्म सोले लगातार दुई सय ८६ हप्ता अर्थात् भन्डै ६ वर्ष चलेको थियो । दिलवाले दुल्हनिया लेजाएंगे: १००९ साता आदित्य चोपडाको निर्देशनमा सन् १९९५ मा बनेको ‘दिलवाले दुल्हनिया लेजाएंगे’ ब्लकबस्टर फिल्म हो । सोही वर्षको अक्टोबर २० मा रिलिज भएको फिल्ममा शाहरुख खान, काजोल, अमरिस पुरी, फरिदा जलाललगायतले अभिनय गरेका छन् । यश चोपडाले निर्माण गरेको फिल्मका सबै गीत चर्चित छन् । यो फिल्म मुम्बईका मराठ मन्दिर थिएटरमा लगातार एक हजार नौ हप्ता अर्थात् झन्डै २० वर्ष चलेको थियो किस्मत : १८७ साता  ज्ञान मुखर्जीको निर्देशनमा बनेको ‘किस्मत’ पनि बम्पर हिट फिल्म हो । सन् १९४३ मा बनेको सो फिल्म मुम्बईका केही हलमा एक सय ८७ हप्ता अर्थात् साढे तीन वर्ष लगातार प्रदर्शन भएको थियो । फिल्ममा अशोककुमार, मुम्ताज शान्ति, शाह नवाजलगायतले अभिनय गरेका थिए । मुगल ए आजम : १५० साता सन् १९६० को अगस्ट ५ मा रिलिज भएको फिल्म ‘मुगल ए आजम’ लगातार एक सय ५० हप्ता चलेको थियो । के असिफको निर्देशनमा बनेको एपिक हिस्टोरिकल ड्रामा जनराको फिल्ममा पृथ्वीराज कपुर, मधुवाला, दिलीपकुमार, दुर्गा खोटेलगायतले अभिनय गरेका थिए । बरसात : १०० साता  सन् १९४९ को अप्रिल २२ मा रिलिज भएको ‘बरसात’ एक सय साता अर्थात् झन्डै दुई वर्ष लगातार हलमा चलिरहेको थियो । राज कपुरको निर्देशनमा बनेको फिल्ममा राज कपुर, नरगिस, प्रेमनाथ, निम्मीलगायतका कलाकारले अभिनय गरेका छन् । प्रेमकथानक बरसातका निर्माता राज कपुर आफैँ हुन् । मैने प्यार किया : ५० साता  सलमान खानले हिरोका रूपमा डेब्यु गरेको ‘मैने प्यार किया’ लगातार ५० हप्ता चलेको थियो । राजश्री प्रोडक्सनको ब्यानरमा सुरज बरजात्याले निर्देशन गरेको मैने प्यार किया सन् १९८९ को फिल्म हो । फिल्ममा सलमानका साथ भाग्यश्री मुख्य भूमिकामा छिन् । सलमानले यो फिल्मभन्दा अघि ‘बिबी हो तो ऐसी’मा सहायक भूमिका निर्वाह गरेका थिए । हम आपके है कौन : ५० साता सन् १९९४ अगस्ट ५ मा रिलिज भएको सलमान खान अभिनीत अर्काे ब्लकबस्टर फिल्म हो, ‘हम आपके है कौन’ । यो फिल्म पनि लगातार ५० हप्ता चलेको थियो । सुरज बरजात्याको लेखन र निर्देशनमा बनेको फिल्ममा सलमानका साथमा माधुरी दीक्षित, रेणुका सहानीलगायतले अभिनय गरेका छन् । राजा हिन्दुस्तानी : ५० साता आमिर खान र करिश्मा कपुर अभिनीत ब्लकबस्टर हिट फिल्म हो, ‘राजा हिन्दुस्तानी’ । सन् १९९६ नोभेम्बर १५ मा रिलिज भएको फिल्म लगातार ५० हप्ता चलेको थियो । धर्मेश दर्शनको निर्देशनमा बनेको फिल्मका सबै गीत हिट भएका थिए । कहो ना प्यार है  : ५० साता ऋत्विक रोशनको डेब्यु फिल्म ‘कहो ना प्यार है’ ब्लकबस्टर भएको थियो । सन् २००० जनवरी १४ मा रिलिज भएको राकेश रोशन निर्देशित यो फिल्म हलमा लगातार ५० हप्ता अर्थात् झन्डै एक वर्ष चलेको थियो । फिल्ममा ऋत्विकका साथमा अमिशा पटेल मुख्य भूमिकामा छिन् । मोहब्बते  : ५० साता सन् २००० को अक्टोबर २७ मा रिलिज भएको ‘मोहब्बते’ हलमा लगातार ५० हप्ताभन्दा बढी चलेको थियो । आदित्य चोपडा निर्देशित फिल्ममा अमिताभ बच्चन, शाहरुख खान, ऐश्वर्या राय, उदय चोपडालगायतले अभिनय गरेका छन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies